हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

एमएडको परिक्षामा शक्तिशाली सकेट बम भेटियो

उदयपुर, १३ भदौ
उदयपुरको त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडा परिक्षा केन्द्रमा आईतवार परिक्षा केन्द्र भित्रै शक्तिशाली सकेट बम भेटिएको छ । क्याम्पसको परिक्षा संचालन भई रहेको कोठा नम्बर १२ मा सो बम भेटिएको केन्द्राध्यक्ष रामहरी पोखरेलले जानकारी दिएको छ ।
एमएड पहिलो वर्षको शिक्षाको मनोविज्ञान विषयको परिक्षा भई रहेको समयमा हल भित्रै सकेट बम भेटिएको क्याम्पस प्रशासनले बताए । उदयपुरको गाईघाट, लहान र सिरहा क्याम्पसका विद्यार्थीहरु सहभागी रहेको सो परिक्षामा सिरहाका विद्यार्थीहरुले बम राखेको अनुमान गरिएको गरिएको छ । विगत लामो समय देखि कायम रहेको सिरहाको परिक्षा केन्द्र एकाएक उदयपुर सारीएको भन्दै सिरहाका विद्यार्थीहरुले परिक्षा बहिष्कार गर्दै आएका थिए । सो क्रममा आईतवार हुने परिक्षामा पनि सिरहाका परिक्र्षार्थीले हुलहज्जत गरि हलमा अन्य परिक्षार्र्थीलाई अमर्यादित ढगले हात समेत हातेको क्याम्पस प्रशासनले जनाएको छ । त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा शुरु हुने एमएड पहिलो बर्षको परिक्षा त्रिभुवन बिश्वबिद्यालयले नियम बिपरित परिक्षा केन्द्र सारेको भन्दै सिरहाका बिद्यार्थीहरुले परिक्षा बहिस्कार गरेका जनाएका छन् ।
त्रिभुवन विश्वविद्यालयले परिक्षा हुने समयको दुई दिन अघि मात्र परिक्षा केन्द्र सारीएकोले आक्रोसित भई अघिकांश परिक्षार्थी परिक्षामा सहभागी हुन नसकेको भन्दै उनीहरुले निर्धारित समयमा शुरु हुन लागेको परिक्षा बहिस्कार गरेका हुन् । गत ७ गतेका दिन हुने फाउण्डेसनको परिक्षा पनि सिरहा र लहानका परिक्षार्थीले होहल्ला गरि बहिष्कार गर्दा तोकिएको समय भन्दा २ घण्टा पछि परिक्षा संचालन भएको थियो भने सिरहा र लहानले बहिष्कार गरेको थियो ।
त्रियुगा जनता बहुमुखी क्याम्पसका १ सय १३ जना, लहान क्याम्पसका १ सय ३० जना र सिरहा क्याम्पसका ४ सय ११ जना गरि कुल ६ सय ५४ जना परिक्षार्थी रहेका थिए । जसमा ३ सय ५४ जना परिक्षार्थीले परिक्षा दिए भने ३ सय जना परिक्षार्थीले परिक्षा बहिष्कार गरि निष्केका थिए । परिक्षा बहिष्कार पछि परिक्षा हल परिषरमा उनीहरुले नारा बाजी गरेपछि प्रहरीले बल प्रयोग गरि मुल गे्रट बाहिर निकालेका थिए । परिक्षार्थीको प्रवेशपत्रमा सिरहा र लहान परिक्षा केन्द्र लेखिएको तथा गोरखापत्रमा प्रकासित सूचनामा समेत एकपटक तोकिएको परिक्षा केन्द्र पुनः बदल्न नपाईने सूचना गरेपनि अचानक परिक्षा केन्द्र सारेर परिक्षार्थीहरुलाई अनावश्यक दुःख दिएको सिरहा क्याम्पसका परिक्षार्थी सुभाष यादवले बताए ।
यसअघि सिरहा क्याम्पसमा संचालन हुने परिक्षा अमर्यादित हुने गरेको त्रिभुवन विश्वबिद्यालयले जनाउँदै आएको थियो । परिक्षा सुधारका लागि पटक–पटक प्रयास गर्दा समेत बिद्यार्थीहरुले क्याम्पस प्रमुखलाई दुव्र्यवहार र हातपात गरी अवरोध गरेका कारण अन्तिम समयमा परिक्षा केन्द्र सारेर परिक्षा संचालन गरिएको परिक्षाका केन्द्राध्यक्ष रामहरी पोखरेलले जानकारी दिए । सिरहाका परिक्षार्थीले परिक्षा बहिस्कार गरेपछि उदयपुरका परिक्षार्थीले परिक्षा दिएका छन ।
News by - ईश्वर तामाङ

No Response to "एमएडको परिक्षामा शक्तिशाली सकेट बम भेटियो"