उदयपुर, २३ माघ नेपाल निजामति कर्मचारी युनियन उदयपुरले पहिलो पल्ट जिल्लामा लोक सेवा आयोगको तयारी कक्षा आईतवारदेखि संञ्चालन गरेको छ । लोक सेवा आयोगले लिन लागेको नयाँ कोष अन्तगर्तको परिक्षाका लागी युनियनले सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकाको सभाहलमा डेढ महिने कक्षा संञ्चालन गरेका हुन । युवा पुस्ताहरुको लोक सेवा आयोगमा आकर्षण बढ्दै गएकाले आयोगले लिईने खरिदार तहको परिक्षाका लागी तयारी कक्षा सञ्चालन गरेको युनियनका अध्यक्ष मानबहादुर वनको भनाई रहेको छ ।
तयारी कक्षामा १३ महिला र २७ पुरुष गरि ४० जनाको सहभागीता रहेको छ, सहभागीहरुलाई दैनिक डेढ घण्टाका दरले अधिकृतहरु चुडामणि भट्टराई, युवराज पोखरेल, खगेन्द्र दाहाल, तीर्थ राई, लक्ष्मी पौडेल र टेकनाथ दाहालले प्रशिक्षण दिईने जनाएका छन । त्यसैगरी यस वर्षबाट आयोगले नयाँ कोष अन्तर्गत विज्ञान र गणित विषय पनि समावेश गरिएकाले विज्ञान र गणितका लागी त्रियुगा उच्च माध्यामिकका शिक्षकद्धय देवनारायण चौधरी र नोगेश्वरप्रसाद साहले प्रशिक्षण लिई रहेको तालिम संयोजनक चुडामणि भट्टराईले जानकारी दिए ।
सो तयारी कक्षाको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी कुमार श्रेष्ठले नयाँ कोषमा आधारित भएर कक्षा संञ्चालन गरिएकाले आयोग दिन चाहने विधार्थीहरुलाई निजामति क्षेत्रमा प्रवेश गर्न सजिलो हुने बताउदै मिहनेतका साथ कक्षा लिएर सहभागी सबैले आयोग पास गर्न सफता मिलोस भनी शुभकामना दिएका थिए । नयाँ कोषमा व्यवस्था गरेको अनुसार जुन अंचलबाट लोकसेवा दिएको हो, त्यहि अंचलमा १० वर्ष सम्म सेवा गर्नु पर्ने व्यवस्था गरेकोले पनि पहिला आफु कहाँ बस्ने भनेर फारम भर्न प्रजिअ श्रेष्ठको अनुरोध थियो । कार्यक्रमको सभापतित्व निजामति कर्मचारी युनियनका अध्यक्ष मानबहादुर वनले गरेको थियो । तयारी कक्षा लिन प्रति विधार्थी २ हजार का दरले शुल्क लिएको उनको भनाई रहेको थियो ।
समाचार - ईश्वर तामाङ
11:58 PM
भुवन राउत
Posted in



No Response to "लोक सेवा आयोगको तयारी कक्षा सुरु"
Post a Comment