हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

गाविस सचिवहरुद्धारा सामुहिक राजिनामा

उदयपुर, ९ साउन/   सशस्त्र भूमिगत गतिविधि संन्चालन गर्दै आएका संयुक्त जातीय मुक्ति मोर्चाको धम्कीका कारण उदयपुरका ४४ वटै गाविस सचिवहरुले आईतवार सामुहिक राजिनामा दिएका छन् । जिल्ला विकास समिति उदयपुरका निमित्त स्थानिय विकास अधिकारी युवराज पोखरेल समक्ष गाविस सचिवहरुले सामुहिक राजिनामा पत्र बुझाईएका हुन । उनीहरुले जिल्लामा भरपर्दो शान्ति सुरक्षा कायम हुन नसकेको भन्दै गाविसमा गएर काम गर्ने वातावरण नभएको भन्दै सामुहिक राजीनामा पेश गरिएको जनाएका छन ।

      उदयपुरको ४४ गाविसमा कार्यरत ३९ गाविस सचिवहरुले बुझाएको राजिनामा पत्रमा संयुक्त जातिय मुक्ति मोर्चाको धम्की पत्र पाएपछि मानसिक त्रास र असुरक्षा महशुस भएको भन्दै सामुहिक राजिनामा दिन बाध्य भएको गाविस सचिव हकहित केन्द्र उदयपुरका सचिव योगेश्वर खनालले बताए । मोर्चाले गत जेठ २४ गते सवै गाविस सचिवहरुलाई तुरन्त राजिनामा गर्न दवाव दिंदै पत्र पठाएको थियो । सो पत्रमा राजिनामा नदिए जस्तोसुकै कारबाही गर्ने उल्लेख छ । मोर्चाले यसअघि सवै गाविस सचिवहरुलाई तीन लाख रुपैयाका दरले चन्दा बुझाउन बारम्बार पत्र लेखेको थियो । मोर्चाले उदयपुरमा चन्दा माग गर्दै जिल्लाका विभिन्न ठाँउमा बम राखेका थिए, भने बम विष्फोटन समेत गराउँदै आएका थिए । उनीहरुले जिल्लाका व्यापारी, कर्मचारी, उद्योगीहरुसंग चन्दा अशुल्दै आएका छन ।
      गाविस सचिवहरुलाई राजीनामा गराएर गाविसमा मोर्चा आफैले स्थानीय निकाय गठन गरि काम गर्ने तयारी गरे अनुरुप राजीनामा गर्न लगाएको मोर्चाका उदयपुर ईन्चार्ज बसन्त क्रान्तिले टेलिफोनबाट  जानकारी गराए ।
      सचिवले गाविसको रकम अनियमितता गरेको जनताको काम गर्दा पैसा मागेकोले आरोप लगाउदै मोर्चाले सचिवलाई राजीनामा गर्न वाध्य पारिएको स्पष्ट पारेको छ । गाविसमा रहेको वृद्ध, अपाङ्गहरुको भत्ता खाएको योजनाको नाममा किर्ते विल भर्पाई बनाएर सचिवले सदरमुकाममा बसेर पैसा खाएकोले उनीहरुलाई गाँउबाट विस्थापित गराई आफैले काम गर्न लागीएको मोर्चाले जनाएको छ । सरकारले भरपर्दो सुरक्षाको व्यवस्था नगरे सम्म गाँउ नजाने र गाविसको काम समेत नगरे निर्णय भएको नामेटार गाविस सचिव सिताराम कार्कीले बताए । राजीनामा पछि गाविसको सम्पूर्ण कामकाज नगर्ने निर्णय भएकाले गाँउबाट आएका सर्वसाधारणको काम काजमा भने समस्या आएको स्थानीय विकास अधिकारी पोखरेलले जानकारी गराउनु भएको थियो ।
      सचिवहरुको राजिनामा पत्र बुझेपछि निमित्त स्थानीय विकास अधिकारी पोखरेलले उत्पन्न समस्याबारे स्थानीय प्रशासन, बुद्धिजिवी, संचारकर्मि, मानवअधिकारकर्मि, राजनितिक दल, स्थानीय शान्ति समिति समेतको सहभागीतामा सोमवार सर्वपक्षिय छलफल बोलाईने जानकारी गराए ।
News by - ईश्वर तामाङ

No Response to "गाविस सचिवहरुद्धारा सामुहिक राजिनामा"