उदयपुरको त्रियुगा नगरपालीका १२ जलजलेकी सुष्समा चौधरी अगवती बनाउन प्रयोग गरिने सिन्का तयार गर्दै । |
जिल्लाको ग्रामिण क्षेत्रमा उत्पदान हुने वस्तुलाई बजारलाई टिकाई राख्न गुणस्तरमा ख्याला गर्नु पर्ने उद्यामी महिला वताउछन । शहरी तथा उद्यौगीक क्षेत्रमा उत्पादीत वस्तुसंघ प्रतिष्पर्धा गर्नको लागी आफूले उत्पादन गरेको वस्तुको गुणस्तरमा ध्यान दिनु पर्ने उद्यमी महिला रामकुमारी तामाङले वताइन । उनले भनिन “अन्य वस्तुको तुलनामा ग्रामिण क्षेत्रमा उत्पादीत वस्तुको गुणस्तर कम हुन्छ भन्ने मान्यता उपभोक्तामा छ”। त्यसैपनि बजारमा प्रतिष्पर्धा गर्न गुणस्तर कामय राख्नु पर्ने चुनौती थपिएको उनले वताइन ।
जिल्लाको त्रियुगा नगरपालीका लगायत ग्रामिण क्षेत्रमा पर्ने रामपुरठोक्सीला, तपेश्वरी, बसहा, सुन्दरपुर, बेल्टार, हडिया, जोगीदह, साउने , चिलाउने, त्रिवेणी , लेखानी समेत १७ गाविसमा लघु उद्यम कार्यक्रम संचालन भई रहेको छ । दुई बर्षयता लघू उद्यम गर्दै आएका महिला उद्यमीले विभिन्न वस्तुको उत्पादन गरि बजार प्रर्वधन गर्दै आएका छन ।
सुरुमा आफुमात्रै संलग्न भई संचाल गरेको लघु उद्यमले राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार पाएपछि उत्साहित बनेको महिला उद्यमीले अहिले ठूलो परिमाण विभिन्न बस्तुको उतपादन गर्दै आएका छन । १ सय ७० रुपैयाबाट घरमै उत्पादन सुरु गरेको दालमोठ भूजीयाले अहिले उद्योगको रुप धारण गरेको उद्यमी शोभ दनुवारले वताइन । उनले भनिन “सुरुमा १ सय ७० रुपैया खर्चेर उत्पादन सुरु गरेको थिए ”। तर अहिले आएर सानो सानो उद्योग नै संचालन गर्दै आएको उनले वताइन ।
| उदयपुरको लेखानी गाविसकी अम्वीक प्याकुरेलले सल्लाको पातबाट निर्माण गरेको ढाकी । |
ग्रामिण क्षेत्रमा उत्पादन गरिएपनि अन्य बजारमा पाइने भन्द गुणस्तरीय भएको उज्यालो ढाका कपडा उद्योगकी संचालक खिला मगरले वताइन । उनले भनिन “गुणस्तरीय वस्तुलेमात्रै बजार पाउने भएको ग्रामीण महिलाले उत्पादन गरेको ढाका लगायत अन्य वस्तुको गुणस्तर अन्यको तुलनामा कम हुदैन”। बजारमा प्रतिस्पर्धा गर्नु पर्ने भएकोले पक्कैपनि गुणस्तरीय उत्पादन हुने उनले वताइन ।
लघु उद्यमीको रुपमा उत्पादन गर्दा र उद्योगकै रुपमा उत्पादन गर्दा गुणस्तर खस्कीने हो कि भन्ने चिन्ता रहेको खिलाले वताइन । “त्यसैले गुणस्तरको चुनौती रहेको छ”खिलाले भनिन । यहा“का ग्रामिण महिला उद्यमीले उत्पादन गरेका सल्लाको पाताको ढाकी, डालो र उपहाका समाग्री, दुना टपरी , अगरवत्ती , दालमोठ भूजीया, ढाका कपडा , अगरबती बनाउन प्रयोग गरिने सिन्का र रेशम राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार बिक्रि हुने गरेको विकास सहजीकरण संजाल उदयपुरका कार्यक्रम सयोजक शिभभक्त मल्लले वताए ।
मल्लका अनुसार अगवती, दुन टपरी र अगबती बनाउने सिन्का मुलुको विराटनगर, धरान, जनकपुर, विरगंज, हेटौडा र कठमाण्डौ र भारतको विभिन्न शहरमा विक्रि हुने गरेको छ । त्यसैगरि ढाका हंकङ्ग, साउदि अरब लगायत केहि बेलायको बजारमा विक्रि हुने गरेको मल्लले वताए ।
महिला उद्यमीको उत्पादनले छोटो समयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार पाएकोले उनीहरुलाई गुाण्स्तरीयताको चुनौती थपीएको मल्लले वताए । गुस्तर कायम राख्न र बजार प्रर्वद्धन गर्न संजालले सहयोग गर्ने भनिएपनि आर्थीक अभावमा काम गर्न नसकिएको मल्लाके गुनासो छ ।
तस्वीर/समाचार - डिल्लीराम खतिवडा
5:58 PM
भुवन राउत
Posted in



No Response to "महिला लघु उद्यमिले उत्पादनको गुणस्तर कायम राखि राख्ने"
Post a Comment