हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड
Showing posts with label चुटकिला. Show all posts
Showing posts with label चुटकिला. Show all posts

सिमेन्ट उधोग

उदयपुर सिमेन्ट उधोग
कारखाना मध्ये नेपालकै ठूलो हो ।
सिमेन्ट भनेको चुनढुङ्गाको धुलो हो ।
यो उधोग राष्ट्र कै ज्योति समान भएपनि
देशकै आँखाको फुलो भो ।
सिमेन्ट भट्टी
उदयपुरे जनताको सपनालाई पकाउने चुलो भो ।
उधोगको तौलकाँटा
जनताको आकांक्षा जोख्ने तुलो भो ।
यो उधोग भष्ट्रचारी लुक्ने कालो दुलो भो ।
किनकी उधोग व्यवश्थापन ज्यादै लुलो भो ।
कारण त्यहाँ व्यवस्थापन भन्दा यूनियन नै ठूलो भो ।

लेखक - भागवत राउत
त्रि.न.पा.१ उदयपुर   


मुन्द्रेको जोक्सहरु भाग - २

रातामकै:- तिम्रो यति राम्रो कपाल छ, कसरी तिम्रो यति राम्रो कपाल भयो। ममी बाट कि ड्याडी बाट प्राप्त भयो?
मुन्द्रे:- ड्याडीबाट होला।
रातामकै:- कसरी?
मुन्द्रे:- मेरो ड्याडीको टाउकोमा एउटा पनि कपाल छैन नि त।

$$$$$$

एकदिन मुन्द्रे बजारबाट दशैको किनमेल गरेर झोलामा कुखुरा राखेर आउदै थियो। राता मकैले त्यो देखेर सोध्यो:- के हो मुन्द्रे भान्जा किनमेल त निकै छ नि। कति वटा कुखुरा ल्याएको, मैले नहेरी भनेर मिलाए भने तिमी मलाई एउटा कुखुरा दिन्छौ?
मुन्द्रे:- ल नहेरी मिलायौ भने, एउटा त के यि म दुइटै भाले दिन्छु।

$$$$$$

कक्षामा शिक्षकले पढाईरहेको बेलामा मुन्द्रे हल्ला गरिरहेको थियो।
शिक्षक:- (हकार्दै) मुन्द्रे त अघिदेखी हल्ला गरिरहेको छस् ल भन त १०फिट अग्लो पर्खाल लगाउन १० जनालाई ८ घण्टा लाग्छ भने ४ जनालाई कति घण्टा लाग्छ?
मुन्द्रे:- सर १ मिनेट पनि लाग्दैन?
शिक्षक:-कसरी?
मुन्द्रे:- सर त्यो पर्खाल त अघिकै १० जनाले बनाइसके नि?

$$$$$$

रातामकै:- मुन्द्रे तेरो ए.टि.यमको पिन कोड मैले पत्ता लगाए।
मुन्द्रे:- लु भन त?
रातामकै:-४ वटा हैन?
मुन्द्रे:- हैन, ५०९१ पो हो त।

$$$$$

कुनै भट्टीमा मुन्द्रे पुगेछ र होटलको साहुलाई भनेछ:- ओ साउजी यि सबैलाई मेरो तर्फबाट १-१ पेग फ्रि दिनु र बिल चाहि मलाई दिनु। साउजीले सबैलाई १-१ पेग दियो र बिल मुन्द्रेलाई दियो। तर मुन्द्रेले आफुसँग पैसा नभएको कुरा साउजीलाइ भन्यो त्यसपछि साउजीले दुई झापड दिएर मुन्द्रेलाई त्यहाबाट खेदायो।
फेरी भोलीपल्ट भट्टीमा मुन्द्रे पुगेछ र होटलको साहुलाई भनेछ:- ओ साउजी यि सबैलाई मेरो तर्फबाट १-१ पेग फ्रि दिनु र बिल चाहि मलाई दिनु। साउजीले आज त पैसा तिर्छ होला हिजोको मेरो थपड बिर्सिएको छैन होला भनेर सबैलाई १-१ पेग दियो र बिल मुन्द्रेलाई दियो। तर मुन्द्रेले आफुसँग पैसा नभएको कुरा साउजीलाइ भन्यो त्यसपछि साउजीले मर्ने गरी कुट्यो र मुन्द्रेलाई त्यहाबाट खेदायो।

पर्सिपल्ट पनि भट्टीमा मुन्द्रे पुगेछ र होटलको साहुलाई भनेछ:- ओ साउजी यि सबैलाई मेरो तर्फबाट १-१ पेग फ्रि दिनु र बिल चाहि मलाई दिनु। साउजीले आज त पैसा तिर्छ होला हिजोको मेरो कुटाइ बिर्सिएको छैन। अब त पैसा तिर्ने हिम्मत पनि गर्न सक्दैन होला भनेर सबैलाई १-१ पेग दियो र बिल मुन्द्रेलाई दियो। र भन्यो:- ओ भाइ, सबैलाई १-१ पेग फ्रि दिन्छौ, मलाई चाहि किन दिदैनौ? तपाई रक्सी नखादा त यस्तरी कुट्नु हुन्छ, झन खाएपछि त आफ्नो अर्काको नछुट्याइ कुट्नु हुन्छ होला नि त।

$$$$$$

मुन्द्रेले यसपालीको दशैमा एक जोर जुत्ता किनेछ। त्यो देखेर तारामकैले सोध्यो:- ओ भान्जा जुत्तालाई कति हाल्यौ?
मुन्द्रे:- यि देखेनौ, बुढी औला देखी कुर्कुचा सम्म हालेको।

$$$$$$

खलासी:- ओ दाई तपाइ कहाँबाट चढ्नु भएको?
मुन्द्रे:- (बसको ढोका देखाउदै) उ त्यो ढोकाबाट चढेको।

$$$$$

मुन्द्रेलाई समुन्द्रमा टाइटानिक डोब्दै गरेको बेलामा एक मानिसले सोध्यो:- दाई, कति पर जमिन भेटिन्छ?
मुन्द्रे:- २ कि. मि. पर
त्यो मानिस समुन्द्रमा हाम फाल्यो र बोल्यो:- कुन दिशा तिर?
मुन्द्रे:- मुनितिर

$$$$$$

मुन्द्रे:- ओई भोकलाग्यो, कफी छिटो पिइ, त चिसो भइसक्यो।
भोकलाग्यो:- चिसो भएर के हुन्छ त?
मुन्द्रे:- बेबकुफ, मेनु हेरिनस्, हट कफी २० रुपैया, कोल्ड कफी ४० रुपैया

$$$$$$

मुन्द्रेको जोक्सहरु भाग - १


मुन्द्रेले टेलीफोनको नम्बर डायल गर्यो। उता
मुन्द्रेले टेलीफोनको नम्बर डायल गर्यो। उता केटीले फोन रिसिभ गरी।
मुन्द्रे:- तिमी को बोलेको?
केटी:- सिता बोल्दैछु।
मुन्द्रे:- ए, मैले जनकपुर गरेको त, अयोध्या पो पुगेछ।

$$$$$$

मुन्द्रेलाई एक दिन पुलिस ईनिस्पेकटर बनाईएछ
पहिको केस
महिला : मेरो श्रीमान चार दिन अगाडि आलु लिन जानु भएको थियो अहिले सम्म फर्कनु भएको छैन॥
मुन्द्रे: तपाई अरु नै केहि तरकारी पकाउनुस न त।
 
$$$$$$

एक दिन मुन्द्रे र एक जना मान्छे बिसौ तल्लामा बसेर कुरा गर्दै थियो। अकस्मात कसैले मुन्द्रेलाई “मुन्द्रे स्यामेको छोराको मुत्यु भएछनी।
बियोग सहन नसकि मुन्द्रे २० तल्लाबाट हाम फाल्यो।उ तल झर्न लाग्यो।
जब उ ८ औ तल्लामा पुग्यो उसले सम्झयो उसको त छोरा नै छैन
जब ऊ ५ औ तल्लामा पुग्यो उसले सम्झयो कि उसको त बिहे नै भा छैन
जब ऊ २ औ तल्लामा पुग्यो उसले आफु मुन्द्रे भएको सम्झयो ॥

$$$$$$

शिक्षक:- भन त मुन्द्रे आज स्कुल ढिलो आउनको के बाहाना सोचिरहेको छौ?
मुन्द्रे:- आज म यति छिटो दौडदै आए कि सर मैले कुनै बाहाना सोच्नै भ्याइन।
एक बच्चा:- यदि दिनमा सुर्य ननिस्किने हो भने के हुन्छ?
अर्को बच्चा:- बिजुलीको बिल बढ्छ।

$$$$$$


शिक्षक:- (हकार्दै) मुन्द्रे त अघिदेखी हल्ला गरिरहेको छस् , ल भन त कुन महिनामा २८ दिन हुन्छ?
मुन्द्रे:- सर, २८ दिन त जुनै महिना मा पनि हुन्छ नि।

$$$$$$$
 
कक्षामा शिक्षकले पढाईरहेको बेलामा मुन्द्रे हल्ला गरिरहेको थियो।
शिक्षक:- (हकार्दै) मुन्द्रे त अघिदेखी हल्ला गरिरहेको छस् , ल भन त सगरमाथा कहाँ छ?
मुन्द्रे:- सर, मलाई त थाहा छैन।
शिक्षक:- (हकार्दै) ल त बेन्च माथी उठ।
मुन्द्रे:- सर, बेन्चबाट देखिन्छ त?

$$$$$$$$

रमाइलो चुडकिलाहरु ....

३ जना गफाडीबच्चाहरु गफगर्दा
पहिलो बच्चा:-यार हाम्रो बा ले हलो जोत्यो भने धर्तिनै फाट्छ यार।
दोस्रो बच्चा:- तेरो बाउ त के हो र हाम्रो बा ले त प्लेन उडायो भने आकास नै फाट्छ्।
अनि तेस्रो बच्चा:- तिमीहरुको बाउ त के हो र, हाम्रो बा ले त झन् पादयो भने कट्टुनै फाट्छ।

शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी नगर्नु
रामले बिचमै उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो त एकदम मिठो थियो त ।

रामलाई उसको साथीले सोध्यो , तिमीलाई थाहा छ A/C चलाऊदा कोठाको झ्याल र ढोकाहरु किन बन्द गरिन्छ ?
राम : किन थाहा नहुनु , बाहिरको मान्छेहरुले A/C को आनन्द नलिउन भनेर नि ।










एउटा पत्रीकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि हाम्रो देशको ५० प्रतिशत नेताहरु भष्टाचारी छन । भोली पल्ट देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि तैले छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर , सम्पादकले पनि हुन्छ म भोलिको पत्रीकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ , भोली पल्टको पत्रीका मा समाचार छापियो " हाम्रो देशका ५० प्रतिशत नेताहरु भष्टाचारी छैनन "

एउटा टुरिस्ट नेपाल भ्रमण गर्न आएछ , उसले एउटा नेपाली गाईड राखेछ र घुम्न गएछ । उनिहरु घण्टाघर नजिक पुगेछ र टुरिस्टले गाईडलाई सोधेछ " यो घण्टाघर बनाउन कती समय लाग्यो ?
गाईड : ५ बर्ष
टुरिस्ट : नेपालीहरु त साह्रै अल्छि रहेछन , हाम्रोमा भए त यो २ बर्षमा बन्ने थियो ।
रानीपोखरी देखे पछि फेरी
टुरिस्ट : यो पोखरी बनाउन कती समय लागेको थियो नि ?
गाईड : यो त १ बर्ष मै बनाइ सकिएको थियो ।
टुरिस्ट : तिमीहरु साह्रै अल्छि रहेछौ हाम्रोमा भए त यो ५ महिनामा बन्ने थियो ।
घुम्दा घुम्दै उनिहरु धरहरा नजिक पुगेछन
टुरिस्ट : यो धरहरा बनाउन कती समय लागेको थियो नि
गाईड : खै थाहा भएन, हिजो सम्म त यो यहाँ थिएन ....

प्रेमी – हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?
प्रेमीका – अहँ ! गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ ।
प्रेमी – बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ?
प्रेमीका – आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न ।

प्रेमीका – तिमी बिहे पछि चुरोट पिउन छोड्छौ ?
प्रेमी – किन नछोड्नु अवश्य पनि छोड्छु ।
प्रेमीका – रक्सी र तास नि !
प्रेमी – त्यो पनि छोड्छु ।
प्रेमीका – बिहे अघि चाँहि के के छोड्ने विचार गरेको छौ नि !
प्रेमी – तिमीलाई !

प्रेमीका – तिमी नभएमा म बाँच्न सक्दिन तिमी म संग कहिले बिहे गर्छौ ?
प्रेमी – प्रिय म तिमीसंग अवश्य विहे गर्छु तर पहिले मलाई अफ्नो परिवार संग सोध्नु पर्छ।
प्रेमीका – के तिम्रो बुवा–आमाले मान्नु हुन्छ त ?
प्रेमी – किन नमान्नु मेरो बुवा – आमाले मेरो निजी जिवनमा चासो गर्नु हुन्न । मलाई त मेरो श्रीमती र छोराको पो डर छ त !

शिक्षिका(रामलाई): भन त आज तिमीले के राम्रो काम गरेउ ?
राम : मिस हामी ४ जना मिलेर आज एउटा बुढी महिलालाई सडक पार गरायौं
शिक्षिका : ओहो यो त साह्रै रामो काम गरेउ त तिमीहरुले तर एउटा महिलालाई सडक पार गराउन ४ जना किन नि ?
राम : किनभने त्यो महिला सडक पार गर्न चाहीरहेको थिईन नि त

श्याम : राम तिमीलाई पौडी खेल्न आउछ ?
राम : अहँ आउँदैन
श्याम ( खिसी उडाउदै ): तिमी जत्रो त कुकुरले पनि पौडी खेल्न जाँन्दछ ।
राम : तिमीलाई पौडी खेल्न आउछ त ?
श्याम ( गमक्क फुल्दै ): आउछ
राम : त्यसो भए तिमी र कुकुरमा के फरक भयो त ?

बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछ
क्यासियर : बैँक त लुटेए सक्यौ , अब मलाई किन साथै लान लागेको ?
लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?

गीता : सिता अब म महेश सँग बिहे गर्न सक्दिन
सिता : किन तिमीले महेशलाई कुनै अर्कै केटी सँग देख्यौ कि ?
गीता : होइन महेशले चाँही मलाई अर्कै केटा सँग देख्यो ...

स्वास्नी : "हिजो राती निन्द्रामा तिमी मलाई गाली गर्दै थियौ नि!"
लोग्ने : "तिमीलाई भ्रम पर्यो जस्तो छ।"
स्वास्नी : "कस्तो भ्रम??"
लोग्ने : "म निदाएको थिए भनेर!!"

बाबु आमा र छोरा बजार घुमने क्रममा छोरालाई आईस्क्रिम किनीदिएछ र छोराले त्‍यो आईस्क्रिम खानै नपाई खसेछ छिटो-छिटो टिप्‍नखोज्‍दा आमा चाँहीले भनेछ :छि खसेको चिजलाई नटिप म अर्कै किनिदीउला
अनि एकछिनपछी हिड्‍दा हिड्‍दै बाबु चाही लडेछ हत्‍त पत्‍त आमाले उठाउन खोज्‍दा छोराले भनेछ
खसेको चिजलाई नउठानुस आमा म अर्कै बुबा खोजिदिउला ।

तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए ।
पहिलोले भन्दै थियो ,’ एक बक्सिङ्ग हानेर तेरो ६४ वटै दाँत भुँईमा खसाली दिन्छु ।
झगडा नगरेको अर्कोले हाँस्दै प्याच भन्यो ,’
मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ??’
‘चुप लाग !! त बिचमा बोल्छस् भन्ने थाहा भएर नै तेरो दाँत पनि अगाडीनै गनेको हो ।’ पहिलोले भन्यो ।

टाइमपास जोक्सहरु..


एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :
" हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?
स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।

एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक थियो " बच्चाहरुको पालन पोषण कसरी गर्ने "
आमा : हैन तैले यो किताब किन पढ्दै छस ?
छोरो : म यो जान्न चाहन्छु कि मेरो पालन पोषण राम्रो सँग भई रहेको छ कि छैन भनेर ।

एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।
कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त
साहुजी : ल यो लिनुहोस् राम्रो छ
कन्जुस : कती पर्छ यसको ?
साहुजी : ५००
कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।

एउटा चोर एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको थियो " सेफ फुटाउनु जरुरी छैन , ४५२ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गर्‍यो भने सेफ आँफै खुल्नेछ । जब त्यो चोरले बटन दबायो अर्लाम बज्यो र पुलिस आएर त्यो चोरलाई समातेर लग्यो ।
जादा जादै चोरले त्यो साहुजीलाई भन्यो " आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो । "

स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ?
लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।

राम : डाक्टरले मलाई च्यालेन्ज गरेको थियो कि एक महिना भित्र मलाई आफ्नो खुट्टामा उभ्याइ दिनेछ ।
श्याम : हो र अनी के उसले साचै सक्यो त यस्तो गर्न ?
राम : अ , उसको बिल तिर्नको लागि मलाई आफ्नो कार बेच्नु पर्‍यो ।

एउटा साथी अर्को सँग : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ?
अर्को साथी : देखेको मात्र हैन मेरो घर मै छ
साथी : हो र ?
अर्को साथी : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु ।

लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाईदा भएको छ ।
स्वास्नी :( खुशी हुँदै ) हो र कसरी नि ?
लोग्ने : मलाई मैले गरेको पाप को सजाए म जिउदो हुँदै पाई रहेको छु नि त ।

पुलिश :( डाँकालाई ) भोली बिहान ५ बजे तिमीलाई फासी दिईनेछ ।
डाँका : हा हा हा
पुलिश : ओए किन हाँस्दै छस ?
डाँका : किन भने म त बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु ।

एउटा बच्चा धेरै बेर देखी एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दै थियो तर सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएर सोधेछ ।
बुढा : बाबु तिमी के गर्दै छौ ?
बच्चा : अंकल यो घन्टी बजाउन चाहन्छु ।
बुढा (घन्टीको बटन थिच्दै) : ल बाबु मैले बजाइदिए, अब के गर्नु ?
बच्चा : अब भागौ .......