हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

उसिउलीमा ठूलो परिणाममा फर्मेस तेलमा मिसावट


        उदयपुर, असार १३ गते । उदयपुर सिमेन्ट उधोग (लिमिटेड) जलजलेमा किलमा आगो बाल्न प्रयोग गरिने फर्मेश तेलमा ठूलो परिणाममा मिसावट भएको पाइएको छ ।
        भारतको हर्दियाबाट बाट ना ४ ख ३४३९ नम्बरको ट्यांकरमा ल्याईएको एक ट्यांकर (२० हजार लिटर) तेलमा मिसावट पाईएको भण्डार विभागका सहायक खरिदार चुडामणी पोखरेलले बताउनुभयो । पोखरेलले कर्मचारी प्रतिनिधिहरुको रोहबरमा सोमबार विहान परिक्षण गर्दा १५ लिटर तेलमा २ लिटर तेल १३ लीटर पानी फेला परेको बताउनुभयो । “यो अत्यन्तै ठूलो परिणामको मिसावट हो ।” उधोगका मजदुर नेता राधे कोइरालाले भन्नुभयो । “तेल परिक्षण नगरी भण्डारमा खन्याउन लागिएको थियो तर, परिक्षण गर्दा ठूलो परिणाममा मिसावट भएको पाईयो ।” वहाले भन्नुभयो । नेपाल आयल निगम विराटनगरमा समेत चेकजाँच गरी ल्याईएको तेल १५ लिटरको बाल्टीमा तिनपटकसम्म भरेर चेक गर्दा पनि उहि परिणाम भेटिएको वहाले बताउनुभयो । 
         मिसावट भएको तेलसहितको ट्यांकरलाई मजदुरहरुले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ । आवश्यक छानविन तथा कारवाहीको लागि ट्यांकर इलाका प्रहरी कार्यालय जलजलेमा राखिएको छ । प्रहरीले ट्यांकरका चालक टेकबहादुर गिरी, सहचालक काजी पौडेल र तेल किन्नका लागि उद्योगबाट खटिएका भण्डार प्रतिनिधि अधिकृत छैठौ तहका हेमकुमार दाहाल, क्लिङ्कर प्रतिनिधि मेकानिक्स चौथो तहका ब्रम्हप्रसाद गुप्ता र खरिद प्रतिनिधि बरिष्ठ सहायक पाँचौ तहका सरोजकुमार थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
      उधोगले आवश्यक छानविनको लागि इप्रका जलजलेलाई आधिकारिकरुपमा पत्रसमेत लेखिसकेको जनाएको छ । नेपाल आयल निगम विराटनगरलाई पनि बोधार्थ पठाईसकेको छ । 
        उधोगमा विविध सामान खरिदको क्रममा देखिने भ्रष्टचार, मिसावटको घटना यस किसिमले दोहोरिनु कुनै नौलो नभएको मजदुरहरुले बताएका छन् । स्थानीय प्रशासनले उद्योगको सुधारमा ध्यान नदिदा उद्योग प्रशासनको लापरवाहीले यस्ता घटना दोहोरिरहने गरेको उनीहरुको भनाई छ । बेलाबेलामा हुने यस्ता घटनामा उद्योग प्रशासन तथा विभिन्न विभागिय अधिकृतहरुको मिलेमतो हुने गरेको आरोप मजदुर नेताहरुको छ  
      उधोगका निमिक्त महाप्रवन्धक महेश काप्mलेले इण्डियाको हर्दियाबाट ल्याएको उक्त फर्मेश तेल उतै मिसिएको हुनसक्ने बताउनुभयो । आवश्यक कारवाहीको लागि प्रहरीलाई जिम्मा लिइएको वहाले बताउनुभयो । 
यसअघि उधोगमा फर्मेश तेलमा मिसावटका कारण करिब २५ सय किल तेल सर्टेज भएको मजदुर नेता राधे कोइरालाले बताउनुभयो । 
समाचार - भोटराज राई

पत्याउन गाह्रो तर सत्य , खसी गाडा पनि सुनसरीमा


            इनरुवा , चैत १२ गते । हामी तपाईले सुनेको वा देखेको कुरा गोरु गाडा ,रागाँ गाडा,  तथा घोडा र हातीमा मान्छे चढेको कुरा , तर हामी र तपाईलाई पत्याउन गाह्रो लाग्ने कुरा खसीले पनि गाडा तानेको कुरा । सुनसरीमा पहिलो पटक नभएर नेपालमै पहिलो पटक दुई वटा खसिको सहयोगमा खसी गाडा संचालन गर्न सफल भएको छ । विभिन्न जनावरमा मानीस चढ्ने गरेको सवैले हेरेकै , देखेको र सुनेको कुरा भन्दा फरक काम गर्न सफल हुनुभएको छ  ।
          सुनसरीको औरावनी गावीस ५ निवासी नारायण यादव ,  २ वर्ष ८ महिनाको उमेर भएको दुईवटा खसिको सहयोगमा खसी गाडा संचालन गर्न सफल हुनुभएको हो  । रिक्साको दुई वटा टायर जडान गरी जनावरलाई जोत्ने गाडी वा टाँगामा जोत्ने जस्तैं यादवले खसी गाडा संचालन गर्न सफल हुनुभएको छ । देशमा विज्ञान र प्रविधिको क्षेत्रमा विकास भईरहेको समयमा खसीको क्षमताको विषयमा अनुसन्धान गर्न खसिको गाडी वनाएको यादव वताउनुहुन्छ । यादवले खसीलाई भारी वोक्न सक्ने वा नसक्ने विषयमा गोरु जस्तै गाडा सिकाउनु अगाडी केराको थम्वामा सिकाएर नयाँ गाडाको आविष्कार गरी खसी गाडाको विकास गरेर आश्चर्य जनक कार्य गर्न समेत सफल भई आश्चर्यलाई सहज वनाउनुभएको छ ।  
         
सुनसरीको औराबनी ५ आफनै घरवाट दुहवी सम्म ७ किलो मिटरसम्म यात्रा गर्ने
 क्रममा सफल हुनुभएको नारायण यादव ।
      देशको विभिन्न भागको भ्रमण गर्दा नदेखीएको तर १४ वर्षको उमेरमा वावुले केही गरी नाम कमाउनु र समाजमा उदाहरणीय वन्नु भएकाले सोही प्रेरणामा खसी गाडा वनाएको र सफल परिक्षण समेत गरेको यादवको भनाई रहेको छ ।  हाल सुनसरीको औराबनी ५ आफनै घरवाट दुहवी सम्म ७ किलो मिटरसम्म यात्रा गर्न सफल हुनुभएको यादवले इनरुवा , इटहरी , धरान सम्म पुरयाउने योजनामा रहेको वताउनुभयो । सप्तरीमा जन्मिनु भएका ६० वर्षिय यादवमा नयाँ कुराको आविस्कार र खोजको उत्सुकता रहेको र निकट भविष्यमा कुकुर गाडा संचालनमा ल्याउने योजनामा हुनुहुन्छ । यादवले चैत्तको पहिलो सातावाट खसिको गाडी संफल रुपमा संचालनमा ल्याउनुभएको थियो ।
           
     अरुले अफनो कृतिमानी कायम गर्न विभिन्न काम तथा उपायहरु अपनाउने जस्तैं यादवले आफनो नाम चर्चामा ल्याउन यस्तो काम गरेको पत्रकार तुलसी यादव वताउनुहुन्छ । आश्चर्यको कुरा के भने गाडी  र चालक गरी दुवैको तौल १३० केजि हुन्छ  तर दुई खसिको तौल ९०  केजि मात्रै रहेको छ । यहाँ दैनीक जसो खसी गाडा हेर्न  यादवको घरमा भिड लाग्ने गरेको छ । यसरी पत्याउन गाह्रो तर सत्य भएको कुरा सुनसरीमा खसी गाडा पनि संचालन गर्न एक कृषक सफल भएकाले सुनसरीवासी खुसी छन् ।
समाचार \ तस्विर -  जयकृष्ण यादव,  इनरुवा 

एक दलित युवकलाई डेढ महिनादेखि खोरमा

बेल्टार(उदयपुर) — मानसिक सन्तुलन गुमाएका जमासिंह अधिकारीलाई डेढदशकदेखि खोरमा थुनेको देखेर बेल्टार — ९ माडिवास भित्तेका एक दलित युवकलाईपनि उनको परिवारले डेढ महिना यता सुगुर जस्तै खोरमा थुनेका छन ।
           ९ बर्षयता मानसिक सन्तुलन गुमाएपछि उपचार गर्न नसक्दा पदमबहादुर परियारले २० बर्षीय छोरा झुमन परियारलाई डेढ महिना देखि खोरमा थुनेका हुन । सिद्धिपुर —४ वाइतुङका ३६ बर्षीय अधिकारीलाई उपचार गर्न नसक्दा उनको परिवारले डेढ दशक सुगुर जस्तै खोर  थुनेका थिए । त्यस्तै आफूलेपनि उपचार गर्न नसकेकोले छोरालाई थुन्नु परेको झुमनका बुवा पदमबहादुरले वताए । उनले भने “उपचार गर्न नसक्दा जमानसिंहलाई खोरमा थुनेको भन्ने सुनेर हेर्न गए” । जमानसिंहलाई हेरेपछि खोरमा थुन्नु पर्ने रहेछ भन्दै आएर खोर बनाएका छोरालाई थुनेको उनले वताए ।

मानसिक सन्तुलन गुमाएपछि उपचार गर्न नसक्दा डेढ महिनादेखि खोरमा थुनिएका उदयपुरको बेल्टार — ९ का २० बर्षीय झुमन परियार ।

        ११ बर्ष उमेर हुदा“देखि मानसिक सन्तुलन गुमाएका झुमनले स्थानीय सर्वसाधरणलाई कुटपिट गर्ने, तोडफोड गर्ने र आफनै परिवारका सदस्यलाई कुटपिट गर्ने गरेको पदमबहादुरले वताए । परिवारका सदस्यालाईमात्रै होइन छिमेकीलाई समेत कुटपिट गर्न सुरु गरेपछि मारिदेला भनेर थुनेको उलने भने “औषधि उपचार गर्न आर्थीक अभाव छ” । त्यसैलेपनि विकल्पमा थुनेर राखेको उनले वताए । झुमनलाई १३ दिन धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार गरिएको थियो ।
         तर आर्थीक अभावमा थप उपचार गर्न नसकिएको उनकी आमा धनकुमारी परियारले वताइन । उनले भनिन“मानसिक सन्तुलन गुमाएपछि आर्थीक अभावमा उपचार गर्न सकिएन” त्यसैले इलाका प्रहरी कार्यालयलाई बेल्टारलाई जानकारी गराए खोरमा थुनिएको उनले वताइन । दैनिक ज्याला मजदुरी गरेर गुजार गर्नु पर्ने र छोरालाई रुगेर बस्न नसक्दा परियार दम्पतीले छोरालाई थुन्न बाध्य भएको वताए ।
      चार छोरा मध्ये जेठो छोराको सानै उमेर मृत्यु भएको झुमनकी आमा धनकुमारीले वताइन । झुमन माइलो छोरा हो उनले भनिन “जेठोको मृत्युपछि सवैभन्दा जेठो झुमनपनि मानसिक सन्तुलन गुमाएपछि विचल्लीमा परीयो”। ७/८ कठ्ठा जग्गामा गुजारा गर्नु पर्ने बाध्यता र उपचार गर्न आर्थीक अभावमा समस्या भएको उनले वताइन ।
         झुमनलाई सुरुका ३ महिना बाधेर घरमै राखिएको र बाधेर राख्नपनि नसक्दा घर भन्दा करिब २ सय मिटरको दुरीमा खोर बनाएर राखिएको पदमबहादुरले वताए । खोर बनाउन समेत आर्थीक अभाव भएपछि छिमेकीको सहयोगमा खोर बनाएको उनले वताए । खोर बनाउन स्थानीयल श्रमदान गरेपनि १ हजार ५ सय रुपैया खर्चेको पदमबहादुरले वताए । उनले भने “खोर बनाउदा“को १ हजार ५ सय रुपैयापनि ऋण लागेको छ” । झुमनलाई सुगुर थुन्ने खोज जस्तै चारै तिर काठले घेरेको खोरमा थुनिएको छ । 
समाचार / तस्वीर — डिल्लीराम खतिवडा

खोरबाट मुक्त भए जमानसिंह

     वाइतुङ(उदयपुर) — डेढ दशकयता सुगुर जस्तै खोरमा थुनिएका सिद्धिपुर —४ वाइतुङका ३६ बर्षीय जमानसिंह अधिकारी दुई दिनयता मुक्त भएका छन । राजधानी काठमाण्डौ स्थित एक सामाजीक संस्थाले उपचारकालागी उद्धार गरेपछि सोमबार उनी खोरबाट मुक्त भएका हुन । मेरीनोल नेपाल, आशा दिपका दुई उद्धारकर्मीले  अधिकारीलाई खोरबाट उद्धार गरेका छन । 
मानसिक सन्तुलन गुमाएपछि उपचार गर्न नसक्दा डेढ दशकदेखि खोरमा थुनिएका उदयपुरको सिद्धिपुर- ४
जमानसिंह थापालाई खोरबाट बाहिर निकाल्दै मेरीनोल नेपाल÷आशा दिपका समाजीक कार्यकर्ता रमेश बजगाई र मोती नेपाली । उनलाई खोरबाट मुक्त गरि निशुल्क उपचार गरी सुधारगृहमा राख्न  काठमाण्डौ लगीएको छ ।

     मानसिक सन्तुलन गुमाएपछि आर्थीक अभावमा उपचार गर्न नसक्दा उनलाई परिवारकै सदस्यले डेढ दशकदेखि सुगुर जस्तै खोरमा थुनेर राखेका थिए । आशा दिपका रमेर बजगाई र मोती चौधरीले अधिकारीलाई थुनेको खोर भत्काएर उनलाई बाहिर निकालेका हुन । अधिकारीलाई उपचार गर्नकालागी उद्धार गरिएको बजगाई र चौधरीले वताए । उनीहरुले भने “अधिकारलाई काठमाण्डौ लगेर उपचार गरिन्छ”। आर्थीक अभावमा उपचार गर्न नसक्दा थुनेर राख्नु पर्ने परिवारको बाध्यतालाई बुझेरै अधिकारीको उद्धार गरिएको उनीहरु ले वताए । आफनो संस्थाले स्थापनाकालमा मानसिक सन्तुलन गुमाएका सर्वसाधरणलाई जेलमा थुनेको देखेर उद्धार गर्ने काम सुरु गरेको बजगाईले वताए ।
        उनले भने “ अधिकारीलाईपनि जेलमा नभएपनि परिवारले बनाएको खोरमा थुनेकोले उद्धार गरिएको हो”।  माजीक दृष्टिले समेत थुन्ना गर्न नपाईने अहिलेको अवस्थामा अधिकारीले १५ बर्षसम्म खोरमा थुनिनु परेको उनले वताए । अधिकारीलाई निशुल्क उपचार संगै सन्चो नहुन्जेल संस्थाकै सुधार गृहमा राखीने बजगाईले वताए । २१ बर्षको उमेरमा मानसिक सन्तुल गुमाएका अधिकारीलाई ३ बर्ष घर भित्रै बाधेर र बाकी अवधि काठले बनाइएको खोरमा थुनिएको थियो । 
      आर्थीक अभावमा उपचार गराउन नसक्दा छोरालाई थुनेर राख्नु पर्ने बाध्यता भएको उनकी आमा रनमाया अधिकारीले वताउदै आएकी छन । उनी भन्छिन, “मानसिक रोगीलाई थुन्नु हुदैन भन्ने थाहा थिएन”। त्यसैंलेपनि थुनेर राखेका उनले वताइन । दुई छोराका पिता समेत भएका अधिकारी बिचमा केहि समय ठिक भएका थिए । तर फेरी मानसिक सन्तुलन गुमाएपछि थुनिएको हो । थापाका १५ बर्षीय जेठो छोरा धनबहादुर अहिले एसएलसीको तयारी गर्दैछन । १३ बर्षीय कान्छो युवराज ५ कक्षामा  पढछन । 

        सुगुर थुन्ने खोज जस्तै चारै तिर काठले घेरेको खोरमाबाट बाहिरीदा अधिकारी मुसुक हासेका थिए । सुत्न वा पलेटि कसेर टुक्रुक बस्नु भन्द अन्य विकल्प नहुदा अधिकारीको कुजीएर बस्न बाध्य भएका थिए । त्यसैले पनि खोरबाट निस्कन पाउदा मुस्कुराएको हुन सक्ने स्थानीयले वताए । छोरोको निशुल्क उपचार हुने भएपछि मानसिक सन्तुल ठिक हुने उनका पिता बलबहादुरले वताए । उनले भने “उपचार गर्न खर्च अभाव भएकै कारण खोरमा थुनियो, आजकै दिनदेखि खोर भत्काउने छु” । सामन्य लेखपढ गर्न जान्ने थापा मानसिक सन्तुलन गुमानुभन्दा पहिले रामायण, महाभारत, कृष्णचरित्र जस्ता धार्मीक पुस्तक पढने गरेको पिता बलबहादुरले वताए ।
समाचार / तस्वीर — डिल्लीराम खतिवडा

एक दशकभन्दा बढि समयदेखि खोरमा

     वाइतुङ (उदयपुर) — एक दशकभन्द बढि समय यता यहा स्थित सिद्धिपुर - ४ वाइतुङका एक युवकलाई खोर सुगुर थुन्ने जस्तै) मा पशु जस्तैगरि थुनिएको छ । मानसिक सन्तुलन गुमाएपछि आर्थीक अभावमा उपचार गर्न नसक्दा ती युवकलाई खोरमा थुनिएको हो ।
      मानसिक सन्तुल गुमाएपछि उपचार गर्ने हैषियत नहुदा“ ३६ बर्षीय जमानसिंह अधिकारीलाई करिब १३ बर्षयता घर भन्दा ३ सय मिटर पर बनाइएको खोरमा थुनीएको स्थानीयले वताए । २१ बर्षको उमेरमा मानसिक सन्तुल गुमाएका थापालाई ३ बर्ष घर भित्रै बाधेर थुनिएको उनकी आमा रनमाया अधिकारीले वताइन । उनले भनिन “पहिले पहिले घरमा बाधेर थुनियो, तर घर भित्र संम्भव नभएपछि १० बर्षयता घर भन्दा बाहिर खोर बनाएर थुनेर राखेका छौ”। छोडदियो भने जथाभावी गर्ने गरेकोले थुन्नु परपेको उनले वताइन ।
      दुई छोराका पिता समेत भएका थापा बिचमा केहि समय ठिक भएका थिए । तर फेरी मानसिक सन्तुलन गुमाएपछि थुनिएको रनमायाले वताइन । एक पटक त उपचार गर्न पाटन अस्पताल पु¥याइयो उलने भनिन “तर त्यहा“पनि पुरै समय राख्न सकिएन”। आर्थीक अभावले अस्पतालको खर्च समेत तिर्न नसक्दा अस्पतालले घर लैजानु भन्यो उलने गुनासो गरिन । “पैसा भएको भए उपचार हुन्थ्यो होला, तर उपचार नभएकोले खोरमा थुन्नु परेको छ” रनमायाले भनिन । थापाका १५ बर्षीय जेठो छोरा धनबहादुर अहिले एसएलसीको तयारी गर्दैछन । १३ बर्षीय कान्छो युवराज ५ कक्षामा पढछन । 
मानसिक सन्तुलन गुमाएपछि आर्थीक अभावमा उपचार गर्न नसकेपछि
दशक यता खोरमा थुनेर राखिएको उदयपुरको सिद्धिपुर -४ वाइतु ३६ बर्षीया
जमानसिंह अधिकारी
       सुगुर थुन्ने खोज जस्तै चारै तिर काठले घेरेको खोरमा थापालाई थुनिएको छ । उनि उठन चाहे भनेपनि ठाडो भएर उठन सक्दैनन । सुत्न वा पलेटि कसेर टुक्रुक बस्नु भन्द अन्य थापाको विकल्प छेन । दिसा पिसावपनि खोर भित्रै गर्छ आमा रनमायाले भनिन “थुनेकै ठाउमा गरेको दिसापिसाव तल झरेपछि सफा गनेर्  गरेकी छु”। कहिले कहि त भिनै गर्दिछन रनमायाले वताइन । उसलाई आवश्यक पर्ने खाना र पानी खोर भित्रै लगेर राखि दिन्छु मन लागे खान्छ , नलागे खादैन आमा रनमायाले वताईन ।
      घामपानी जस्तोसुकै अवस्थामापनि थापालाई खोर बाहिर ननिकालेको उनका भाई भिमबहादुर अधिकारीले वताए । झण्डै एक दशकदेखि दशै तिहार जस्ता पर्व बाहेक खोर बाहिर निकालीएको छैन उनले भने “बाहिर निकाले र के गर्नु जाथाभावी गर्दिछ, गाउ“लेको विगार गर्यो भने गाली गर्छन, त्यसैले थुनेरै राखेका छौ”। थुनुको विकल्प केहि नभएकोले बाध्य भएर थुनेर राखेको उनले वताए । थापाकी पत्नी लक्ष्मी उनले मानसिक सन्तुल गुमाएपछि अर्कैसंग विवाह गरेर गएको स्थानीयले वताए । पतीको अवस्था नाजुक बन्दै गएपछि लक्ष्मीले छोडेर अर्केसंग गएको उनका पिता बलबहादुरले वताए । उनले भने “उपचार गर्न खर्च अभाव भयो, घरमा खान लाउन समस्या थियो, छोराहरुलाई पढाउनकालागी ज्याला मजदुरी गर्नु पर्ने बाध्यता थियो, त्यसैले बुहरीले छोडेर अन्यत्रै गईन”। थुनेर राखेको छोराको दिसापिसाव सफा गर्न झन्झट भएकैले होला उनी अन्यत्रै हिडेकी उनले गुनासो गरे ।
     सामन्य लेखपढ गर्न जान्ने थापा मासिक सन्तुलन गुमानुभन्दा पहिले रामायण, महाभारत, कृष्णचरित्र जस्ता धार्मीक पुस्तक पढथे रे । राम्रोसंग किताव पढन जान्ने उनले धेरै धामीक पुस्तकको अध्यायन गरेको स्थानीयले वताए । तर उनले मानसिक सन्तुल गुमाएपछि उनका दुई छोरालाई पढाउन समेत समस्या भएको स्थानीयले वताए ।
समाचार / तस्वीर -  डिल्लीराम खतिवडा

काठ तस्कर र वन रक्षक बीच दोहोरो झडप


    उदयपुरको चुरीया क्षेत्रमा वन गस्ती र काठ तस्करहरु बीच सनिवार दोहोरो झडप  भएको छ । मुलखोला सामुदायिक वन उपभोक्ता समुहको सिमानामा पर्ने राष्ट्रिय वन क्षेत्रमा व्यापक रुपमा हरियो सखुवाको रुख कटान भएको जानकारी पाएपछि गएको वन गस्ती टोली लक्षित गरी काठ तस्करहरुले आक्रमण गरेपछि प्रति रक्षाका लागी वन गस्तीले ६ राउण्ड गोली चलाएको जनाएका छन ।
     काठ तस्करहरु राजनितिक संक्रमणको फाईदा उठाउँदै जंगलमा घुर्ति आरामिल संचालन गर्दै आएको छ । यसरी जिल्लाको करिब एक हजार वर्ग मिटरमा फैलिएको राष्ट्रिय वन क्षेत्रमा वन तस्करहरुले तस्करी गरि राखेको छ । हडिया क्षेत्रको चुरिया जंगलमा मात्र करिब ५ सय हल आरावालहरु दैनिक रुपमा काठ  चिरी रहेको स्थानीय उपभोक्ताहरुले बताएका छन । त्यहाँ चिरेको सालको फलाहरु सप्तरीको महुली हुदै भारत तीर निकासी गर्ने गरेको जानकारी स्थानीयबासीले दिएको छ। सो बाटो हुदै निकासी गर्ने गरेको काठको फला बापत ईलाका प्रहरी कार्यालय महुली र ईलाका वन कार्यालय महुलीलाई प्रति व्यक्ति २ सय रुपैयाका दरले दिएका कुनै रोकतोक बिना नै लान पाउने गरेको निकासीमा समलग्न रहेको एक व्यक्तिले जानकारी दिए । चुरीया क्षेत्रमा दैनिक रुपमा सैयौ काठ तस्करहरुले केही महिनादेखि त्यहाँ नै अस्थायी रुपमा डेरा बनाएर काठ चिरान गरि राखेको वन कर्मचारीको भनाई रहेको छ ।
      अत्याधुनिक हतियार सहित काठ तस्करहरु जंगलमा बस्ने गरेकाले पनि वन गस्ती गर्न जान समस्यामा परेको वन रक्षकहरुको भनाई रहेको छ । सरकारले वनलाई उपलव्ध गराएको हतियार थ्रि नट थ्रि राईफल पनि थ्रोत्रे रहेको त्यसमा पनि ४ थान मात्र भएको २ थान हतियार नपडकने अवस्थामा रहेको जिल्ला वन कार्यालय उदयपुरले जनाएको छ ।
     जिल्लाको दर्जनौ स्थानमा एसएलआर हतियार बोकेर काठ तस्करहरु बसेकाले पनि नियन्त्रण गर्न चुनौती बढीको र जनशक्ति हतियार नभएको जिल्ला वन कार्यालय उदयपुरका रेन्जर ललन मण्डलले जानकारी दिए । दोहोरो झडप भएको हडिया क्षेत्रमा मात्र करिब २ सय भन्दा बढी हरियो सखुवाको रुखहरु कटान भई रहेको वन कार्यालय उदयपुरले जनाएको छ । त्यहाँ भनिए भन्दा पनि बढी हुने भएकाले संख्या घटबड हुन सक्ने कार्यालयको भनाई रहेको छ। त्यहाँ ३ सय भन्दा बढीको संख्यामा रहेको काठ तस्करहरु मध्ये वन कर्मचारीहरुले ९ जनालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ परेकाहरुले फला बनाएको काठ सप्तरी हुदै भारततीर निकासी गर्ने गरेको बयानमा बताएका छन । घटनास्थलमा सदरमुकामबाट हतियार बिनाको टोली जान नसक्ने भएकाले पनि को ही जान नसकेको हो । 
     पत्रकारहरुको टोलीलाई सुरक्षा दिन नसक्ने भएकाले पनि  नआउन स्थानीयबासीले जानकारी दिइएको छ । स्थानीयबासी र हतियार सहितको एक सय जना भन्दा बढीको संख्यामा गएका गस्ती टोलीले केही घरेलु हतियार सहित ९ जनालाई पक्राउ गर्न सफल भएको छ । यसरी पक्राउ पर्नेमा सप्तरीको जन्डोल परासनी गाविसका गजन सदा, जानकी राम, मोहमद ईराईल, मोहमद कसनील, मोहमद नसुरा, नरुवा महमद, बसन्त सरदार, मोहमद दुरी, राजन सदा रहेको छ । सहायक वन अधिकृत संतोषकुमार चौधरीको नेतृत्वमा गएको गस्ती टोलीले  पक्राउ गरेको थियो । अन्य काठ तस्करहरु भने केही पर भागेपनि पक्राउ गर्न भने  नसकेको जानकारी दिए । 
    पुरानो हतियारका कारण र जनशक्ति अभावले गर्दा काठ तस्करी नियन्त्रण गर्न नसकेको वन कार्यालयको भनाई रहेको छ । जंगलमा गस्ती जादा भरै घर फर्किन छ कि छैन भन्ने जोखिम रहेको वन रक्षकहरुको भनाई रहेको छ । किन भने थोत्रो हतियार नपडकने भएकाले पनि काठ तस्करहरुसंग अत्यधुनिक हतियार भएकाले कुनै पनि बेला ज्यान जान सक्ने भएकाले जोखिम बढेर गएको उनीहरुको कथन रहेको छ ।
समाचार - ईश्वर तामाङ

लोक सेवा आयोगको तयारी कक्षा सुरु


     उदयपुर, २३ माघ नेपाल निजामति कर्मचारी युनियन उदयपुरले पहिलो पल्ट जिल्लामा लोक सेवा आयोगको तयारी कक्षा आईतवारदेखि संञ्चालन गरेको छ । लोक सेवा आयोगले लिन लागेको नयाँ कोष अन्तगर्तको परिक्षाका लागी युनियनले सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकाको सभाहलमा डेढ महिने कक्षा संञ्चालन गरेका हुन । युवा पुस्ताहरुको लोक सेवा आयोगमा आकर्षण बढ्दै गएकाले आयोगले लिईने खरिदार तहको परिक्षाका  लागी तयारी कक्षा सञ्चालन गरेको युनियनका अध्यक्ष मानबहादुर वनको भनाई रहेको छ ।
     तयारी कक्षामा १३ महिला र २७ पुरुष गरि ४० जनाको सहभागीता रहेको छ, सहभागीहरुलाई दैनिक डेढ घण्टाका दरले अधिकृतहरु चुडामणि भट्टराई, युवराज पोखरेल, खगेन्द्र दाहाल, तीर्थ राई, लक्ष्मी पौडेल र टेकनाथ दाहालले प्रशिक्षण दिईने जनाएका छन । त्यसैगरी यस वर्षबाट आयोगले नयाँ कोष अन्तर्गत विज्ञान र गणित विषय पनि समावेश गरिएकाले विज्ञान र गणितका लागी त्रियुगा उच्च माध्यामिकका शिक्षकद्धय देवनारायण चौधरी र नोगेश्वरप्रसाद साहले प्रशिक्षण लिई रहेको तालिम संयोजनक चुडामणि भट्टराईले जानकारी दिए ।
      सो तयारी कक्षाको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी कुमार श्रेष्ठले नयाँ कोषमा आधारित भएर कक्षा संञ्चालन गरिएकाले आयोग दिन चाहने विधार्थीहरुलाई निजामति क्षेत्रमा प्रवेश गर्न सजिलो हुने बताउदै मिहनेतका साथ कक्षा लिएर सहभागी सबैले आयोग पास गर्न सफता मिलोस भनी शुभकामना दिएका थिए । नयाँ कोषमा व्यवस्था गरेको अनुसार जुन अंचलबाट लोकसेवा दिएको हो, त्यहि अंचलमा १० वर्ष सम्म सेवा गर्नु पर्ने व्यवस्था गरेकोले पनि पहिला आफु कहाँ बस्ने भनेर फारम भर्न प्रजिअ श्रेष्ठको अनुरोध थियो । कार्यक्रमको सभापतित्व निजामति कर्मचारी युनियनका अध्यक्ष मानबहादुर वनले गरेको थियो । तयारी कक्षा लिन प्रति विधार्थी २ हजार का दरले शुल्क लिएको उनको भनाई रहेको थियो । 
समाचार - ईश्वर तामाङ

बँदेल सिकारी र वन कार्यालय गस्ती टोलीको भिडन्त


      उदयपुर, २० माघ/ जिल्ला वन कार्यालय उदयपुरको गस्ती टोलीले चुरिया क्षेत्रको जोगिदह गाविस– ८ कंकखोलाको मुहान लबनीयामा बन्य जन्तु सिकार गरेको अवस्थामा सिकारीहरुसंग जम्का भेट हुदा बुधवार चार राउण्ड गोली चलेको छ ।
       वन गस्ती टोलीले अवैध रुपमा चोरी सिकारी गरि मारेका बँदेलका ५० किलो मासु समेत बराबद गरिएको गस्ती टोलीले जनाएको छ । गोली चलेपछि बन्दुक सहित सिकारीहरु भने भाग्न सफल भएको गस्तीका टोली प्रमुख सहायक वन अधिकृत ललन मण्डलले जानकारी दिए । बीच जंगलमा दुई नाल भरुवा बन्दुक सहित ६/७ जनाको समुहमा रहेको सिकारीहरु बँदेलको मासु र पाकेको भात छाडेर प्रतिरक्षाका लागी एक राउण्ड बन्दुक पड्काएर भागेको वन कर्मचारीले बताए ।
      चुरिया क्षेत्रमा हुने काठ तस्कर नियन्यत्र गर्नका लागी गएका गस्ती टोली त्यहाँ पुगेपछि रगतको टाटा देखेर त्यसलाई पछयाउदै जाने क्रममा चोरी सिकारीले बँदेल मारेको भेटिएका हुन । खोला किनारामा भात पकाएर उनीहरुले त्यहाँ बन्य जन्तुको चोरी सिकारी गर्दै आएको गोठालाहरुले समेत वन कर्मचारीलाई जानकारी दिएको अधिकृत मण्डलले बताए ।
      वन कर्मचारीले प्रयोग गर्ने थ्रि नट थ्रि राईफल नपड्कीएर झण्डै सिकारीले हानेको बन्दुकबाट घाईते भएको अधिकृत मण्डलले गुनासो गरे । बन्दुकको अवस्थाको बारेमा विभागलाई जानकारी गराउदा समेत सुनुवाई नभएको गुनासो गर्दै जोखिम पूर्ण अवस्थामा जंगल गस्तीमा निस्कनु पर्ने उनले बताए । सिकारीको खोजी कार्य भई रहेको जिल्ला वन कार्यालय उदयपुरले दिएका छन, भने बरामद गरिएको बँदेलको मासु विहिवार कार्यालयले लिलाम विक्रि गरेको निमित जिल्ला वन अधिकृत राकेश कर्णले बताए ।
समचार - ईश्वर तामाङ

पुर्वाधार बिना पर्यटन बर्ष असफल हुने सम्भावना


         रौतापोखरी(उदयपुर) — पुर्वाधारको विकास र प्रवद्र्धन नहुदा यहाका लागी भने पर्यटन बर्ष सन् २०११ उद्घाटन र समापनमामात्रै सिमित हुने निश्चित छ । पर्यटन बर्ष भित्रिएपनि आन्तरिक र बाह्य पर्यटक भित्र्याउने ठोस कार्यक्रम नहुदा उद्घाट र समापनमै सिमित हुने निश्चत भएको हो । 
रौता पोखरी 
       पर्यटन बर्ष शुरुवात भईसक्दा सम्भाव्य पर्यटन क्षेत्रको खोजी समेत नभएको स्थानीयले वताए । जिल्ला भित्रका पर्यटन क्षेत्रको पुर्वाधार सुधारको काम समेत अलपत्र बनेको रौताका गंगा मगरले वताए । उनले भने “जिल्लालाई ऐतिहाँसिक स्थल र धार्मिक एवंम् साँस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्दै पर्यटकीय पुर्वाधार विकास गर्न सकिने प्रचुर सम्भावना रहेको छ । तर पर्यटकीय क्षेत्रहरुको पहिचान र प्राथमिकिकरण नै हुन नसक्दा पर्यटन बर्ष त्यतिकै बित्ने हो कि भन्ने चिन्ता बढदै गएको उनले वताए । 
      पर्यटनका लागि संगसंगै भन्ने नारा लिएर शुरु भएको पर्यटन बर्षमा देशभर १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य राखिएको छ । तर पर्यटन प्रवद्र्धनको बिषय जिल्लाको विकासे ऐजेण्डा बन्न नसक्दा सम्भाव्यता बोकेका क्षेत्रमा भने पर्यटन बर्षबारे जानकारी समेत पुग्न नसकेको चौडण्डी - ३ कटहरेका श्याम कार्कीले वताए । उलने भने “ सामरीक दृष्टिकोण महत्वपूर्ण मानिएको चौडण्डीगढी पर्यटक आर्कषण गर्ने राम्रो गन्तव्य हुन सक्छ”। सेन वशं राजले राज्य गरेका इतिहासीक चौडण्डीगढी भौगोलीक दृष्टिले समेत आकार्षण केन्द्र भएको उनले वताए । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन भएको जिल्लास्तरीय पर्यटन बर्ष समन्वय समितिले पर्यटन बर्ष सफल बनाउन जिल्लाको श्रव्यदृष्य निर्माण र प्रचारप्रसार, नेवा महोत्सव, चौदण्डी गढि महोत्सव, किरा“त साँस्कृतिक महोत्सव, त्रिवेणी महोत्सव जस्ता प्रचारात्मक कार्यक्रम तय गरेको  छ । तर कागतमात्रै सिमिति रहेको पर्यट क्षेत्रसंग सम्वन्धित सरोकावलाले गुनासो गरेका छन ।  
श्रमिक पार्क 
       सामान्य घुमघाम र पिकनिक स्थलका रुपमा सिमित बनेका तर बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेका रौता पोखरी, ताप्ली पोखरी, चौदण्डी गढि, उदयपुर गढि, टंकेला गुफा, पताले छागो, श्रमिक पार्क जस्ता पर्यटकीय क्षेत्रको पुर्वाधार विकासको काम खासै नभएको स्थानीयले वताए । पर्यटनको सम्भावना बोकेका स्थानको संरक्षणमा खासै काम भएको छैन बेल्टार गाविसका पूवअध्यक्ष राजेन्द्र कटुवालले वताए । उनले भने “पर्यटकीय क्षेत्रको पुर्वधार विकासको काम अहिलेपनि कछुवा कै गतिमा छ ”। पर्यटन बर्ष सफल बनाउने जिल्लाका पर्यटकीय क्षेत्रको  पूर्वाधार विकास तदारुकताका साथ हुनुपर्ने उनले वताए । 
      केहि पयर्टकीय क्षेत्रमा स्थानीय स्तरको पर्यटन समन्वय समिति गठन गर्ने थप कार्यक्रम रहेपनि त्यसले पर्यटन बर्षभित्र ठोस उपलब्धि प्राप्त हुन्छ कि हुदैन भन्नेमा शंका बढेको छ । तर अन्यत्र झैं जिल्लामापनि पर्यटन बर्षको भव्य उद्घाटन भईसकेको सरोकालवालाले वताए । 
समाचार - डिल्लीराम खतिवडा 
तस्बिर - भुवन राउत