हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

वन कार्यालय उदयपुरका अधिकृतलाई कालो मोसो

उदयपुर, अनियमितता गरेको आरोपमा जिल्ला वन कार्यालय उदयपुरका वन अधिकृत शान्तमुनि ताम्राकारलाई आईतवार आफनै कार्यकक्षमा कालो मोसो दलेका छन ।
       पुर्न गठित नेकपा माओवादी ( मात्रिका ) समुहका कार्यकर्ताले उदयपुरमा वन फडानी गरि अनियमितता गरेको आरोप लगाउदै मबिलको कालो दलेका हुन ।
      दिउँसो साँढे एक बजेतिर सेवा ग्राहीको रुपमा कार्यालय प्रवेश गरेका माओवादीको दुई कार्यकर्ताले आफुहरु भित्र आउनु सक्छौ, भन्दै भित्र प्रवेश गरेर ताम्राकार माथि दुव्यवहार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन ।
     उनीहरुले प्लाटिष्कमा ल्याएको कालो मोसो दलेपछि कार्यालयको पुर्व पटिको झोकाबाट हाम फालेर भागेको वन अधिकृत शान्तमुनि ताम्राकारले बताए । त्यसपछि दुवै जना पुर्व तिर लागेको जानकारी दिए ।
      यता उदयपुरमा वन अधिकृत ताम्राकारले वार्षिक करिब ६ लाख सेप्टी काठ कटान गरि अनियमितता गरेको हुदा चेतावनी स्वारु्प कारबाही गरिएको पुर्न गठित नेकपा माओवादी मात्रीका समुहका जिल्ला सेक्रेटरी सम्बोधनले घटनाको जिम्मेवारी लिदै टेलिफोनमा बताए । 
समाचार सहयोगि - ईश्वर तामाङ

फोटो सौजन्य - बाबुराम भण्डारी


1 Response to "वन कार्यालय उदयपुरका अधिकृतलाई कालो मोसो"

Nepali Youth said...

यस्तालाइ त के को कालो मोसो मात्रै नी, विस्ट कोच्याउनु पर्थ्यो । धन्न मविलले नै चित्त बुझाएछन् कमरेडहरूले । कमरेड , नछोडम् है यस्ता भ्रष्ट खोजी खोजी यस्तै कार्वाही गर्दै जाम । जनतालाइ दुःख पुग्ने बन्द हड्ताल भन्दा यो कार्य निकै सह्रानिय छ ।
धन्यवाद कमरेडहरूलाइ ।