हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

नेपालीहरुको महान चाड शिवरात्रीको शुभकामना

आज हिन्दुहरुले भगवान शिवको पुजा आरधना गरी महाशिवरात्री मनाउँदै छन। यो हिन्दुहरुको एउटा महान चाड भएकाले आज आफ्नो घर टोल नजिकैमा शिवमन्दिरहरुमा दर्शनार्थीहरुको ठूलो भिड लाग्ने गर्दछ। यो नाम अनुसार नै शिवको चाड भएकाले यो चाड धेरै जसो हिन्दु धर्माबलम्बीहरुले मनाउने गर्दछन। आज विषेश गरी पशुपतीनाथमा नेपाल र नेपाल बाहिरका लाखौं दर्शनार्थीहरु  भगवान शिवको  दर्शन र पुजा गर्न आउने गर्दछन।

कसरी शिवरात्रीको शुरुवात भयो?
कसरी शिवरात्रीको शुरुवात भयो भन्ने बारेमा धेरै कथनहरु भए पनी समुद्र मन्थनको बेला निस्केको विष शिवले पिएर सबैलाई खतरामुक्त पारेको र त्यो विषको असरले शिवको रङ परिवर्तन भएर निलो भएको कुरा विभिन्न पौराणिक ग्रन्थहरुमा उल्लेख गरिएको पाईन्छ। त्यही निलो स्वरुपको कारण शिवलाई निलकण्ठ समेत भनिन्छ। शिवलाई विषको असर देखा पर्न थाले पछी भगवानहरुले रातभर शिवको पुजा आरधाना गर्नुका साथै विभिन्न खालका नाच गान गरेको सम्झनामा शिवरात्री मनाउन थालिएको हो भन्ने किवंदन्ती पाईन्छ। यस बाहेक शिवरात्री कसरी मनाउन थलियो भन्ने बारेमा धेरै कथनहरु रहेका पाईन्छन।

विकृतीको रुपमा:
तर आजकाल अरु चाडमा जस्तै यो पर्वमा पनी विकृती बढी फैलिएको पाईन्छ। कतिले त यसलाई भाङ, गाँजा खाने पर्वको रुपमा लिने गर्दछन। अहिलेका युवाहरुको लागी अहिले यो पर्व नशा सेवन गर्ने एउटा निहुं भएको छ। जे होस यस पर्वको आफ्नै छुट्टै विषेशता रहेको छ त्यसैले यसलाई गाजाँ खाने पर्वको रुपमा भन्दा अन्य फाईदाजनक तरिकाले मनाउने गरेमा सबैको भलाई हुन्छ।


No Response to "नेपालीहरुको महान चाड शिवरात्रीको शुभकामना"