हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

त्रियुगा नदीले बगाएर दुई जना वेपत्ता


गाईघाट,  त्रियुगा नदीमा आएको बाढीले बगाएर मंगलबार बिहान उदयपुरको त्रियुगा नगरपालिका - ३ का दुई जना बेपत्ता भएका छन ।
    नदिको बाढि हेर्न गएकी करिव ४५ बर्षीया आशा राई र बाढीमा डुवेका आमाबावुको उद्धार गर्न गएका १९ बर्षीय राजकुमार चौधरी वेपत्ता भएको प्रहरी निरीक्षक खगेन्द्र खडकाले वताए । वेपत्ताको खोजी भई रहेको छ । 

उदयपुर सदरमुकाम बाढिको जोखिममा

उत्तरपूर्वबाट बग्ने बरुवा र पश्चिम दक्षिणबाट बग्ने त्रियुगा नदिको बाढीले गाईघाट बजारको सुरक्षार्थ लगाइएको तटबन्ध भत्किएपछि उदयपुर जिल्ला सदरमुकाम जोखिममा परेको छ ।
      लगातारको बर्षासँगै ति दुई नदिले बर्षौ पुरानो बाँध भत्काएपछि अहिले सर्वसाधरण त्रसित भएका छन । बरुवाको तटबन्ध दुई स्थानमा भत्की बजार क्षेत्रमा बाढी पसेर झण्डै ३ सय घर डुवानमा परेका छन । २४ घण्टायता भईरहेको बर्षा नरोकिदा नदिमा पानीको सतह बढदै गएको स्थानीयले वताए । पानीको सहत बढने क्रम नरोकिदाँ डुवानमा परेका सर्वसाधरण घरको छतमा बसेको स्थानीय मनोज कार्कीले वताए । बाढीमा परेका सर्वसाधरणको उद्दारकालागि सुरक्षाकर्मी आएपनि बाढी बढदै गएकोले उद्दारमा कठिनाई भएको उनले वताए ।
    त्यसैगरि त्रियुगा नदिमा आएको बाढिले सदरमुकामको दक्षिणमा रहेको हात्तिमारको तटबन्ध बगापछि दुई दर्जन बढि परिवार डुवामा परेका छन । तटबन्ध भत्काएपछि बाढिले कटान समेत सुरु गरेकाले दक्षिण तर्फबाटपनि बाढि सदरमुकाम तर्फ बढदै जादाँ जोखिममा परेको स्थानीयले वताए । दुवै नदिले कटान तिब्र बनाउदै गएकोले जोखिम बढदै गएको प्रहरीले जनाएको छ ।
    उद्दारको लागि सुरक्षाकर्मी परिचाल गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तकुमार उपाध्यायले वताए । उनका अनुसार डुवानमा परेका सर्वसाधरणको उद्दारको लागि सुरक्षाकर्मी परिचालन भएपनि बाढि नरोकिएकोले समस्या बढदै गएको छ ।
बाढीका तस्बिरहरु हेर्नुहोस











News by - डिल्लीराम खतिवडा
picture by - sachin shrestha 

1 Response to "त्रियुगा नदीले बगाएर दुई जना वेपत्ता"

देशभक्त नेपाली said...

समाचार सम्प्रेषणका लागी भुवन जीलाइ धन्यवाद ।
साथै उदयपुरका कुन कुन गविसहरू यो बाढीले प्रभावित भए त्यो पनि अपडेट गरिदिए हुन्थ्यो जस्तो लाग्यो ।