हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड
Showing posts with label लघु-कथा. Show all posts
Showing posts with label लघु-कथा. Show all posts

जीवनभित्र एउटा रेखा

हिलेकाहीँ पिरो मात लाग्छ र भीडदेखि उछिट्टिएर कतै अलप हुन मन लाग्छ । हिन्दी धार्मिक सिरियलहरूमा देख्न पाइने जस्तो आँखा चिम्लिनासाथै झुलुक्कै अलप भएर चाहेको ठाउँमा पुग्ने देउती माता-पिता त आफू परिएन । दिक्क लाग्दा लुखुर-लुखुर टहलिँदै हिड्दा मजै बेग्लै । त्यस्तै पिरो मातले छोप्दा एक दिन पशुपतिनाथ मन्दिरको शरणागत हुन जान मन लाग्यो । धिपधिपे साँझमा ऊर्जावान् लाल्टिन खोज्दै भौतारिएको म पशुपतिनाथ परिसरमा पोलिँदै गरेका ताजा शवहरूको धुवाँले तरङ्गित भएँ । परमानन्द ! जीवन भेट्नु-चिन्नुको हलुकापनबाट म सुमसुमिएको थिएँ । केही तस्बिरहरू खिचेँ, दर्शक बनेँ आफ्नो भावी आरामकक्ष जस्तो चिताहरूको । र घर फर्किएर मध्यरातमा यो कविता लेखेँ ।

जीवनभित्र एउटा रेखा

झोसेको चुरोट हो कि
आफैँलाई ?
 
सल्किँदै 
खिइँदै 
चुसाइका बेहिसाब कोरनहरुमा 
अचाक्ली पेलिँदै 
फेरि फेदीसम्मैको यात्रा 
लागेको छ हात 

यसैलाई डोर्याउनु छ 
र जानु छ चुपचाप 
लम्बिएर पनि छोटिँदै तय भएको
नचिनेको आफ्नो घर ।
लेखक - Jotare Dhaiba 

रोमान्चित तर जोखिमपूर्ण धक्का

बसमा खुब भिड थियो । सबैलाई आफ्नो गन्तब्यमा पुग्न हतार थियो । एक जना युवक पनि बल्लतल्ल चढेर एउटा सिटमा बस्यो लाग्छ उ राणभुमिमा बिजय भयो । त्यस्तैमा एउटी प्रौढ असक्त महिला बसमा चढेर सिट पाइने आशमा त्यस युवकतिर दयालु नजर लगाउछिन । युवक भने देखे पनि नदेखे झै गरी चुपचाप बसिरहन्छ । तै पनि ति महिला थेगिन नसकेर होला बिस्तारै ति युवकलाई अनुरोध गर्छिन - "बाबु म बिरामी बुढीलाई दयागरि यो सिटमा बस्न दिए तिम्रो जय हुने थियो । " ति युवक भने नसुने झै गरी झ्याल तर्फ हेरिरहन्छ ।

यसै बेला एउटी आधुनिक पहिरनमा सजिएकी एउटी १८-२० बर्षकी सुन्दरी बसमा चढछिन र उक्त युवक तर्फ मुस्कान छोड्दै छेउमै उभिन्छन । युवक तुरुन्तै उठेर "तपाइलाई उभिन अप्थ्यारो भए जस्तो छ यहाँ बस्नुस्" भन्दै युवतीलाई आफ्नो सिट छोडिदिन्छ । युवती "थ्यान्क्यु" भनी मुस्काउदै बस्छिन । युवक पनि नजिकै टाँसिएर उभिन्छ । बसको गति सँगसँगै दुबैजना मुस्काएर आनन्द साथ बसमा यात्रा गर्छन् ।

उक्त सबै द्रिष्य ति प्रौढ महिला मुकदर्शक भएर हेरिरहेकी हुन्छिन । बस स्टपमा आएर रोकिन्छ । ति युवती सिटबाट उठी युवकलाई धक्का दिएर "सरी" भन्दै बसबाट ओर्लिन्छिन । युवक युवतीले दिएको मिठो धक्का बाट निकै आनन्दित महसुस गर्दै युवतीले छाडेको सिटमा बस्छ । कन्डक्टर आएर बसभाडा मागेपछि उसले पाइन्टको पछाडिको पकेटमा हात पसार्छ तर एकाएक उसको मुख निलोकालो हुन्छ , मुख सुक्छ । अनी चिच्याउछ - "लौ मेरो पकेट मारेछ , घरबाट ल्याएको एक महिनाको खर्च सबै त्यसैमा थियो । अब म के गरौ ?"

अब भने उसलाई याद भयो । अघि बिच स्टपमा बसबाट ओर्लिनु अघि ति युवतीले उसलाई धक्का दिएकी थिइन , जुन धक्काबाट उसले रोमान्चित अनुभव गरेको थियो तर उसलाई के थाहा त्यही धक्का यति जोखिमपूर्ण थियो भनेर ।
-अच्युत मान सिंह प्रधान 'उत्सुक'