हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड
Showing posts with label स्थानीय समाचार. Show all posts
Showing posts with label स्थानीय समाचार. Show all posts

उसिउलीमा ठूलो परिणाममा फर्मेस तेलमा मिसावट


        उदयपुर, असार १३ गते । उदयपुर सिमेन्ट उधोग (लिमिटेड) जलजलेमा किलमा आगो बाल्न प्रयोग गरिने फर्मेश तेलमा ठूलो परिणाममा मिसावट भएको पाइएको छ ।
        भारतको हर्दियाबाट बाट ना ४ ख ३४३९ नम्बरको ट्यांकरमा ल्याईएको एक ट्यांकर (२० हजार लिटर) तेलमा मिसावट पाईएको भण्डार विभागका सहायक खरिदार चुडामणी पोखरेलले बताउनुभयो । पोखरेलले कर्मचारी प्रतिनिधिहरुको रोहबरमा सोमबार विहान परिक्षण गर्दा १५ लिटर तेलमा २ लिटर तेल १३ लीटर पानी फेला परेको बताउनुभयो । “यो अत्यन्तै ठूलो परिणामको मिसावट हो ।” उधोगका मजदुर नेता राधे कोइरालाले भन्नुभयो । “तेल परिक्षण नगरी भण्डारमा खन्याउन लागिएको थियो तर, परिक्षण गर्दा ठूलो परिणाममा मिसावट भएको पाईयो ।” वहाले भन्नुभयो । नेपाल आयल निगम विराटनगरमा समेत चेकजाँच गरी ल्याईएको तेल १५ लिटरको बाल्टीमा तिनपटकसम्म भरेर चेक गर्दा पनि उहि परिणाम भेटिएको वहाले बताउनुभयो । 
         मिसावट भएको तेलसहितको ट्यांकरलाई मजदुरहरुले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ । आवश्यक छानविन तथा कारवाहीको लागि ट्यांकर इलाका प्रहरी कार्यालय जलजलेमा राखिएको छ । प्रहरीले ट्यांकरका चालक टेकबहादुर गिरी, सहचालक काजी पौडेल र तेल किन्नका लागि उद्योगबाट खटिएका भण्डार प्रतिनिधि अधिकृत छैठौ तहका हेमकुमार दाहाल, क्लिङ्कर प्रतिनिधि मेकानिक्स चौथो तहका ब्रम्हप्रसाद गुप्ता र खरिद प्रतिनिधि बरिष्ठ सहायक पाँचौ तहका सरोजकुमार थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
      उधोगले आवश्यक छानविनको लागि इप्रका जलजलेलाई आधिकारिकरुपमा पत्रसमेत लेखिसकेको जनाएको छ । नेपाल आयल निगम विराटनगरलाई पनि बोधार्थ पठाईसकेको छ । 
        उधोगमा विविध सामान खरिदको क्रममा देखिने भ्रष्टचार, मिसावटको घटना यस किसिमले दोहोरिनु कुनै नौलो नभएको मजदुरहरुले बताएका छन् । स्थानीय प्रशासनले उद्योगको सुधारमा ध्यान नदिदा उद्योग प्रशासनको लापरवाहीले यस्ता घटना दोहोरिरहने गरेको उनीहरुको भनाई छ । बेलाबेलामा हुने यस्ता घटनामा उद्योग प्रशासन तथा विभिन्न विभागिय अधिकृतहरुको मिलेमतो हुने गरेको आरोप मजदुर नेताहरुको छ  
      उधोगका निमिक्त महाप्रवन्धक महेश काप्mलेले इण्डियाको हर्दियाबाट ल्याएको उक्त फर्मेश तेल उतै मिसिएको हुनसक्ने बताउनुभयो । आवश्यक कारवाहीको लागि प्रहरीलाई जिम्मा लिइएको वहाले बताउनुभयो । 
यसअघि उधोगमा फर्मेश तेलमा मिसावटका कारण करिब २५ सय किल तेल सर्टेज भएको मजदुर नेता राधे कोइरालाले बताउनुभयो । 
समाचार - भोटराज राई

पत्याउन गाह्रो तर सत्य , खसी गाडा पनि सुनसरीमा


            इनरुवा , चैत १२ गते । हामी तपाईले सुनेको वा देखेको कुरा गोरु गाडा ,रागाँ गाडा,  तथा घोडा र हातीमा मान्छे चढेको कुरा , तर हामी र तपाईलाई पत्याउन गाह्रो लाग्ने कुरा खसीले पनि गाडा तानेको कुरा । सुनसरीमा पहिलो पटक नभएर नेपालमै पहिलो पटक दुई वटा खसिको सहयोगमा खसी गाडा संचालन गर्न सफल भएको छ । विभिन्न जनावरमा मानीस चढ्ने गरेको सवैले हेरेकै , देखेको र सुनेको कुरा भन्दा फरक काम गर्न सफल हुनुभएको छ  ।
          सुनसरीको औरावनी गावीस ५ निवासी नारायण यादव ,  २ वर्ष ८ महिनाको उमेर भएको दुईवटा खसिको सहयोगमा खसी गाडा संचालन गर्न सफल हुनुभएको हो  । रिक्साको दुई वटा टायर जडान गरी जनावरलाई जोत्ने गाडी वा टाँगामा जोत्ने जस्तैं यादवले खसी गाडा संचालन गर्न सफल हुनुभएको छ । देशमा विज्ञान र प्रविधिको क्षेत्रमा विकास भईरहेको समयमा खसीको क्षमताको विषयमा अनुसन्धान गर्न खसिको गाडी वनाएको यादव वताउनुहुन्छ । यादवले खसीलाई भारी वोक्न सक्ने वा नसक्ने विषयमा गोरु जस्तै गाडा सिकाउनु अगाडी केराको थम्वामा सिकाएर नयाँ गाडाको आविष्कार गरी खसी गाडाको विकास गरेर आश्चर्य जनक कार्य गर्न समेत सफल भई आश्चर्यलाई सहज वनाउनुभएको छ ।  
         
सुनसरीको औराबनी ५ आफनै घरवाट दुहवी सम्म ७ किलो मिटरसम्म यात्रा गर्ने
 क्रममा सफल हुनुभएको नारायण यादव ।
      देशको विभिन्न भागको भ्रमण गर्दा नदेखीएको तर १४ वर्षको उमेरमा वावुले केही गरी नाम कमाउनु र समाजमा उदाहरणीय वन्नु भएकाले सोही प्रेरणामा खसी गाडा वनाएको र सफल परिक्षण समेत गरेको यादवको भनाई रहेको छ ।  हाल सुनसरीको औराबनी ५ आफनै घरवाट दुहवी सम्म ७ किलो मिटरसम्म यात्रा गर्न सफल हुनुभएको यादवले इनरुवा , इटहरी , धरान सम्म पुरयाउने योजनामा रहेको वताउनुभयो । सप्तरीमा जन्मिनु भएका ६० वर्षिय यादवमा नयाँ कुराको आविस्कार र खोजको उत्सुकता रहेको र निकट भविष्यमा कुकुर गाडा संचालनमा ल्याउने योजनामा हुनुहुन्छ । यादवले चैत्तको पहिलो सातावाट खसिको गाडी संफल रुपमा संचालनमा ल्याउनुभएको थियो ।
           
     अरुले अफनो कृतिमानी कायम गर्न विभिन्न काम तथा उपायहरु अपनाउने जस्तैं यादवले आफनो नाम चर्चामा ल्याउन यस्तो काम गरेको पत्रकार तुलसी यादव वताउनुहुन्छ । आश्चर्यको कुरा के भने गाडी  र चालक गरी दुवैको तौल १३० केजि हुन्छ  तर दुई खसिको तौल ९०  केजि मात्रै रहेको छ । यहाँ दैनीक जसो खसी गाडा हेर्न  यादवको घरमा भिड लाग्ने गरेको छ । यसरी पत्याउन गाह्रो तर सत्य भएको कुरा सुनसरीमा खसी गाडा पनि संचालन गर्न एक कृषक सफल भएकाले सुनसरीवासी खुसी छन् ।
समाचार \ तस्विर -  जयकृष्ण यादव,  इनरुवा 

एक दलित युवकलाई डेढ महिनादेखि खोरमा

बेल्टार(उदयपुर) — मानसिक सन्तुलन गुमाएका जमासिंह अधिकारीलाई डेढदशकदेखि खोरमा थुनेको देखेर बेल्टार — ९ माडिवास भित्तेका एक दलित युवकलाईपनि उनको परिवारले डेढ महिना यता सुगुर जस्तै खोरमा थुनेका छन ।
           ९ बर्षयता मानसिक सन्तुलन गुमाएपछि उपचार गर्न नसक्दा पदमबहादुर परियारले २० बर्षीय छोरा झुमन परियारलाई डेढ महिना देखि खोरमा थुनेका हुन । सिद्धिपुर —४ वाइतुङका ३६ बर्षीय अधिकारीलाई उपचार गर्न नसक्दा उनको परिवारले डेढ दशक सुगुर जस्तै खोर  थुनेका थिए । त्यस्तै आफूलेपनि उपचार गर्न नसकेकोले छोरालाई थुन्नु परेको झुमनका बुवा पदमबहादुरले वताए । उनले भने “उपचार गर्न नसक्दा जमानसिंहलाई खोरमा थुनेको भन्ने सुनेर हेर्न गए” । जमानसिंहलाई हेरेपछि खोरमा थुन्नु पर्ने रहेछ भन्दै आएर खोर बनाएका छोरालाई थुनेको उनले वताए ।

मानसिक सन्तुलन गुमाएपछि उपचार गर्न नसक्दा डेढ महिनादेखि खोरमा थुनिएका उदयपुरको बेल्टार — ९ का २० बर्षीय झुमन परियार ।

        ११ बर्ष उमेर हुदा“देखि मानसिक सन्तुलन गुमाएका झुमनले स्थानीय सर्वसाधरणलाई कुटपिट गर्ने, तोडफोड गर्ने र आफनै परिवारका सदस्यलाई कुटपिट गर्ने गरेको पदमबहादुरले वताए । परिवारका सदस्यालाईमात्रै होइन छिमेकीलाई समेत कुटपिट गर्न सुरु गरेपछि मारिदेला भनेर थुनेको उलने भने “औषधि उपचार गर्न आर्थीक अभाव छ” । त्यसैलेपनि विकल्पमा थुनेर राखेको उनले वताए । झुमनलाई १३ दिन धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार गरिएको थियो ।
         तर आर्थीक अभावमा थप उपचार गर्न नसकिएको उनकी आमा धनकुमारी परियारले वताइन । उनले भनिन“मानसिक सन्तुलन गुमाएपछि आर्थीक अभावमा उपचार गर्न सकिएन” त्यसैले इलाका प्रहरी कार्यालयलाई बेल्टारलाई जानकारी गराए खोरमा थुनिएको उनले वताइन । दैनिक ज्याला मजदुरी गरेर गुजार गर्नु पर्ने र छोरालाई रुगेर बस्न नसक्दा परियार दम्पतीले छोरालाई थुन्न बाध्य भएको वताए ।
      चार छोरा मध्ये जेठो छोराको सानै उमेर मृत्यु भएको झुमनकी आमा धनकुमारीले वताइन । झुमन माइलो छोरा हो उनले भनिन “जेठोको मृत्युपछि सवैभन्दा जेठो झुमनपनि मानसिक सन्तुलन गुमाएपछि विचल्लीमा परीयो”। ७/८ कठ्ठा जग्गामा गुजारा गर्नु पर्ने बाध्यता र उपचार गर्न आर्थीक अभावमा समस्या भएको उनले वताइन ।
         झुमनलाई सुरुका ३ महिना बाधेर घरमै राखिएको र बाधेर राख्नपनि नसक्दा घर भन्दा करिब २ सय मिटरको दुरीमा खोर बनाएर राखिएको पदमबहादुरले वताए । खोर बनाउन समेत आर्थीक अभाव भएपछि छिमेकीको सहयोगमा खोर बनाएको उनले वताए । खोर बनाउन स्थानीयल श्रमदान गरेपनि १ हजार ५ सय रुपैया खर्चेको पदमबहादुरले वताए । उनले भने “खोर बनाउदा“को १ हजार ५ सय रुपैयापनि ऋण लागेको छ” । झुमनलाई सुगुर थुन्ने खोज जस्तै चारै तिर काठले घेरेको खोरमा थुनिएको छ । 
समाचार / तस्वीर — डिल्लीराम खतिवडा

खोरबाट मुक्त भए जमानसिंह

     वाइतुङ(उदयपुर) — डेढ दशकयता सुगुर जस्तै खोरमा थुनिएका सिद्धिपुर —४ वाइतुङका ३६ बर्षीय जमानसिंह अधिकारी दुई दिनयता मुक्त भएका छन । राजधानी काठमाण्डौ स्थित एक सामाजीक संस्थाले उपचारकालागी उद्धार गरेपछि सोमबार उनी खोरबाट मुक्त भएका हुन । मेरीनोल नेपाल, आशा दिपका दुई उद्धारकर्मीले  अधिकारीलाई खोरबाट उद्धार गरेका छन । 
मानसिक सन्तुलन गुमाएपछि उपचार गर्न नसक्दा डेढ दशकदेखि खोरमा थुनिएका उदयपुरको सिद्धिपुर- ४
जमानसिंह थापालाई खोरबाट बाहिर निकाल्दै मेरीनोल नेपाल÷आशा दिपका समाजीक कार्यकर्ता रमेश बजगाई र मोती नेपाली । उनलाई खोरबाट मुक्त गरि निशुल्क उपचार गरी सुधारगृहमा राख्न  काठमाण्डौ लगीएको छ ।

     मानसिक सन्तुलन गुमाएपछि आर्थीक अभावमा उपचार गर्न नसक्दा उनलाई परिवारकै सदस्यले डेढ दशकदेखि सुगुर जस्तै खोरमा थुनेर राखेका थिए । आशा दिपका रमेर बजगाई र मोती चौधरीले अधिकारीलाई थुनेको खोर भत्काएर उनलाई बाहिर निकालेका हुन । अधिकारीलाई उपचार गर्नकालागी उद्धार गरिएको बजगाई र चौधरीले वताए । उनीहरुले भने “अधिकारलाई काठमाण्डौ लगेर उपचार गरिन्छ”। आर्थीक अभावमा उपचार गर्न नसक्दा थुनेर राख्नु पर्ने परिवारको बाध्यतालाई बुझेरै अधिकारीको उद्धार गरिएको उनीहरु ले वताए । आफनो संस्थाले स्थापनाकालमा मानसिक सन्तुलन गुमाएका सर्वसाधरणलाई जेलमा थुनेको देखेर उद्धार गर्ने काम सुरु गरेको बजगाईले वताए ।
        उनले भने “ अधिकारीलाईपनि जेलमा नभएपनि परिवारले बनाएको खोरमा थुनेकोले उद्धार गरिएको हो”।  माजीक दृष्टिले समेत थुन्ना गर्न नपाईने अहिलेको अवस्थामा अधिकारीले १५ बर्षसम्म खोरमा थुनिनु परेको उनले वताए । अधिकारीलाई निशुल्क उपचार संगै सन्चो नहुन्जेल संस्थाकै सुधार गृहमा राखीने बजगाईले वताए । २१ बर्षको उमेरमा मानसिक सन्तुल गुमाएका अधिकारीलाई ३ बर्ष घर भित्रै बाधेर र बाकी अवधि काठले बनाइएको खोरमा थुनिएको थियो । 
      आर्थीक अभावमा उपचार गराउन नसक्दा छोरालाई थुनेर राख्नु पर्ने बाध्यता भएको उनकी आमा रनमाया अधिकारीले वताउदै आएकी छन । उनी भन्छिन, “मानसिक रोगीलाई थुन्नु हुदैन भन्ने थाहा थिएन”। त्यसैंलेपनि थुनेर राखेका उनले वताइन । दुई छोराका पिता समेत भएका अधिकारी बिचमा केहि समय ठिक भएका थिए । तर फेरी मानसिक सन्तुलन गुमाएपछि थुनिएको हो । थापाका १५ बर्षीय जेठो छोरा धनबहादुर अहिले एसएलसीको तयारी गर्दैछन । १३ बर्षीय कान्छो युवराज ५ कक्षामा  पढछन । 

        सुगुर थुन्ने खोज जस्तै चारै तिर काठले घेरेको खोरमाबाट बाहिरीदा अधिकारी मुसुक हासेका थिए । सुत्न वा पलेटि कसेर टुक्रुक बस्नु भन्द अन्य विकल्प नहुदा अधिकारीको कुजीएर बस्न बाध्य भएका थिए । त्यसैले पनि खोरबाट निस्कन पाउदा मुस्कुराएको हुन सक्ने स्थानीयले वताए । छोरोको निशुल्क उपचार हुने भएपछि मानसिक सन्तुल ठिक हुने उनका पिता बलबहादुरले वताए । उनले भने “उपचार गर्न खर्च अभाव भएकै कारण खोरमा थुनियो, आजकै दिनदेखि खोर भत्काउने छु” । सामन्य लेखपढ गर्न जान्ने थापा मानसिक सन्तुलन गुमानुभन्दा पहिले रामायण, महाभारत, कृष्णचरित्र जस्ता धार्मीक पुस्तक पढने गरेको पिता बलबहादुरले वताए ।
समाचार / तस्वीर — डिल्लीराम खतिवडा

एक दशकभन्दा बढि समयदेखि खोरमा

     वाइतुङ (उदयपुर) — एक दशकभन्द बढि समय यता यहा स्थित सिद्धिपुर - ४ वाइतुङका एक युवकलाई खोर सुगुर थुन्ने जस्तै) मा पशु जस्तैगरि थुनिएको छ । मानसिक सन्तुलन गुमाएपछि आर्थीक अभावमा उपचार गर्न नसक्दा ती युवकलाई खोरमा थुनिएको हो ।
      मानसिक सन्तुल गुमाएपछि उपचार गर्ने हैषियत नहुदा“ ३६ बर्षीय जमानसिंह अधिकारीलाई करिब १३ बर्षयता घर भन्दा ३ सय मिटर पर बनाइएको खोरमा थुनीएको स्थानीयले वताए । २१ बर्षको उमेरमा मानसिक सन्तुल गुमाएका थापालाई ३ बर्ष घर भित्रै बाधेर थुनिएको उनकी आमा रनमाया अधिकारीले वताइन । उनले भनिन “पहिले पहिले घरमा बाधेर थुनियो, तर घर भित्र संम्भव नभएपछि १० बर्षयता घर भन्दा बाहिर खोर बनाएर थुनेर राखेका छौ”। छोडदियो भने जथाभावी गर्ने गरेकोले थुन्नु परपेको उनले वताइन ।
      दुई छोराका पिता समेत भएका थापा बिचमा केहि समय ठिक भएका थिए । तर फेरी मानसिक सन्तुलन गुमाएपछि थुनिएको रनमायाले वताइन । एक पटक त उपचार गर्न पाटन अस्पताल पु¥याइयो उलने भनिन “तर त्यहा“पनि पुरै समय राख्न सकिएन”। आर्थीक अभावले अस्पतालको खर्च समेत तिर्न नसक्दा अस्पतालले घर लैजानु भन्यो उलने गुनासो गरिन । “पैसा भएको भए उपचार हुन्थ्यो होला, तर उपचार नभएकोले खोरमा थुन्नु परेको छ” रनमायाले भनिन । थापाका १५ बर्षीय जेठो छोरा धनबहादुर अहिले एसएलसीको तयारी गर्दैछन । १३ बर्षीय कान्छो युवराज ५ कक्षामा पढछन । 
मानसिक सन्तुलन गुमाएपछि आर्थीक अभावमा उपचार गर्न नसकेपछि
दशक यता खोरमा थुनेर राखिएको उदयपुरको सिद्धिपुर -४ वाइतु ३६ बर्षीया
जमानसिंह अधिकारी
       सुगुर थुन्ने खोज जस्तै चारै तिर काठले घेरेको खोरमा थापालाई थुनिएको छ । उनि उठन चाहे भनेपनि ठाडो भएर उठन सक्दैनन । सुत्न वा पलेटि कसेर टुक्रुक बस्नु भन्द अन्य थापाको विकल्प छेन । दिसा पिसावपनि खोर भित्रै गर्छ आमा रनमायाले भनिन “थुनेकै ठाउमा गरेको दिसापिसाव तल झरेपछि सफा गनेर्  गरेकी छु”। कहिले कहि त भिनै गर्दिछन रनमायाले वताइन । उसलाई आवश्यक पर्ने खाना र पानी खोर भित्रै लगेर राखि दिन्छु मन लागे खान्छ , नलागे खादैन आमा रनमायाले वताईन ।
      घामपानी जस्तोसुकै अवस्थामापनि थापालाई खोर बाहिर ननिकालेको उनका भाई भिमबहादुर अधिकारीले वताए । झण्डै एक दशकदेखि दशै तिहार जस्ता पर्व बाहेक खोर बाहिर निकालीएको छैन उनले भने “बाहिर निकाले र के गर्नु जाथाभावी गर्दिछ, गाउ“लेको विगार गर्यो भने गाली गर्छन, त्यसैले थुनेरै राखेका छौ”। थुनुको विकल्प केहि नभएकोले बाध्य भएर थुनेर राखेको उनले वताए । थापाकी पत्नी लक्ष्मी उनले मानसिक सन्तुल गुमाएपछि अर्कैसंग विवाह गरेर गएको स्थानीयले वताए । पतीको अवस्था नाजुक बन्दै गएपछि लक्ष्मीले छोडेर अर्केसंग गएको उनका पिता बलबहादुरले वताए । उनले भने “उपचार गर्न खर्च अभाव भयो, घरमा खान लाउन समस्या थियो, छोराहरुलाई पढाउनकालागी ज्याला मजदुरी गर्नु पर्ने बाध्यता थियो, त्यसैले बुहरीले छोडेर अन्यत्रै गईन”। थुनेर राखेको छोराको दिसापिसाव सफा गर्न झन्झट भएकैले होला उनी अन्यत्रै हिडेकी उनले गुनासो गरे ।
     सामन्य लेखपढ गर्न जान्ने थापा मासिक सन्तुलन गुमानुभन्दा पहिले रामायण, महाभारत, कृष्णचरित्र जस्ता धार्मीक पुस्तक पढथे रे । राम्रोसंग किताव पढन जान्ने उनले धेरै धामीक पुस्तकको अध्यायन गरेको स्थानीयले वताए । तर उनले मानसिक सन्तुल गुमाएपछि उनका दुई छोरालाई पढाउन समेत समस्या भएको स्थानीयले वताए ।
समाचार / तस्वीर -  डिल्लीराम खतिवडा

काठ तस्कर र वन रक्षक बीच दोहोरो झडप


    उदयपुरको चुरीया क्षेत्रमा वन गस्ती र काठ तस्करहरु बीच सनिवार दोहोरो झडप  भएको छ । मुलखोला सामुदायिक वन उपभोक्ता समुहको सिमानामा पर्ने राष्ट्रिय वन क्षेत्रमा व्यापक रुपमा हरियो सखुवाको रुख कटान भएको जानकारी पाएपछि गएको वन गस्ती टोली लक्षित गरी काठ तस्करहरुले आक्रमण गरेपछि प्रति रक्षाका लागी वन गस्तीले ६ राउण्ड गोली चलाएको जनाएका छन ।
     काठ तस्करहरु राजनितिक संक्रमणको फाईदा उठाउँदै जंगलमा घुर्ति आरामिल संचालन गर्दै आएको छ । यसरी जिल्लाको करिब एक हजार वर्ग मिटरमा फैलिएको राष्ट्रिय वन क्षेत्रमा वन तस्करहरुले तस्करी गरि राखेको छ । हडिया क्षेत्रको चुरिया जंगलमा मात्र करिब ५ सय हल आरावालहरु दैनिक रुपमा काठ  चिरी रहेको स्थानीय उपभोक्ताहरुले बताएका छन । त्यहाँ चिरेको सालको फलाहरु सप्तरीको महुली हुदै भारत तीर निकासी गर्ने गरेको जानकारी स्थानीयबासीले दिएको छ। सो बाटो हुदै निकासी गर्ने गरेको काठको फला बापत ईलाका प्रहरी कार्यालय महुली र ईलाका वन कार्यालय महुलीलाई प्रति व्यक्ति २ सय रुपैयाका दरले दिएका कुनै रोकतोक बिना नै लान पाउने गरेको निकासीमा समलग्न रहेको एक व्यक्तिले जानकारी दिए । चुरीया क्षेत्रमा दैनिक रुपमा सैयौ काठ तस्करहरुले केही महिनादेखि त्यहाँ नै अस्थायी रुपमा डेरा बनाएर काठ चिरान गरि राखेको वन कर्मचारीको भनाई रहेको छ ।
      अत्याधुनिक हतियार सहित काठ तस्करहरु जंगलमा बस्ने गरेकाले पनि वन गस्ती गर्न जान समस्यामा परेको वन रक्षकहरुको भनाई रहेको छ । सरकारले वनलाई उपलव्ध गराएको हतियार थ्रि नट थ्रि राईफल पनि थ्रोत्रे रहेको त्यसमा पनि ४ थान मात्र भएको २ थान हतियार नपडकने अवस्थामा रहेको जिल्ला वन कार्यालय उदयपुरले जनाएको छ ।
     जिल्लाको दर्जनौ स्थानमा एसएलआर हतियार बोकेर काठ तस्करहरु बसेकाले पनि नियन्त्रण गर्न चुनौती बढीको र जनशक्ति हतियार नभएको जिल्ला वन कार्यालय उदयपुरका रेन्जर ललन मण्डलले जानकारी दिए । दोहोरो झडप भएको हडिया क्षेत्रमा मात्र करिब २ सय भन्दा बढी हरियो सखुवाको रुखहरु कटान भई रहेको वन कार्यालय उदयपुरले जनाएको छ । त्यहाँ भनिए भन्दा पनि बढी हुने भएकाले संख्या घटबड हुन सक्ने कार्यालयको भनाई रहेको छ। त्यहाँ ३ सय भन्दा बढीको संख्यामा रहेको काठ तस्करहरु मध्ये वन कर्मचारीहरुले ९ जनालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ परेकाहरुले फला बनाएको काठ सप्तरी हुदै भारततीर निकासी गर्ने गरेको बयानमा बताएका छन । घटनास्थलमा सदरमुकामबाट हतियार बिनाको टोली जान नसक्ने भएकाले पनि को ही जान नसकेको हो । 
     पत्रकारहरुको टोलीलाई सुरक्षा दिन नसक्ने भएकाले पनि  नआउन स्थानीयबासीले जानकारी दिइएको छ । स्थानीयबासी र हतियार सहितको एक सय जना भन्दा बढीको संख्यामा गएका गस्ती टोलीले केही घरेलु हतियार सहित ९ जनालाई पक्राउ गर्न सफल भएको छ । यसरी पक्राउ पर्नेमा सप्तरीको जन्डोल परासनी गाविसका गजन सदा, जानकी राम, मोहमद ईराईल, मोहमद कसनील, मोहमद नसुरा, नरुवा महमद, बसन्त सरदार, मोहमद दुरी, राजन सदा रहेको छ । सहायक वन अधिकृत संतोषकुमार चौधरीको नेतृत्वमा गएको गस्ती टोलीले  पक्राउ गरेको थियो । अन्य काठ तस्करहरु भने केही पर भागेपनि पक्राउ गर्न भने  नसकेको जानकारी दिए । 
    पुरानो हतियारका कारण र जनशक्ति अभावले गर्दा काठ तस्करी नियन्त्रण गर्न नसकेको वन कार्यालयको भनाई रहेको छ । जंगलमा गस्ती जादा भरै घर फर्किन छ कि छैन भन्ने जोखिम रहेको वन रक्षकहरुको भनाई रहेको छ । किन भने थोत्रो हतियार नपडकने भएकाले पनि काठ तस्करहरुसंग अत्यधुनिक हतियार भएकाले कुनै पनि बेला ज्यान जान सक्ने भएकाले जोखिम बढेर गएको उनीहरुको कथन रहेको छ ।
समाचार - ईश्वर तामाङ

लोक सेवा आयोगको तयारी कक्षा सुरु


     उदयपुर, २३ माघ नेपाल निजामति कर्मचारी युनियन उदयपुरले पहिलो पल्ट जिल्लामा लोक सेवा आयोगको तयारी कक्षा आईतवारदेखि संञ्चालन गरेको छ । लोक सेवा आयोगले लिन लागेको नयाँ कोष अन्तगर्तको परिक्षाका लागी युनियनले सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकाको सभाहलमा डेढ महिने कक्षा संञ्चालन गरेका हुन । युवा पुस्ताहरुको लोक सेवा आयोगमा आकर्षण बढ्दै गएकाले आयोगले लिईने खरिदार तहको परिक्षाका  लागी तयारी कक्षा सञ्चालन गरेको युनियनका अध्यक्ष मानबहादुर वनको भनाई रहेको छ ।
     तयारी कक्षामा १३ महिला र २७ पुरुष गरि ४० जनाको सहभागीता रहेको छ, सहभागीहरुलाई दैनिक डेढ घण्टाका दरले अधिकृतहरु चुडामणि भट्टराई, युवराज पोखरेल, खगेन्द्र दाहाल, तीर्थ राई, लक्ष्मी पौडेल र टेकनाथ दाहालले प्रशिक्षण दिईने जनाएका छन । त्यसैगरी यस वर्षबाट आयोगले नयाँ कोष अन्तर्गत विज्ञान र गणित विषय पनि समावेश गरिएकाले विज्ञान र गणितका लागी त्रियुगा उच्च माध्यामिकका शिक्षकद्धय देवनारायण चौधरी र नोगेश्वरप्रसाद साहले प्रशिक्षण लिई रहेको तालिम संयोजनक चुडामणि भट्टराईले जानकारी दिए ।
      सो तयारी कक्षाको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी कुमार श्रेष्ठले नयाँ कोषमा आधारित भएर कक्षा संञ्चालन गरिएकाले आयोग दिन चाहने विधार्थीहरुलाई निजामति क्षेत्रमा प्रवेश गर्न सजिलो हुने बताउदै मिहनेतका साथ कक्षा लिएर सहभागी सबैले आयोग पास गर्न सफता मिलोस भनी शुभकामना दिएका थिए । नयाँ कोषमा व्यवस्था गरेको अनुसार जुन अंचलबाट लोकसेवा दिएको हो, त्यहि अंचलमा १० वर्ष सम्म सेवा गर्नु पर्ने व्यवस्था गरेकोले पनि पहिला आफु कहाँ बस्ने भनेर फारम भर्न प्रजिअ श्रेष्ठको अनुरोध थियो । कार्यक्रमको सभापतित्व निजामति कर्मचारी युनियनका अध्यक्ष मानबहादुर वनले गरेको थियो । तयारी कक्षा लिन प्रति विधार्थी २ हजार का दरले शुल्क लिएको उनको भनाई रहेको थियो । 
समाचार - ईश्वर तामाङ

बँदेल सिकारी र वन कार्यालय गस्ती टोलीको भिडन्त


      उदयपुर, २० माघ/ जिल्ला वन कार्यालय उदयपुरको गस्ती टोलीले चुरिया क्षेत्रको जोगिदह गाविस– ८ कंकखोलाको मुहान लबनीयामा बन्य जन्तु सिकार गरेको अवस्थामा सिकारीहरुसंग जम्का भेट हुदा बुधवार चार राउण्ड गोली चलेको छ ।
       वन गस्ती टोलीले अवैध रुपमा चोरी सिकारी गरि मारेका बँदेलका ५० किलो मासु समेत बराबद गरिएको गस्ती टोलीले जनाएको छ । गोली चलेपछि बन्दुक सहित सिकारीहरु भने भाग्न सफल भएको गस्तीका टोली प्रमुख सहायक वन अधिकृत ललन मण्डलले जानकारी दिए । बीच जंगलमा दुई नाल भरुवा बन्दुक सहित ६/७ जनाको समुहमा रहेको सिकारीहरु बँदेलको मासु र पाकेको भात छाडेर प्रतिरक्षाका लागी एक राउण्ड बन्दुक पड्काएर भागेको वन कर्मचारीले बताए ।
      चुरिया क्षेत्रमा हुने काठ तस्कर नियन्यत्र गर्नका लागी गएका गस्ती टोली त्यहाँ पुगेपछि रगतको टाटा देखेर त्यसलाई पछयाउदै जाने क्रममा चोरी सिकारीले बँदेल मारेको भेटिएका हुन । खोला किनारामा भात पकाएर उनीहरुले त्यहाँ बन्य जन्तुको चोरी सिकारी गर्दै आएको गोठालाहरुले समेत वन कर्मचारीलाई जानकारी दिएको अधिकृत मण्डलले बताए ।
      वन कर्मचारीले प्रयोग गर्ने थ्रि नट थ्रि राईफल नपड्कीएर झण्डै सिकारीले हानेको बन्दुकबाट घाईते भएको अधिकृत मण्डलले गुनासो गरे । बन्दुकको अवस्थाको बारेमा विभागलाई जानकारी गराउदा समेत सुनुवाई नभएको गुनासो गर्दै जोखिम पूर्ण अवस्थामा जंगल गस्तीमा निस्कनु पर्ने उनले बताए । सिकारीको खोजी कार्य भई रहेको जिल्ला वन कार्यालय उदयपुरले दिएका छन, भने बरामद गरिएको बँदेलको मासु विहिवार कार्यालयले लिलाम विक्रि गरेको निमित जिल्ला वन अधिकृत राकेश कर्णले बताए ।
समचार - ईश्वर तामाङ

पुर्वाधार बिना पर्यटन बर्ष असफल हुने सम्भावना


         रौतापोखरी(उदयपुर) — पुर्वाधारको विकास र प्रवद्र्धन नहुदा यहाका लागी भने पर्यटन बर्ष सन् २०११ उद्घाटन र समापनमामात्रै सिमित हुने निश्चित छ । पर्यटन बर्ष भित्रिएपनि आन्तरिक र बाह्य पर्यटक भित्र्याउने ठोस कार्यक्रम नहुदा उद्घाट र समापनमै सिमित हुने निश्चत भएको हो । 
रौता पोखरी 
       पर्यटन बर्ष शुरुवात भईसक्दा सम्भाव्य पर्यटन क्षेत्रको खोजी समेत नभएको स्थानीयले वताए । जिल्ला भित्रका पर्यटन क्षेत्रको पुर्वाधार सुधारको काम समेत अलपत्र बनेको रौताका गंगा मगरले वताए । उनले भने “जिल्लालाई ऐतिहाँसिक स्थल र धार्मिक एवंम् साँस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्दै पर्यटकीय पुर्वाधार विकास गर्न सकिने प्रचुर सम्भावना रहेको छ । तर पर्यटकीय क्षेत्रहरुको पहिचान र प्राथमिकिकरण नै हुन नसक्दा पर्यटन बर्ष त्यतिकै बित्ने हो कि भन्ने चिन्ता बढदै गएको उनले वताए । 
      पर्यटनका लागि संगसंगै भन्ने नारा लिएर शुरु भएको पर्यटन बर्षमा देशभर १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य राखिएको छ । तर पर्यटन प्रवद्र्धनको बिषय जिल्लाको विकासे ऐजेण्डा बन्न नसक्दा सम्भाव्यता बोकेका क्षेत्रमा भने पर्यटन बर्षबारे जानकारी समेत पुग्न नसकेको चौडण्डी - ३ कटहरेका श्याम कार्कीले वताए । उलने भने “ सामरीक दृष्टिकोण महत्वपूर्ण मानिएको चौडण्डीगढी पर्यटक आर्कषण गर्ने राम्रो गन्तव्य हुन सक्छ”। सेन वशं राजले राज्य गरेका इतिहासीक चौडण्डीगढी भौगोलीक दृष्टिले समेत आकार्षण केन्द्र भएको उनले वताए । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन भएको जिल्लास्तरीय पर्यटन बर्ष समन्वय समितिले पर्यटन बर्ष सफल बनाउन जिल्लाको श्रव्यदृष्य निर्माण र प्रचारप्रसार, नेवा महोत्सव, चौदण्डी गढि महोत्सव, किरा“त साँस्कृतिक महोत्सव, त्रिवेणी महोत्सव जस्ता प्रचारात्मक कार्यक्रम तय गरेको  छ । तर कागतमात्रै सिमिति रहेको पर्यट क्षेत्रसंग सम्वन्धित सरोकावलाले गुनासो गरेका छन ।  
श्रमिक पार्क 
       सामान्य घुमघाम र पिकनिक स्थलका रुपमा सिमित बनेका तर बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेका रौता पोखरी, ताप्ली पोखरी, चौदण्डी गढि, उदयपुर गढि, टंकेला गुफा, पताले छागो, श्रमिक पार्क जस्ता पर्यटकीय क्षेत्रको पुर्वाधार विकासको काम खासै नभएको स्थानीयले वताए । पर्यटनको सम्भावना बोकेका स्थानको संरक्षणमा खासै काम भएको छैन बेल्टार गाविसका पूवअध्यक्ष राजेन्द्र कटुवालले वताए । उनले भने “पर्यटकीय क्षेत्रको पुर्वधार विकासको काम अहिलेपनि कछुवा कै गतिमा छ ”। पर्यटन बर्ष सफल बनाउने जिल्लाका पर्यटकीय क्षेत्रको  पूर्वाधार विकास तदारुकताका साथ हुनुपर्ने उनले वताए । 
      केहि पयर्टकीय क्षेत्रमा स्थानीय स्तरको पर्यटन समन्वय समिति गठन गर्ने थप कार्यक्रम रहेपनि त्यसले पर्यटन बर्षभित्र ठोस उपलब्धि प्राप्त हुन्छ कि हुदैन भन्नेमा शंका बढेको छ । तर अन्यत्र झैं जिल्लामापनि पर्यटन बर्षको भव्य उद्घाटन भईसकेको सरोकालवालाले वताए । 
समाचार - डिल्लीराम खतिवडा 
तस्बिर - भुवन राउत

चार जनाले दुई बालिकालाई सामुहिक बलात्कार


         उदयपुर, ९ माघ, उदयपुरको बेल्टार गाविस– २ बजारस्थित बसर्पाकमा चार जनाले दुई बालिकालाई सनिवार राती बस भित्रै सामुहिक रुपमा बलात्कार गरेको छ । खोटाङ्खको देवीस्थान गाविसबाट बजार भर्न बेल्टार आएका १६ वर्षिय स्वास्तीका राई र १३ वर्षिय सरीता राईलाई रातीमा बेल्टार बजारस्थित बसपार्कमा पार्किङ् गरि राखेको गीतादेवी ट्राभल्सको बस भित्र लगेर सामुहिक बलात्कार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरेको छ ।
           यसरी सामुहिक रुपमा बलात्कार गर्नेहरुमा बेल्टार गाविस १ का १८ वर्षिय दिपक परियार, बेल्टार २ का १९ वर्षिय रविन राई, खोटाङ चिसापानीका प्रदिप भुजेल र हडिया गाविसका केवि चौधरी रहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । 
       पिडित बालिकाहरुको अनुसार साँझमा बेल्टार बसपार्कमा देवीस्थानमा रहेको माविमा पढाउने शिक्षक सुरेन्द्र चौधरीका भाई केवी चौधरीले बसबाट बोलाएर बस भित्र लगि मुखमा रुमाल लगाई पालैपालो सामुहिक बलात्कार गरेको बताईन्छ ।
     पिडित बालिकाहरुलाई रात भरी बस भित्र राखेर बलात्कार गरेको जानकारी पाएपछि बिहान सबैलाई पक्राउ गर्न सफल भएको प्रहरीको भनाई रहेको छ । बलात्कारी मध्ये दिपक परियार सोही बसको सह चालक रहेको प्रहरीले जनाएको छ ।
समाचार - ईश्वर तामाङ

प्रतिबद्धता तोडदै बन्दको आवहान

       नेपाल पर्यटन वर्ष २०११ भरी बन्द नगर्ने प्रतिबद्धता १ वर्ष अगाडी नै गरे पनि, सरकारले पर्यटन वर्ष घोषणा गरेको ४ दिन नबित्दै उदयपुर को सरदमुकाम गाईघाटमा आज माडिबास घटना संर्घष समितिको आवहानमा बिभिन्न दलित संघ संस्थाहरुले यातयात बन्द गरेका छन् । पर्यटन वर्ष भरि बन्द, हडताल तथा चक्का जाम नगर्ने प्रतिबद्धता जनाएका राष्ट्रिय पार्टीका केन्द्रीय सदस्य हरु नै बन्द गराउन सक्रिय देखिन्छन् ।
बन्दमा सुनसान उदयपुर को सरदमुकाम गाईघाट
तस्बिर सहयोगि - जितु रोईला

चोरी गर्ने पक्राउ

उदयपुर, पौष,
        कम्प्युटर, मोबाईल सेट सहित करीव १ लाख रुपैंया बराबरको सामान चोरी गर्ने त्रियुगा नगरपालिका २ गाईघाटका २२ बर्षिय मिलन राईलाई आज प्रहरीले पक्राउ गरेको छ ।
       स्थानीय नरेन्द्र राई र मोहन राईको कम्प्युटर र मोबाईल सेट, नगद ५ सय रुपैंया, लत्ताकपडा सहित राईलाई पेटोल पम्प नजिकबाट पक्राउ गरेको नगर प्रहरी कार्यालय गाईघाटले जनाएको छ । पक्राउ परेका राईले चोरी गर्न प्रयोग गरेको एकथान खुकुरी र रड समेत बरामत गरिएको जनाईएको छ । 
बरामद सामान सहित गाईघाट पुलिस चैाकिमा सार्वजनिक गरिदै
समाचारदाता / तस्बिर - बाबुराम भण्डारी

बिधालय पोशाक र किताबसंगै अपहरित बालक मुक्त

       महोत्तरीको श्री रामदेव उच्च माध्यामिक विधालयबाट तीन दिन अघि विधालय पोशाक र किताब कमल सहित अपहरणमा परेका बालक उदयपुरको सदरमुकाम गाईघाटबाट अपहरण मुक्त भएका छन । गत शुक्रवारका दिन विधालय गएका बालक विद्यालय विदा भएपछि घर फर्किने समयमा विधालयबाटै अज्ञात तीन जनाको समुहले अपहरण गरि मारुती भ्यानमा राखेर आँखामा पट्टि बाँधेर सिरहाको लहान बजार तर्फ ल्याउने क्रममा अपहरणकारीहरु बालकलाई भ्यानमा नै राखि होटलमा खाना खान जाने मौकामा उनी भ्यानबाट भागेर सिधै गाईघाट आई पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । महोत्तरीको भ्रमणपुरा गाबिस– ५ का १२ वर्षिय बालक आतिस शर्मा सोही स्थानमा रहेको श्री रामदेव उच्च मावि को कक्षा– ८ मा पढ्दै गरेको उनका हजुरबुबा कुसेश्वरप्रसाद शर्माले बताए ।
         अपहरणकारीले बालक शर्मालाई आँखामा पट्टि बाँधेर यातना दिदै गाडीमा लगाएको र गाडीमा पनि चरम यातना दिएका बालकले जनाए । अपहरणपछि तीनै जना अपहरणकारीहरु सिरहा बजारको एक होटलमा गएको मौकामा भ्यानको ढोका खोली सिधै भाग्दै बसमा चढेको त्यो बस गाईघाट बजार आई पुगेपछि बालकले प्रहरी कार्यालय खोज्दै गाईघाट स्थित नगर प्रहरीको सम्पर्कमा आएको प्रहरी सहायक निरिक्षक रवि लिम्बुले बताए ।
       अपहरित बालकले अपहरणकारी मध्ये एक जनालाई चिनेको बताउदै आफनो सुरक्षाको बारेमा प्रहरी समक्ष चिन्ता गरेको थियो । गत शुक्रवार १६ गते अपहरणमा परेको बालक सनिवार उनका अभिभावकहरुलाई बोलाएर जिम्मा दिइएको नगर प्रहरी ईन्चार्ज कुमार श्रेष्ठले बताए ।
       बालकलाई उनका काका मुकेश भन्ने भिष्मप्रसाद शर्मा र हजुरबुबा कुसेश्वरप्रसाद शर्माले जिम्मा लिएर लगेको प्रहरीले जनाए । बालकलाई अपहरण गर्नु पर्ने कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 
समाचारदाता - ईश्वर तामाङ

अपहरणको प्रयास गर्ने तिन गिरफ्तार

 उदयपुर , पुस १३ गते,
          उदयपुरको पंचावती गाबिस ४ स्थित माध्यमिक बिद्यालय भुमरेका प्रधानाध्यापक ज्ञानी महत र  व्यबस्थापन समितिका सदस्य लालबहादुर कार्की लाई ०६७ प’स १३गते दिउसो अपहरणको प्रयासगरिएको छ ।
        बिधालयबाट गाईघाट तर्फआउदै गरेका दुबैलाई सिराहाको गोबिन्दपुर तरेगनामा स २ प २५४६ नम्बरको मोटरसाईकलमा रहेका तिनजना युबकले कुटपिट गर्दै अपहरणको प्रयास गरेको प्रहरीलेजनाएको छ । घटनाको जानकारी पाएपछी सदरमुकाम गाईघाट बाट त्याहा पुगेको सशस्त्र प्रहरी, नेपालप्रहरी र गांउलेको टोलिले  लगतै घटनामा सम्लग्न तिनै जनालाई गिरफ्तारगरी जिल्ला प्रहरी कार्यालय ल्याउदै गरेको प्रहरीले जनाएको छ । 
गिरफ्तार हुनेहरुमा सप्तरीका शुभनारायण यादव, अशोक शाह, भगवती शाह रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका  ईन्पेक्टर खगेन्द्र खड्काले बताए  ।
        अपहरणको प्रयास गर्नेमध्येका एकजना केहीदिन अघी उक्त बिद्यालयले शिक्षक नियुक्तिका लागि लिएको परिक्षका असफल उमेदवार रहेको जनाईएको छ । सोही  बिषयलाई लिएर अपहरण प्रयास गरेको प्रहरीले अनुमान गरेको छ ।
समाचार - कुशलबाबु बस्नेत  

वन कार्यालय उदयपुरका अधिकृतलाई कालो मोसो

उदयपुर, अनियमितता गरेको आरोपमा जिल्ला वन कार्यालय उदयपुरका वन अधिकृत शान्तमुनि ताम्राकारलाई आईतवार आफनै कार्यकक्षमा कालो मोसो दलेका छन ।
       पुर्न गठित नेकपा माओवादी ( मात्रिका ) समुहका कार्यकर्ताले उदयपुरमा वन फडानी गरि अनियमितता गरेको आरोप लगाउदै मबिलको कालो दलेका हुन ।
      दिउँसो साँढे एक बजेतिर सेवा ग्राहीको रुपमा कार्यालय प्रवेश गरेका माओवादीको दुई कार्यकर्ताले आफुहरु भित्र आउनु सक्छौ, भन्दै भित्र प्रवेश गरेर ताम्राकार माथि दुव्यवहार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन ।
     उनीहरुले प्लाटिष्कमा ल्याएको कालो मोसो दलेपछि कार्यालयको पुर्व पटिको झोकाबाट हाम फालेर भागेको वन अधिकृत शान्तमुनि ताम्राकारले बताए । त्यसपछि दुवै जना पुर्व तिर लागेको जानकारी दिए ।
      यता उदयपुरमा वन अधिकृत ताम्राकारले वार्षिक करिब ६ लाख सेप्टी काठ कटान गरि अनियमितता गरेको हुदा चेतावनी स्वारु्प कारबाही गरिएको पुर्न गठित नेकपा माओवादी मात्रीका समुहका जिल्ला सेक्रेटरी सम्बोधनले घटनाको जिम्मेवारी लिदै टेलिफोनमा बताए । 
समाचार सहयोगि - ईश्वर तामाङ

फोटो सौजन्य - बाबुराम भण्डारी


बसबाट झरेर एक किशोरको मृत्यु

उदयपुर, २२ मंसिर 
     उदयपुरको बेल्टारबाट भुल्के तर्फ जन्ति जाने क्रममा बसको छतबाट झरेर एक किशोरको बुधवार घटनास्थलमा नै मृत्यु भएको छ । बेल्टार गाविस– ६ कामीडाडामा बेल्टार गाविस– १ का १५ वर्षिय उमेश राईको ना २ ख ४५४५ नम्बरको चण्डीका ट्राभल्सको छतबाट खस्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
      जन्ति लिएर गएका बसमा बढी लोड भएकाले उकालोमा बसले नियनत्रण गुमाउदा सडक नजिकैको रुखमा ठोकिन पुग्दा छतमा भएको राई खस्ने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक खगेन्द्र खड्काले बताए ।
     मृतक राईको सब पोटमाड्मका लागी जिल्ला अस्पताल गाईघाट ल्याएका छन भने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई सकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन ।
News by - ईश्वर तामाङ

१५ वर्षदेखि हातमा लालपूर्जा बोकेका सुकुम्बासीको जग्गाको टुङगो छैन

       उदयपुरका पाँच सय भूमिहिन किसान परिवारले १५ वर्ष अघि जग्गा धनि प्रमाणपुर्जा पाएपनि  उनीहरुको एक धुर जग्गा छैन । तत्कालिन सुकुम्बासी समस्या आयोगले पछि जग्गा उपलव्ध गराई दिने भन्दै उनीहरुलाई १५ वर्ष अघि अस्थायी जग्गा धनि प्रमाण पुर्जा दिएका थिए । आयोगले पछि जग्गा दिने भन्दै दिएको अस्थायी लालपूर्जा पाएको डेढ दर्शक विति सक्दा सम्म पनि उनीहरुले  भने अझै जग्गा पाउन नसकेको हो । ०५२ सालमा तत्कालिन सुकुम्बासी समस्या आयोगले जिल्लाका ति भूमिहिन किसानहरुलाई पछि जग्गा उपलव्ध गराई दिने सर्थमा अस्थायी जग्गा धनि प्रमाण पूर्जा दिएका गरेको थियो । तर अहिले १५ वर्ष पुगि सक्दा पनि आफुहरुले जग्गा नपाएको गुनासो जोगिदह गाविस–७ का पवन चौधरीले गरे ।
       जिल्लाका अधिकांश भूमिहिन सुकुम्वासीहरुको अहिलेसम्म जग्गा छैन, तर अहिले उनिहरु पुर्जा देखाउदै जग्गा खोजिदिन कहिले मालपोत कार्यालय, कहिले जिल्ला प्रशासन त कहिले राजनीतिक दलको कार्यालय धाईरहेकाछन् । यसरी धाउँदा पनि उनीहरुको कुरा कसैले नसुन्ने गरेको त्रियुगा नगरपालिका–९ का मौलाई सदाको गुनासो रहेको छ । ०५२ सालमा सुकुम्वासी समस्या समाधान आयोगले ति भूमिहिनहरुलाई जग्गाको पछि व्यवस्था गरिदिने भन्दै अस्थायी जग्गा धनि प्रमाणपुर्जा बितरण गरेको थियो, तर १५ बर्ष पहिला लालपूर्जा दियो जग्गापछि दिउँला भन्या अहिले सम्म कति चोटी सरकार परिवर्तन भयो, राजालाई पनि हटायो, अब त जग्गा पाईएला कि भनेको त हाम्रो समस्याको बारेमा कसैले पनि सुनुदिदैन भूमिहिन त्रियुगा नगरपालिका–७ का झयाउली सदाले गुनासो पोखे । 
       आयोगले भूमिहिनहरुलाई १ कट्ठा देखि अढाई कट्ठा सम्मको अस्थायी जग्गा धनि पुर्जा बितरण गरि सम्पूर्ण कागजपत्र मालपोत कार्यालयलाई बुझाएको थियो । यसरी जग्गा बिनाको अस्थायी पुर्जा पाउने भूमिहिनहरुमा कटारी गाविसमा १ सय २२ जना, जोगीदहमा १ सय ५० जना, हडियामा ७० जना, सुन्दरपुरमा ८४ जना र अन्य गाविसमा समेत गरि करिव ५ सय भन्दा बढी रहेको जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष बलबहादुर तामाङले संकलन गरेको तथ्यांकमा उल्लेख रहेकोछ । जीवीकोपार्जनका लागी दैनिक मजदुर गरेर  खाने ति परिवारहरुलाई बारम्बार जग्गाको लागी धाउन समेत फुर्सद छैनन्  अधिकार मञ्चको अध्यक्ष तामाङको भनाई रहेको छ ।

जग्गा बिक्रि गर्नेलाई कारबाहीको माग सहित उजुरी दर्ता

       उदयपुरको सदरमुकाम गाईघाट बजारस्थित करोडौं मुल्य पर्ने सार्वजनिक जग्गा स्थानीय केही व्यक्ति विशेषले विक्रि– वितरण गरि सर्बसाधारण मानिसलाई ठगि गरेको आरोपमा उनीहरु विरुद्ध सम्बन्धित निकायमा उजुरी दिएका छन ।
       त्रियुगा नगरपालिका– २, ३ मा पर्ने बरुवा बसपार्क समितिले करिब २ विगाहा भन्दा बढी सार्वजनिक जग्गा ३६ लाख रुपैयामा विक्रि गरेपछि स्थानीयबासी छेदीलाल चौधरीले जिल्ला अदातल उदयपुर, जिल्ला प्रशासन कार्यालय उदयपुर र जिल्ला प्रहरी कार्यालय उदयपुरमा किर्ते जालसाजी र ठगि गरेको भन्दै उजुरी दर्ता गराएको हो । चौधरीले समितिका पदाधिकारीले गैर कानूनी रुपमा सार्वजनिक जग्गा विक्रि गर्दा समेत सम्बन्धित निकायले कुनै चासो नदेखाएको भन्दै त्रियुगा नगरपालिकाको कार्यालय, कार्यकारी अधिकृत खगेन्द्र दाहाल, पूर्व पश्चिम बरुवा बसपार्क समिति, समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष क्रमश सिंहबहादुर राई, केशरसिंह खड्का, देवीमाया कटुवाल विरुद्ध उजुरी दिएका हुन । 
      गत मंसिर २ गतेका दिन राजधानी दैनिकमा सार्वजनिक जग्गा व्यक्तिद्धारा बिक्रि प्रशासनका अधिकारी मौन सिसकमा समाचार प्रकाशित भएपछि त्यसको प्रभावले स्थानीयबासीहरु आफै सार्वजनिक जग्गा संरक्षणमा जुटेका हुन । सो बसपार्क समितिले सर्वोच्च अदालतमा मुद्धा लड्नका निम्ति भन्दै करोडौको जग्गा सर्बसाधारणलाई झुक्याएर मुद्धा फैसला भएपछि पास दिन्छु भन्दै किर्ते तमासुक बनाएर रकम लिएका छन ।
सदरमुकाम गाईघाट बिचमा रहेको ३५ विगाहा सार्वजनिक जग्गा मध्ये बसपार्क समितिले २ विगाहा भन्दा बढी बिक्रि गरेको समितिले स्विकार गरेको छ । सो सार्वजनिक जग्गाको प्रचलित मुल्य प्रति कठ्ठा २० लाख रुपैया पर्ने गरेको स्थानीयबासी किरण अधिकारीले बताए । प्रचलित मुल्य अनुसार समितिले ८ करोड मुल्य बराबरमो सार्वजनिक जग्गा विक्रि गरि सकेको देखिन्छ । यसरी सो क्षेत्रमा रहेको करिब डेढ अरब मुल्य बराबरको सार्वजनिक जग्गा केही व्यक्ति, समुहले बिक्रि गर्दा समेत स्थानीय प्रशासन भने बेखर जस्तै भएर बसेको स्थानीयबासी अधिकारीको आरोप रहेको छ । बसपार्क समितिले प्रति कठ्ठा ८० हजार देखि १ लाख रुपैयामा बिक्रि गर्ने गरेको समितिका कोषाध्यक्ष देवीमाया कटुवालले स्विकार गरिन् । उनले दिएको जानकारी अनुसार मुद्धा लड्न खर्च अभाव भएकोले २ विगाहा जति जग्गा बिक्रि गरिएको जानकारी दिईनन् । 
      त्रियुगा नगरपालिकाको तेश्रो नगरपरिषदले सो क्षेत्रमा बसपार्क र ग्रिन पार्क निर्माण गर्न गुरुयोजना निर्माण गरि पास गरेको थियो । तर पछि नगरपालिकाको श्रोत साधानले नभ्याएपछि गुरुयोजना त्यतिकै थन्किएको थियो । त्यस क्षेत्रमा पुन बसपार्क निर्माण गर्नका लागी नगरपालिकाले ८ बिगाहा १० कठ्ठा ७ धुर जग्गामा बसपार्क निमार्ण गर्नु भनि  पूर्व पश्चिम बरुवा बसपार्क उपभोक्ता निर्माण समिति बनाएर जिम्मा दिएको थियो । बाँकी रहेको २६ विघा सार्वजनिक जग्गा समेत समितिले कव्जा गर्न थालेपछि विवाद उत्पन्न भई जिल्ला अदालत, पुनरावेदन हुदै सर्वोच्च अदालत सम्म मुद्धा परेको छ । स्थानीय छेदीलाल चौधरीले सोही जग्गा मध्ये ४ विघा ७ कठ्ठा १० धुर जग्गा आफनो बडबाबु बिलट माझिको नाममा भएको र त्यसको अबताली खाने आफु मात्र भएकोले आफनो नाममा दर्ता गरि दिन सम्बन्धित निकायमा दाबी गर्दै आएका छन ।  
       सार्वजनिक अवस्थामा रहेको जग्गा मध्ये ४ विघा ७ कठ्ठा १० धुर जग्गाको अहिले सर्वोच्च अदालतमा मुद्धा चलि रहेको चौधरीले जानकारी दिए । यता सोही मुद्धाका लागी भन्दै समितिले करोडौ जग्गा बिक्रि गरेर बस्दा समेत सम्बन्धित निकाय मौन बस्नुले रहस्यमय बनेको स्थानीय समाजसेवी जगदिस साहले बताए । समितिका पदाधिकारीले भने जग्गा बिक्रि गरेको ठुलो रकम अदालतका कर्मचारी र न्यायधिशलाई मुद्धा जिताउन दिएको बाँकी रकम स्थानीय अधिकारी तथा राजनितिक दलहरुलाई समेत दिएको दाबी गर्दै आएका छन ।
      समितिले मुद्धा चलि रहेको चौधरीले दाबी गरेको तर्फबाट जग्गा विक्रि गरेको स्थानीयबासीको भनाई रहेको छ । ठगिको आरोपमा जाहेरी परेकोले समिति उपर छानविन गर्न जिल्ला प्रहरी कार्यालय उदयपुरले भने अनुसंन्धान प्रारम्भ भई रहेको जानकारी दिए ।
News by - ईश्वर तामाङ

सडकपेटी अतिक्रमण गरि राखिएको सामान हटाउन सुरु

      उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकाले बजारमा सडकपेटी अतिक्रमण गरि जथाभावी रुपमा राखिएको पसल र व्यापारीक सामान हटाउन सुरु गरेपछि स्थानीय व्यापारी र नगरपालिका बिच झडपको अवस्था आएको छ ।
     नगरपालिकाले बारम्बार मौखिक तथा लिखित रुपमा पनि स्थानीय व्यापारीहरुलाई सडकपेटी तथा सडक नाला अतिक्रमण गरी राखेको टहरा, पसल, व्यापारीक सामान हटाउन अनुरोध गर्दा पनि अमानेपछि बाध्य भएर उठाउन थालेपछि स्थानीय व्यापारी आक्रोशित बनेका हुन ।
     स्थानीय व्यापारीहरुले भने नगरपालिकाले कुनै पनि जानकारी नदिईकन कर्मचारीलाई मादक पदार्थ खुवाएर नगरपालिकाकै ट्रयाक्टर प्रयोग गरि लुटाहा शैलीमा लाखौको मालसामान उठाएर लानुका साथै व्यापारीहरुलाई समेत अभद्र व्यवहार गरेको उनीहरुद्धारा बुधवार जारी गरेको प्रेस विज्ञप्तीमा जनाईएको छ ।
नगरपालिकाले उठाएर लगेको मालसामान सम्बन्धित व्यापारीहरुले लिखित तथा मौखिक रुपमा फिर्ता माग्न जादाँ समेत नगर अधिकृत खगेन्द्र दाहालले अभद्र व्यवहार गरेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । व्यापारीहरुद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा चोरी शैलीमा लगिएको लाखौको मालसामान नगरपालिकाले जहाँ जाहाँबाट लगेको हो, त्यहि विना जरिवाना फिर्ता गर्नु पर्ने  र सार्वजनिक रुपमा ब्यापारीहरुसंग माफि माग्नु पर्ने जनाएका छन ।
      मालसामान फिर्ता नदिएमा व्यापारीहरुलाई परेको नोक्शानको नगरपालिकाले उचित हर्जना तिर्नु पर्ने माग राखेको छ । नगरपालिकाले २४ घण्टा भित्रमा मालसामान सकुशत विना जरिवाना फिर्ता नगरेमा बिहीवारबाट शान्तिपूर्ण विरोध ¥याली, कोण सभा, अनिश्चितकालिन बजार बन्द सम्मको कार्याक्रम अगाडी सारेको स्थानीय व्यापारी रामचन्द्रप्रसाद गुप्ताले बताए । नगरपालिकाले लुटेको मालसामान उचित क्षतिपूर्ति सहित फिर्ता नगरेमा स्थानीय व्यापारीहरु कडा भन्दा कडा संघर्षमा उत्रिने भन्दै करिब तिन दर्जन स्थानीय व्यापारीहरुको हस्ताक्षरमा संयुक्त प्रेस विज्ञप्ती जारी गरीएको थियो ।
      यता नगरपालिकाले भने बजारमा सडक दुर्घटना बढ्दै गएकाले पैदल यात्रुका लागी निर्माण गरिएको सडक पेटीमा राखिएको पसल हटाउने अभियान चलाइएको नगरपालिकाका नगर अधिकृत खगेन्द्र दाहालले बताए । उद्योग वाणिज्य संघ, राजनितिक दलसंग सल्लाह गरेपछि नै नगरपालिकाले नेपाल प्रहरीको सहयोगमा कारबाही थालेको अधिकृत दाहालको भनाई रहेको छ । 
      बारम्बार स्थानीयबासीको गुनासो आएपछि नगरपालिकाले सडकपेटीमा लगाईएको पसलहरु हटाउन सुरु गरिएको हो, नगरपालिकाको सामाजिक फाँटका गुरुप्रसाद ढकालले बताए । यता स्थानीय व्यापारी ललित साहका अनुसार नगरपालिकाले पूर्वाग्रही भई व्यापारीको मालसामान उठाएको आरोप लगाउदै केही ले भने सडक नाला पार गरेर पिच सडकबाट नै घरको भर्र्याङ् लगाउदा पनि केही नगरेको बताए । तर यस्ता भर्र्याङ्हरु भत्काउनका लागी नगरपालिकाले २४ घण्टे अल्टिमेटम दिई सकेको सो समयमा नभत्काएमा नगरपालिका आफैले भत्काउने योजना रहेको अधिकृत दाहालले भने ।
News by - ईश्वर तामाङ

महिला लघु उद्यमिले उत्पादनको गुणस्तर कायम राखि राख्ने

       गाईघाट (उदयपुर) — आफनो उत्पादनले राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार पाउन सुरु गरेपछि यहा लघु उद्यमी महिलालाई ठूलो चुनौती थपिएको छ । उत्पादनले सानो परिमाणमा भएपनि राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा प्रवेश पाएपछि गुणस्तर कामय राख्न उनीहरुलाई चुनौती थपिएको हो ।
उदयपुरको त्रियुगा नगरपालीका १२ जलजलेकी सुष्समा चौधरी
अगवती बनाउन प्रयोग गरिने सिन्का तयार गर्दै ।

जिल्लाको ग्रामिण क्षेत्रमा उत्पदान हुने वस्तुलाई बजारलाई टिकाई राख्न गुणस्तरमा ख्याला गर्नु पर्ने उद्यामी महिला वताउछन । शहरी तथा उद्यौगीक क्षेत्रमा उत्पादीत वस्तुसंघ प्रतिष्पर्धा गर्नको लागी आफूले उत्पादन गरेको वस्तुको गुणस्तरमा ध्यान दिनु पर्ने उद्यमी महिला रामकुमारी तामाङले वताइन । उनले भनिन “अन्य वस्तुको तुलनामा ग्रामिण क्षेत्रमा उत्पादीत वस्तुको गुणस्तर कम हुन्छ भन्ने मान्यता उपभोक्तामा छ”। त्यसैपनि बजारमा प्रतिष्पर्धा गर्न गुणस्तर कामय राख्नु पर्ने चुनौती थपिएको उनले वताइन ।
जिल्लाको त्रियुगा नगरपालीका लगायत ग्रामिण क्षेत्रमा पर्ने रामपुरठोक्सीला, तपेश्वरी, बसहा, सुन्दरपुर, बेल्टार, हडिया, जोगीदह, साउने , चिलाउने, त्रिवेणी , लेखानी समेत १७ गाविसमा लघु उद्यम कार्यक्रम संचालन भई रहेको छ । दुई बर्षयता लघू उद्यम गर्दै आएका महिला उद्यमीले विभिन्न वस्तुको उत्पादन गरि बजार प्रर्वधन गर्दै आएका छन ।
     सुरुमा आफुमात्रै संलग्न भई संचाल गरेको लघु उद्यमले राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार पाएपछि उत्साहित बनेको महिला उद्यमीले अहिले ठूलो परिमाण विभिन्न बस्तुको उतपादन गर्दै आएका छन । १ सय ७० रुपैयाबाट घरमै उत्पादन सुरु गरेको दालमोठ भूजीयाले अहिले उद्योगको रुप धारण गरेको उद्यमी शोभ दनुवारले वताइन । उनले भनिन “सुरुमा १ सय ७० रुपैया खर्चेर उत्पादन सुरु गरेको थिए ”। तर अहिले आएर सानो सानो उद्योग नै संचालन गर्दै आएको उनले वताइन ।
उदयपुरको लेखानी गाविसकी अम्वीक प्याकुरेलले
सल्लाको पातबाट निर्माण गरेको ढाकी ।
      सुरुमा स्थानीय बजारमा विक्रि हुदै आएको दालमोठ भूजीया अहिले लाहान, राजविरा र जनुकपुरको बजारमा समेत निर्यात हुदै आएको शोभाले वताइन । उनले भनिन “ त्यसैलेपनि अन्य उत्पादनसंग प्रतिस्पर्धा गर्नकालागी गुणस्तर कायम राख्ने चुनौती थपिएको छ”। आफनो उत्पादन सुरुको भन्दा कयौ गुण बढि गुणस्तरीय हुदै गएको समेत शोभाले दावा गरेकी छन ।
     ग्रामिण क्षेत्रमा उत्पादन गरिएपनि अन्य बजारमा पाइने भन्द गुणस्तरीय भएको उज्यालो ढाका कपडा उद्योगकी संचालक खिला मगरले वताइन । उनले भनिन “गुणस्तरीय वस्तुलेमात्रै बजार पाउने भएको ग्रामीण महिलाले उत्पादन गरेको ढाका लगायत अन्य वस्तुको गुणस्तर अन्यको तुलनामा कम हुदैन”। बजारमा प्रतिस्पर्धा गर्नु पर्ने भएकोले पक्कैपनि गुणस्तरीय उत्पादन हुने उनले वताइन ।
      लघु उद्यमीको रुपमा उत्पादन गर्दा र उद्योगकै रुपमा उत्पादन गर्दा गुणस्तर खस्कीने हो कि भन्ने चिन्ता रहेको खिलाले वताइन । “त्यसैले गुणस्तरको चुनौती रहेको छ”खिलाले भनिन । यहा“का ग्रामिण महिला उद्यमीले उत्पादन गरेका सल्लाको पाताको ढाकी, डालो र उपहाका समाग्री, दुना टपरी , अगरवत्ती , दालमोठ भूजीया, ढाका कपडा , अगरबती बनाउन प्रयोग गरिने सिन्का र रेशम राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार बिक्रि हुने गरेको विकास सहजीकरण संजाल उदयपुरका कार्यक्रम सयोजक शिभभक्त मल्लले वताए ।
मल्लका अनुसार अगवती, दुन टपरी र अगबती बनाउने सिन्का मुलुको विराटनगर, धरान, जनकपुर, विरगंज, हेटौडा र कठमाण्डौ र भारतको विभिन्न शहरमा विक्रि हुने गरेको छ । त्यसैगरि ढाका हंकङ्ग, साउदि अरब लगायत केहि बेलायको बजारमा विक्रि हुने गरेको मल्लले वताए ।
महिला उद्यमीको उत्पादनले छोटो समयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार पाएकोले उनीहरुलाई गुाण्स्तरीयताको चुनौती थपीएको मल्लले वताए । गुस्तर कायम राख्न र बजार प्रर्वद्धन गर्न संजालले सहयोग गर्ने भनिएपनि आर्थीक अभावमा काम गर्न नसकिएको मल्लाके गुनासो छ ।
तस्वीर/समाचार - डिल्लीराम खतिवडा