हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

भ्यालेन्टाइन डे को बारेमा जानकारी


      ´भ्यालेन्टाइन डे´ अर्थात् प्रेम दिवस। यो हरेक वर्ष फेब्रुअरी १४ मा मनाइन्छ। पश्चिमी समाजमा यस दिन प्रेमी–प्रेमिका एक-अर्कालाई भ्यालेन्टाइन कार्ड र रातो गुलाबको फूल दिएर आफ्नो माया अभिव्यक्त गर्छन्। मुटुरूपी चित्र, परेवा, हातमा धनुषवाण बोकेका पखेटासहितका ´क्युपिड´ लाई आधुनिक भ्यालेन्टाइन विम्बका रूपमा प्रयोग गरिन्छ।
        भ्यालेन्टाइन डे सन्त भ्यालेन्टाइनको नामबाट राखिएको हो। १९ औं शताब्दीदेखि यस दिन विभिन्न सन्देशले भरिपूर्ण ग्रिटिङ्स कार्ड आदानप्रदान गरिँदै आएको छ। ग्रिटिङ्स कार्डको अत्यधिक उत्पादन सुरु भएको पनि यही समय हो। त्यतिखेर बेलायतमा भ्यालेन्टाइन कार्ड पठाउने फेसनै चलेको थियो। सन् १८४७ मा इस्थर हाउल्यान्डले बेलायती मोडल प्रयोग गरी ग्रिटिङ्स कार्ड उत्पादन गर्ने सफल व्यापारीका रूपमा आफूलाई स्थापित गराएका थिए। कार्ड अत्यधिक रूपमा बिक्री भएपछि अमेरिकामा यस दिन सार्वजनिक विदा दिन थालियो। अहिले थुप्रै पश्चिमी देशमा भ्यालेन्टाइन डेमा सार्वजनिक विदा हुन्छ। ग्रिटिङ्स कार्ड एसोसिएसनका अनुसार यस दिन विश्वभर एक अर्बभन्दा बढी ग्रिटिङ्स कार्ड आदानप्रदान गरिन्छ। ग्रिटिङ्स कार्ड बढी बिक्री हुने क्रिसमसपछि भ्यालेन्टाइन डे नै हो। बिक्री हुने कुल कार्डमध्ये ८५ प्रतिशत महिलाले पाउने एसोसिएसनको दाबी छ।
सन्त भ्यालेन्टाइन
      सन्त भ्यालेन्टाइनबारे अझै विश्वमा एक धारणा बन्न सकेको छैन। कम्तीमा तीन भ्यालेन्टाइन थिए भन्ने किम्बदन्ती रहिआएको छ। तर यी सबै भ्यालेन्टाइनबीच एउटा समानता छ। उनीहरू तीनैले आफ्ना प्रेमिकाका लागि प्राण त्यागेका थिए। त्यो पनि एउटै दिन : फेब्रुअरी १४।
तीन भ्यालेन्टाइनमध्ये एक थिए, रोमका पुजारी। २६९ एडीमा आफ्नी प्रेमिकाका लागि शहीद भएका थिए। उनलाई भाय फ्लामेनियामा गाडिएको थियो। टर्नीका भ्यालेन्टाइन भने १९७ एडीमा टर्नीमै व्यापार गर्थे। उनलाई तत्कालीन बादशाह औरिलियनले मार्ने आदेश दिएका थिए। उनको लास पनि भाय फ्लामेनियामै गाडिएको थियो तर केही फरक ठाउँमा।
      क्याथोलिक इन्साइक्लोपेडियाले अर्को सन्तको नाम पनि भ्यालेन्टाइन रहेको उल्लेख गरेको छ, जो अफ्रिकाका कम्पनीमा आबद्ध थिए। यी सन्तबारे योभन्दा बढी उल्लेख गरिएको पाइँदैन। केही स्रोतले भ्यालेन्टाइन डेको सम्बन्ध रोमका भ्यालेन्टाइनसँग रहेको बताउँछन् भने केहीले टर्नीका भ्यालेन्टाइनँग। केही यस्ता स्रोत पनि छन् जो रोम र टर्नीका भ्यालेन्टाइन फरक नभई एउटै हुन् भन्ने तर्क गर्छन्।
प्रारम्भमा यी तीनै सन्तको नामपछाडि कुनै रोमान्टिक कथा जोडिएको थिएन। १४ औं शताब्दीमा आएर मात्र सन्त भ्यालेन्टाइन र रोमान्सबीच सम्बन्ध स्थापित गरियो। अनि रोम र टर्नीबीचको विभेद पनि एकाएक अन्त्य भयो।
       वर्ष १९६९ मा रोमन क्याथोलिक क्यालेन्डर संशोधन गरियो। संशोधनले भ्यालेन्टाइन डेलाई सामान्य क्यालेन्डरबाट हटाएर राष्ट्रिय क्यालेन्डरमा समावेश गर्‍यो। यसलाई एउटा उत्सवको संज्ञा पनि दिइयो। राष्ट्रिय क्यालेन्डरमा उल्लेख गर्नुपछाडिको कारण यस्तो थियो : ´सन्त भ्यालेन्टाइनको सम्झना निकै पुरानो भइसकेको छ। अब क्यालेन्डरमा यसले स्थान पाउनुपर्छ।´
      ´लिजेन्डा औरिया´ मा बेदीले सन्त भ्यालेन्टाइनको उल्लेख गरेका छन्। यसअनुसार सन्त भ्यालेन्टाइनले क्रिस्चियन धर्म र रोमन बादशाह क्लाउडियस द्वितीयको अपहेलना गरेको आरोप छ। क्लाउडियसले सन्त भ्यालेन्टाइनलाई रोमन आस्थामा ढाल्ने प्रयत्न गरे। भ्यालेन्टाइनले उनको प्रयास निरर्थक बनाएर उल्टो क्लाउडियसलाई नै परिवर्तन गर्ने प्रयास गरे। यसैकारण सन्त भ्यालेन्टाइनलाई झुण्ड्याइयो।
´लिजेन्डा औरिया´ मा योभन्दा बढी केही उल्लेख छैन। जुन प्रेमकथा अहिले हामी सुन्दै आएका छौं सन्त भ्यालेन्टाइनबारे, त्यो यस्तो छ : भ्यालेन्टाइन एक सन्त थिए। उनले रोमन बादशाह क्लाउडियस द्वितीयले लागू गरेको अव्यावहारिक कानुन (युवाहरू एक्लै रहनुपर्छ भन्ने) पालन गर्न मानेनन्। क्लाउडियसले उक्त कानुन आफ्नो सैन्य क्षमता मजबुत पार्न लागू गरेका थिए। विवाहित पुरुष कुशल सैनिक बन्न सक्दैन भन्ने उनको विश्वास थियो। भ्यालेन्टाइनले युवा अवस्थामै लुकिछिपी प्रेम गरे। क्लाउडियसले यो सब थाहा पाएपछि भ्यालेन्टाइनलाई पक्राउ गरी जेल पठाए। उनलाई फाँसी दिने निर्णय गरियो। झुण्ड्याइनुअघि भ्यालेन्टाइनले एक युवतीलाई पत्र लेखे, जो उनकी प्रेमिका थिइन्। यही पत्रमा एउटा लाइन कोरिएको थियो– ´फ्रम योर भ्यालेन्टाइन।´
चौसर लभ बर्ड
       भ्यालेन्टाइन डे कहिलेदेखि मनाउन थालियो? यो प्रश्नको ठोस जवाफ अझै भेटिएको छैन। भ्यालेन्टाइन र डे फरक दुई शब्दलाई पहिलो पटक एकिकृत रूपमा प्रस्तुत गर्ने व्यक्ति थिए १४ औं शताब्दीका महान् कवि जियफ्री चौसर। चौसरले सन् १३८२ मा लेखेको ´पार्लिमेन्ट अफ फाउल्स´ शीर्षक कवितामा भ्यालेन्टाइन डे समेटेका छन्। चौसरले लेखेका छन् :
फर दिस वाज सेन्ट अन सेन्ट भ्यालेन्टाइन डे
ह्वेन एभ्री फउल कमेथ दियर टु चुज हिज मेट
यो कविता चौसरले इङ्ल्यान्डका राजा रिचार्ड र एन्नीबीच सम्पन्न विवाहको पहिलो वार्षिकोत्सवका अवसरमा लेखेका थिए। १३८१ मे २ मा विवाह भएको थियो। यसको ८ महिनापछि राजारानी दुवै चौध वर्षमा प्रवेश गरेका थिए।
विश्वप्रसिद्ध नाटककार विलियम सेक्सपियरको कृति ´ह्यामलेट´ (१६००–१६०१) मा पनि भ्यालेन्टाइन डेको उल्लेख छ :
टुमरो इज सेन्ट भ्यालेन्टाइन डे,
अल इन द मर्निङ बिटाइम,
एन्ड आइ अ मेड एट योर विन्डो,
टु बी योर भ्यालेन्टाइन।
प्रेम अदालत
      फ्रान्सले सन् १४०० को भ्यालेन्टाइन डेको अवसर छोपेर राजधानी पेरिसमा ´हाई कोर्ट अफ लभ´ स्थापना गर्‍यो। लभ कोर्ट अर्थात् प्रेम अदालतले प्रेममा हुने धोका, महिलाविरुद्ध हुने हिंसालगायत मुद्धामामिला हेर्ने गर्थ्यो। वकिलहरू महिलामध्येबाट छनौट गरिन्थ्यो।
कहाँ/कसरी
     बेलायतमा भ्यालेन्टाइन डे एउटा परम्परागत दिन हो। बेलायतको नरफल्कका केही घरमा ज्याक नामधारी एक व्यक्ति ढोका ढक्ढकाउन पुग्छन्। अनि बालबालिकालाई मिठाई र केही उपहार ढोकाछेउ छोडी उनी टाप कस्छन्। बालबालिका भने यस्तो अदृश्य मानिसबारे कल्पेर तर्सिने गर्छन्। स्पेनमा पनि बेलायतमै जसरी भ्यालेन्टाइन डे मनाउने गरिन्छ।
फ्रान्स परम्परागत क्याथोलिक देश हो। यहाँ भ्यालेन्टाइन डे अन्य पश्चिमी राष्ट्रमा झैँ मनाइन्छ। डेनमार्क र नर्वेमा भ्यालेन्टाइन डे ´भ्यालेन्टिन्सड्याग´ का नामले परिचित छ। यहाँका केहीले मात्र यो दिन मनाउँदै आएका छन्। डेनमार्क र नर्वेमा सामूहिक रोमान्टिक डिनर आयोजना गरी मनाइन्छ। जहाँ प्रेमीहरू एकअर्कालाई कार्ड तथा रातो गुलाब दिने गर्छन्।
स्विडेनमा यो दिनलाई ´अल हट्स डे´ भन्ने गरिन्छ। सन् १९६० देखि स्विडेनमा यो दिन उत्सवका रूपमा मनाइँदै आएको छ। फूल व्यापारीले आर्थिक मुनाफाका दृष्टिले स्विडेनमा यस दिनलाई युवा वर्गमाझ परिचित गराएका थिए।
      फिनल्यान्डमा यो ´फ्रेन्ड्स डे´ का नामले चिनिन्छ। यस दिन फिनिसहरू आफ्ना सबै साथी सम्झने गर्छन्, न कि आफ्ना प्रेमीप्रेमिकालाई मात्र। इस्टोनियामा पनि यो दिन फिनल्यान्डमा झैँ मनाइन्छ।
      स्लोभेनियामा यस दिनबाट बोटबिरुवा तथा फूलहरू बढ्न थाल्ने जनविश्वास रहिआएको छ। कुनै पनि काम यही दिनबाट प्रारम्भ गर्दा शुभ हुने उनीहरूको मान्यता छ। स्लोभानियालीहरू यस दिन चराहरूले एकअर्कालाई प्रस्ताव गर्ने र विवाह बन्धनमा बाँधिने विश्वास गर्छन्।
     ग्वाटेमालामा भ्यालेन्टाइन डे प्रेम तथा मित्रता दिवसका रूपमा मनाइन्छ। अमेरिकी शैलीबाट ग्वाटेमाला धेरै प्रभावित छ। यस दिन यहाँ आफ्ना साथीहरूको खुलेर प्रशंसा गरिन्छ।
एसियाली देशमा भ्यालेन्टाइन डे बढी मनाउने राष्ट्रमा पर्छन् सिङ्गापुर, चीन, दक्षिण कोरिया, जापान। विश्वमै भ्यालेन्टाइन डेका दिन सबभन्दा बढी उपहारमा खर्च गर्ने देश पनि यिनै हुन्।
      भ्यालेन्टाइन डेमा जापानमा महिला कामदार आफ्ना पुरुष सहकर्मीलाई चक्लेट दिने गर्छन्। मार्च १४ मा भने चक्लेट दिने महिलालाई पुरुषले चक्लेट दिने चलन छ।
     दक्षिण कोरियामा पनि यस्तै छ। भ्यालेन्टाइन डेमा महिलाहरू पुरुषलाई चक्लेट दिन्छन्, अनि पुरुषहरू महिलालाई मार्च १४ मा क्यान्डी। जसले यी दुवै दिन केही पाउँदैनन् तिनीहरू चाइनिज रेस्टुराँमा गएर ब्ल्याक नुडल्स खान्छन्। चीनमा पनि सामान्य रूपमा पुरुषले आफ्ना प्रेमिकालाई चक्लेट र फूल दिई भ्यालेन्टाइन डे मनाउने गरिन्छ।
सभार - बेनिअन्लाईन

No Response to "भ्यालेन्टाइन डे को बारेमा जानकारी"