नाइजेरियाको मुस्लिम अदालतले ८४ वर्षिय बेल्लो अबुवाकर लाई जेल पठाएको छ। अदालत भने अनुरुप चार वटा बाहेक उनले अरु सबै श्रीमतीहरु लाई सम्बन्धबिच्छेद नगरेपछि गएको सोमबार जेल चलान गरीएको हो। उनलाई धार्मिक आस्था तोडेको र गैरकानुनी रुपले धेरै विवाह गरेको आरोप लगाईएको थियो।
ईस्लामिक धार्मिक मान्यता अनुसार चार वटा भन्दा बढी विवाह गरेमा कानुन विपरीत मानिन्छ। उनले पहिले चार वटा बाहेक अरुलाई सम्बन्धबिच्छेद गर्ने हल्ला चलेपनि पछि यो हल्ला मात्रै भएको खुलासा भएको थियो। न्यायधिस अब्दुल इमम्ले उनले दायर गरेको याचिका खारेज गरी अनुशन्धानको लागी जेल चलान गर्न अनुमति दिएका थिए। उनी आफ्ना ८६ श्रीमतीहरु र १७० बच्चाहरुका साथ नाइजर मा बसोवास गर्ने गर्दछन। आफुले त्यतिका विवाह गर्न भगवानले विशेष शक्ति प्रदान गरेकाले त्यसो गरेको बताउने उनीलाई यस प्रति कुनै पछुतो छैन। अल्लाहले शक्ति प्रदान गरेकाले नै आफुले सबैलाई कन्ट्रोल गर्न सकेको उनी बताउँछन।
उनका अनुसार मुस्लिम धर्ममा कति वटा बिहे गर्ने भन्ने बारेमा कुनै कुरा उल्लेख छैन। धेरैजसो श्रीमतीहरु उनका आफ्नै सन्तानका उमेरका छन र कति त अझै कान्छा पनि छन। उनको त्यो परीवारलाई दैनिक १२ किलो चामल पकाउनु पर्दछ जसको मुल्य $९१५ पर्न जान्छ। उनले आफ्ना परीवारका कसैलाई पनि औषधि प्रयोग गर्न दिदैनन र आफैले उपचार गर्ने गर्दछन।

साभार - इमज्जा
10:28 PM
भुवन राउत

Posted in

No Response to "८६ श्रीमतीहरु भएका नाईजेरियालीको करामत"
Post a Comment