हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड
Showing posts with label जानकारी. Show all posts
Showing posts with label जानकारी. Show all posts

भ्यालेन्टाइन डे को बारेमा जानकारी


      ´भ्यालेन्टाइन डे´ अर्थात् प्रेम दिवस। यो हरेक वर्ष फेब्रुअरी १४ मा मनाइन्छ। पश्चिमी समाजमा यस दिन प्रेमी–प्रेमिका एक-अर्कालाई भ्यालेन्टाइन कार्ड र रातो गुलाबको फूल दिएर आफ्नो माया अभिव्यक्त गर्छन्। मुटुरूपी चित्र, परेवा, हातमा धनुषवाण बोकेका पखेटासहितका ´क्युपिड´ लाई आधुनिक भ्यालेन्टाइन विम्बका रूपमा प्रयोग गरिन्छ।
        भ्यालेन्टाइन डे सन्त भ्यालेन्टाइनको नामबाट राखिएको हो। १९ औं शताब्दीदेखि यस दिन विभिन्न सन्देशले भरिपूर्ण ग्रिटिङ्स कार्ड आदानप्रदान गरिँदै आएको छ। ग्रिटिङ्स कार्डको अत्यधिक उत्पादन सुरु भएको पनि यही समय हो। त्यतिखेर बेलायतमा भ्यालेन्टाइन कार्ड पठाउने फेसनै चलेको थियो। सन् १८४७ मा इस्थर हाउल्यान्डले बेलायती मोडल प्रयोग गरी ग्रिटिङ्स कार्ड उत्पादन गर्ने सफल व्यापारीका रूपमा आफूलाई स्थापित गराएका थिए। कार्ड अत्यधिक रूपमा बिक्री भएपछि अमेरिकामा यस दिन सार्वजनिक विदा दिन थालियो। अहिले थुप्रै पश्चिमी देशमा भ्यालेन्टाइन डेमा सार्वजनिक विदा हुन्छ। ग्रिटिङ्स कार्ड एसोसिएसनका अनुसार यस दिन विश्वभर एक अर्बभन्दा बढी ग्रिटिङ्स कार्ड आदानप्रदान गरिन्छ। ग्रिटिङ्स कार्ड बढी बिक्री हुने क्रिसमसपछि भ्यालेन्टाइन डे नै हो। बिक्री हुने कुल कार्डमध्ये ८५ प्रतिशत महिलाले पाउने एसोसिएसनको दाबी छ।

नेपालीहरुको महान चाड शिवरात्रीको शुभकामना

आज हिन्दुहरुले भगवान शिवको पुजा आरधना गरी महाशिवरात्री मनाउँदै छन। यो हिन्दुहरुको एउटा महान चाड भएकाले आज आफ्नो घर टोल नजिकैमा शिवमन्दिरहरुमा दर्शनार्थीहरुको ठूलो भिड लाग्ने गर्दछ। यो नाम अनुसार नै शिवको चाड भएकाले यो चाड धेरै जसो हिन्दु धर्माबलम्बीहरुले मनाउने गर्दछन। आज विषेश गरी पशुपतीनाथमा नेपाल र नेपाल बाहिरका लाखौं दर्शनार्थीहरु  भगवान शिवको  दर्शन र पुजा गर्न आउने गर्दछन।

कसरी शिवरात्रीको शुरुवात भयो?
कसरी शिवरात्रीको शुरुवात भयो भन्ने बारेमा धेरै कथनहरु भए पनी समुद्र मन्थनको बेला निस्केको विष शिवले पिएर सबैलाई खतरामुक्त पारेको र त्यो विषको असरले शिवको रङ परिवर्तन भएर निलो भएको कुरा विभिन्न पौराणिक ग्रन्थहरुमा उल्लेख गरिएको पाईन्छ। त्यही निलो स्वरुपको कारण शिवलाई निलकण्ठ समेत भनिन्छ। शिवलाई विषको असर देखा पर्न थाले पछी भगवानहरुले रातभर शिवको पुजा आरधाना गर्नुका साथै विभिन्न खालका नाच गान गरेको सम्झनामा शिवरात्री मनाउन थालिएको हो भन्ने किवंदन्ती पाईन्छ। यस बाहेक शिवरात्री कसरी मनाउन थलियो भन्ने बारेमा धेरै कथनहरु रहेका पाईन्छन।

विकृतीको रुपमा:
तर आजकाल अरु चाडमा जस्तै यो पर्वमा पनी विकृती बढी फैलिएको पाईन्छ। कतिले त यसलाई भाङ, गाँजा खाने पर्वको रुपमा लिने गर्दछन। अहिलेका युवाहरुको लागी अहिले यो पर्व नशा सेवन गर्ने एउटा निहुं भएको छ। जे होस यस पर्वको आफ्नै छुट्टै विषेशता रहेको छ त्यसैले यसलाई गाजाँ खाने पर्वको रुपमा भन्दा अन्य फाईदाजनक तरिकाले मनाउने गरेमा सबैको भलाई हुन्छ।


८६ श्रीमतीहरु भएका नाईजेरियालीको करामत


नाइजेरियाको मुस्लिम अदालतले ८४ वर्षिय बेल्लो अबुवाकर लाई जेल पठाएको छ। अदालत भने अनुरुप चार वटा बाहेक उनले अरु सबै श्रीमतीहरु लाई सम्बन्धबिच्छेद नगरेपछि गएको सोमबार जेल चलान गरीएको हो। उनलाई धार्मिक आस्था तोडेको र गैरकानुनी रुपले धेरै विवाह गरेको आरोप लगाईएको थियो।
       ईस्लामिक धार्मिक मान्यता अनुसार चार वटा भन्दा बढी विवाह गरेमा कानुन विपरीत मानिन्छ। उनले पहिले चार वटा बाहेक अरुलाई सम्बन्धबिच्छेद गर्ने हल्ला चलेपनि पछि यो हल्ला मात्रै भएको खुलासा भएको थियो।  न्यायधिस अब्दुल इमम्ले उनले दायर गरेको याचिका खारेज गरी अनुशन्धानको लागी जेल चलान गर्न अनुमति दिएका थिए। उनी आफ्ना ८६ श्रीमतीहरु र १७० बच्चाहरुका साथ नाइजर मा बसोवास गर्ने गर्दछन। आफुले त्यतिका विवाह गर्न भगवानले विशेष शक्ति प्रदान गरेकाले त्यसो गरेको बताउने उनीलाई यस प्रति कुनै पछुतो छैन। अल्लाहले शक्ति प्रदान गरेकाले नै आफुले सबैलाई कन्ट्रोल गर्न सकेको उनी बताउँछन।
      उनका अनुसार मुस्लिम धर्ममा कति वटा बिहे गर्ने भन्ने बारेमा कुनै कुरा उल्लेख छैन। धेरैजसो श्रीमतीहरु उनका आफ्नै सन्तानका उमेरका छन र कति त अझै कान्छा पनि छन। उनको त्यो परीवारलाई दैनिक १२ किलो चामल पकाउनु पर्दछ जसको मुल्य $९१५ पर्न जान्छ। उनले आफ्ना परीवारका कसैलाई पनि औषधि प्रयोग गर्न दिदैनन र आफैले उपचार गर्ने गर्दछन।
                                                                                                 साभार - इमज्जा

बर्ड फ्लुको खतरा: जानकारी

      हिले नेपालमा बर्ड फ्लुको ठुलो त्रास फैलिएको छ । सरकारले बर्ड फ्लु नियन्त्रणगर्न नेपालमा घरपालुवा पन्छीहरु भकाभक मार्न थालेको छ । यहिबेला बिभिन्न देशबाट नेपालमा फिरेन्तेका रुपमा आएका पन्छीबाट त्यो रोग घरपालुवा पन्छीमा सर्न सक्ने भन्दै बिज्ञको हवाला दिएर संचार माध्यमले सार्वजनिक गरेका छन । तर बैज्ञानिक तथ्य, खोज , अनुसन्धान र फेला परेका घटनाबाट के पत्ता लागेको छ भने वसाईसराई गरेर आउने पन्छीहरुबाट बर्ड फ्लु फैलिने खतरा न्युन छ ।
         सन् २००६ मा क्याम्रुन, भारत, ईजिप्ट, इजरायल, जोर्डन, नाइजेरिया, लाओस, पाकिस्तानमा देखिएको बर्ड फ्लु कुखुरा फार्मबाट निस्किएको थियो । त्यसपछि सन २००७ मा हंगेरी, दक्षिण कोरिया, जापान, बेलायत र थाईल्याण्डमा देखिएको बर्ड फ्लुपनि कुखुरा पालन फार्मबाटै हो । अहिले चिन र नेपालमापनि कुखुरा पालन फर्मबाटै देखा परेको हो । सन् २००६ मा यो रोग लागेका केहि जंगली चरा हंकङमा फेला परेका थिए तर मानव बस्तिको छेउमा । त्यतिबेला यसैलाई आधार बनाएर केहि मानिसहरुले बसाई गर्ने चराबाट सरेको भने । तर त्यहाँ यि चरालाई धार्मिक कारणले छोड्न लगिएको र घर पालुवा पन्छीबाट सरेको तथ्य पछि पत्ता लागेको थियो ।

खतरनाक पलास्टिक

- समुद्रमा प्रत्येक वर्ष छ करोड टन फोहोर विसर्जन हुन्छ र सोमध्ये ५० प्रतिशत मात्रा प्लास्टिकको छ । यसमा कच्चा प्लास्टिक, प्लास्टिकको झोला, माछा मार्ने जाल र सोडाका प्याक आदि पर्छन् ।


- समुद्रमा प्रत्येक वर्ग किलोमिटरमा १८ हजार प्लास्टिकका टुक्रा पानीमा तैरिएर रहने कुरा हालसालैको एक अध्ययनले देखाएको छ ।

- जेली जातको माछा ठानेर प्लास्टिकका स-साना टुक्रा खाने गर्नाले समुद्रमा रहने कतिपय कछुवाको अस्तित्व सङ्कटमा परेको छ ।

- अस्ट्रेलियामा मात्र खपत हुने छ सय ९० अर्ब प्लास्टिक झोला अन्तिममा समुद्रमा फ्याकिन्छ ।

- माछा मार्ने प्लास्टिक जालका कारण ३७ प्रतिशत समुद्री जीव पासोमा पर्ने गर्छन् ।

- सन् १९९८ मा उत्तरी प्रशान्त महासागरमा पाइएको कुल फोहोरमध्ये ८९ प्रतिशत प्लास्टिकजन्य फोहोर रहेको तथ्य एक अध्ययनले देखाएको छ ।

- विश्वभरी कम्तीमा १४३ प्रजातिका समुद्री जीवजन्तु समुद्री फोहोरको थुप्रोमा फस्ने र कम्तीमा १७७ प्रजातिका चरालगायत समुद्री जीवले प्लास्टिक खाने गरेका छन् ।

- दक्षिण अस्टे्रलियामा प्रतिवर्ष ३७० समुद्री सिंह र फरसिलको मृत्यु प्लास्टिक खाएर हुने गर्दछ ।

- बेलायतमा आठ अर्ब र आयरल्याण्डमा एक अर्ब २८ करोड प्लास्टिक झोला वाषिर्क खपत हुने गर्दछ ।

- फ्रान्समा ३० लाख टन प्लास्टिकको फोहोरमध्ये सालाखाला चार प्रतिशत मात्र पुनर्प्रशोधन हुन्छ । भारतमा प्लास्टिकको फोहोर प्रत्येक वर्ष ४५ लाख टन निस्कन्छ ।

- कागज दुई/चार हप्तामा गल्छ, स्टाइरोर्फम नामक वस्तुबाट बनेको कप गल्न ५० वर्ष लाग्छ भने प्लास्टिक ४५० वर्षसम्म पनि नगल्न सक्छ ।

मानिसको औसत समय कसरी बित्छ ?

मानिसको औसत आयु भनेको लगभग ६५ देखी ७० बर्ष हो र यति उमेर भित्र मानिसले के के गरेर समय बिताउदो रहेछ त ? तल लेखिएका बुदाँहरु हेरौ र हामी पनि बिचार बिचार गरौ कि यो देखी बाहेक अरु पनि केही गर्ने कि ?


@ करिब २० देखी २५ बर्षसम्म सुतेर
@ करिब १५ बर्षसम्म काम गरेर
@ करिब ६ बर्षसम्म खानपिन गरेर
@ करिब ८ बर्षसम्म मनोरन्जन गरेर
@ करिब ५ बर्षसम्म लुगा लगाउने , सरसफाई गर्ने र दार्ही काट्ने काम गरेर
@ करिब ३ बर्षसम्म बिरामी परी ओछ्यानमै सुतेर
@ करिब ७० दिन ऐना हेरेर

स्वाईन फ्लु बारे संक्षिप्त जानकारी

विश्वव्यापी प्रकोपको रुपमा फैलिएको स्वाइनफ्लू नेपालमा देखिएको
केही महिना पछि अहिले पछिल्लो समयमा समुदाय स्तरमा समेत व्यापक प्रकोपका
रुपमा देखा परेको छ। समुदायमा प्रकोप काठमाडौं, चितवन, पर्वत, महोत्तरी
लगायतका ठाँउमा देखिएको र अन्य ठाँउमा पनि द्रुत गतिमा देखिने सम्भावना
प्रवल रहेको अवस्था एकातिर छ भने यतिवेला जाडोसँगै चिसो बढ्ने सिजनल
रुघाखोकी लाग्ने मौसममा यसवर्षपहिलो पटक देखिएको नयाँ स्वाइनफ्लू को
बीचमा छुट्टाउन सकिने फरकका बारेमा समेत प्रष्ट हुन आवश्यक छ।



यो रोग र्सवप्रथम ४ अप्रिल, २००९ मा मेक्सिकोमा देखापर्‍यो भने यही रोगकै कारणले
मेक्सिकोमै १२ अप्रिल देखि पहिलो पटक मृत्यु भएको थियो। विश्व स्वास्थ्य
सँगठन ले Pandemic Influenza A H1N1 फ्लुलाई Pandemic phase छैठौं भनेर
११ जुन २००९ मा घोषणा गरिसकेको छ। नेपाल उक्त रोगको पहिलो विरामी दोहा
हुँदै अमेरिकाबाट आएका मध्ये १० वर्षो बालकमा २४ जुन २००९ मा देखापर्‍यो
र २८ जुनमा प्रयोगशालाको रिपोर्टबाट पुष्टि भयो। हालसम्म नेपालमा ६० जना
यस रोगबाट संक्रमित भएको प्रयोगशाला प्रतिवेदनले पुष्टि गरेको छ भने
समुदाय स्तरमा सयौं विरामी रहेको सहजै आकलन गर्न सकिन्छ। यति बेला
समुदायस्तरमा प्रकोपका रुपमा देखा परेको अवस्थामा स्वास्थ्य मन्त्रालयको
आवश्यक पर्ूव तयारीको अभावमा नेपाल जस्तो स्वास्थ्य प्रणाली कमजोर भएको
देशमा रोग नियन्त्रण भन्दा बाहिर जान सक्ने प्रवल सम्भावना छ।
के हो स्वाईन फ्लु -
शुक्ष्मदर्शक यन्त्रमा स्वाईन फ्लु को जीवाणु
यस अघि खासगरी सँुगुरमा लाग्ने रोग हुनाले सँुगुरबाट मानिसमा पहिला
र्सनसक्छ। स्वाईन फ्लु रोग इन्फ्लुएन्जा भाइरस ए -एच१एन१) बाट लाग्दछ, यो
भाइरस ७० ड्रि्री सेन्टीग्रेडको तापक्रममा मर्दछ, बाहिरी बातावरणमा २
घण्टा वा बढी बाँच्न सक्छ। यो रोगको प्रकोप सँुगुरमा नियमित हुने
गरिएतापनि मानिसमा यसको संक्रमण कहिलेकाहिँ हुने गरेको पाइन्छ। सँुगुर
स्वाइन इन्फ्लुएन्जा, मानिसमा हुने सिजनल इन्फ्लुएन्जा तथा पंक्षीमा हुने
एभियन इन्फ्लुएन्जा आदि भाइरसहरुबाट एकैसमयमा संक्रमित हुनसक्छ। हाल
मेक्सिकोमा मानिसमा भएको प्रकोप पनि यी ३ प्रजातिका इन्फ्लुएन्जा भाइरस
सँुगुरमा मिसिएर एउटा नयाँ प्रजातिको भाइरस उत्पन्न भएर भएको हो भन्ने
आँकलन छ। योे भाइरस मानिसबाट मानिसमा र्सर्ने क्रम जारी छ, तर कति सजिलै
र्सछ भन्ने कुरा यकिन भएको छैन। बिगतमा पनि मानिसबाट मानिसमा यो रोग
सरेको पाइएता पनि समुदायमा प्रकोप फैलिएको थिएन।
स्वाईन फ्लु को लक्षण
मानिसमा यस रोगको लक्षण सिजनल इन्फ्लुएन्जाको जस्तै हुन्छ। मुख्य लक्षणहरुः
-ज्वरो आउने, खोकी लाग्ने, नाकबाट पानी बग्ने
-श्वास फेर्न कठिनाई हुन,े घाँटी, शरीर तथा टाउको दुख्ने
-काँप्ने तथा आलस्य हुने
-केहीमा झाडापखाला हुने र बान्ता हुने
-रोग कडा किसिमको भएमा निमोनिया भई मृत्यु हुने गर्दछ।
रूघा खोकी र फ्लु / इन्फ्लुएन्जामा फरक
-यो खाले पान्डेमिक इन्फ्लुएन्जा ब् ज्ज्ञल्ज्ञ रोगलेे ९९ प्रतिशत
मानिसहरुमा मन्द प्रकृतिको - साधारण रुघाखोकी ज्वरो जस्तै ) र १
प्रतिशतमा मात्र गम्भीर प्रकृतिको बिरामी हुने पाइएकोले श्वास-प्रश्वासमा
अप्ठेरो भएमा तुरुन्त उपचारको लागि उपयुक्त ठाउँमा सर्म्पर्क गर्नु
पर्दछ। तर्सथ मन्द प्रकृतिको रोग लागेमा घरैमा बसेर ज्वरोको उपचार गर्न
सकिन्छ।
स्वाईन फ्लु र्सर्ने तरिका
यस प्रकारको इन्फ्लुएञ्जाबाट संक्रमित व्यक्तिले खोक्दा तथा हाच्छीउँ
गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा यो रोग र्सदछ। तर्सथ विरामी घरैमा
बसी आराम गर्ने, कार्यालय तथा विद्यालय नजाने र संक्रमित व्यक्तिको
सर्म्पर्कबाट टाढा रहनु पर्छ। यो रोगको नियन्त्रणको मुख्य उपाय एक
व्यक्तिबाट अर्काे व्यक्तिमा रोग र्सन नदिनु नै हो।
यस्ता रोगबाट बच्न हरेक दिन अपनाउनु पर्ने क्रियाकलापहरू ः-
१. खोक्दा तथा हाँच्छिउ नाक र मुख छोप्ने। छोप्दा प्रयोग भएको सामाग्रीको
उचित व्यवस्थापन वा राम्ररी धोएर मात्र पुनः प्रयोग गर्ने।
२. खोक्दा तथा हाँच्छिउ गरेपछि साबुन पानीले राम्ररी हात धुने।
३. हात अनावश्यक रूपमा आँखा, नाक तथा मुखमा नलाने।
यदि कसैलाई रूधा-खोकी लागि विरामी भएमा विद्यालय वा काममा नगई
घरमा आराम गरेर बस्ने अथार्त अन्य व्यक्तिसंग अनावश्यक सर्म्पर्क
नगर्ने किन की यसले अरूलाई संक्रमित पार्नसक्छ। स्वाईन फ्लु को भाइरस
विरूद्ध हालसम्म कुनै पनि भ्याक्सीन छैन Seasonal Influenza
भ्याक्सीनले पनि यो भाइरस विरूद्ध प्रतिरोधात्मक शक्ति दिन्छ भन्ने कुरा
हालसम्म प्रमाणित भएको छैन। यसको मुख्य लक्ष्य भनेको एक व्यक्तिबाट अर्को
व्यक्तिमा र्सनबाट बचाउनु हो।
यसपाली प्रकोप फैलाउन जिम्मेवार स्वाईन फ्लु को भाइरस पहिले सुँगुर वा
मानिसमा देखापरेको थिएन। हालसम्मको अध्ययन अनुसार सो भाइरस विरूद्ध
Oseltamivir नामक औषधी उपयोगी पाईएको छ भने Amantadine र Rimantadine
प्रभावकारी देखिदैन

उदयपुर : परिचय


उदयपुर जिल्ला प्रचिनकालमा उदयसेन नामक राजाले शासन गरेको क्षेत्र भनेर उनैको नामबाट उदयपुर रहन गएको भन्ने जनश्रुति रहेको छ । संसारको सर्वोच्च शिखर सगरमाथा रहेको सगरमाथा अञ्चलको मध्य भागमा आबस्थित यो उदयपुर जिल्लाको आफ्नै बिशेषताहरु र पहिचान रहेको छ । देशको सबै भन्दा ठुलो सिमेन्ट उद्योग "उदयपुर सिमेन्ट उद्योग" यस जिल्लामा रहेकोले यस जिल्लालाइ परिचय गराउन थप मद्दत पुगेको छ ।
यो जिल्ला नेपालको मान चित्र मा २६ डिग्रि २६' ३९" देखि २७ डिग्रि १' १०" उत्तरी अक्षांस, ८६ डिग्रि ०' ९" देखि ८७ डिग्रि १' ०" पुर्बी देशान्तरमा रहेको छ । यस जिल्लाको क्षेत्रफल २०६३ वर्ग किलोमिटर रहेको छ । यस जिल्लाको पुर्बमा सुनसरी र धनकुटा, पश्चिममा धनुषा र सिन्धुली, उत्तरमा भोजपुर, खोटाङ र ओखलढुङ्गा र दक्षिणमा सिराहा र सप्तरी पर्दछन । उष्ण शितोष्ण र समशितोष्ण हावापानी पाईने यो जिल्लाको सरदर अधिक्तम तापक्रम ३८ डिग्री सेलिसियस र न्युनतम १६ डिग्री सेलिसियस छ भने बर्षा सरदर २१५२ मिलिलिटर रहेको देखिन्छ ।
यस जिल्लाको सदरमुकाम त्रियुगा नगरपालिका स्थित गाइघाटमा रहेकोछ । यस जिल्लालाइ ३ वटा संसदिय क्षेत्र, ११ वटा ईलाका संख्या, १ नगरपालिका र ४४ वटा गविसहरुमा बिभाजन गरिएको छ । उत्तरमा माहाभारतको श्रृँखला वरीपरी चुरे पहाड श्रृँखलाहरुले घेरिएको हुँदा यस जिल्लालाई भित्री मधेशको रुपमा लिईन्छ। यो जिल्लाको कुल भुभाग मध्य भित्री मधेस करीब ५२% मध्य पहाडी क्षेत्र ४२% र तराइ तथा भाबर क्षेत्र ६% भु-भाग रहेको पाईन्छ।

उदयपुरका तस्बिरहरु