हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

दोहोरो झडपमा एक दर्जन युवा घाइते

उदयपुर, १३ बैशाख 
      उदयपुर सिमेन्ट उद्योग लिमिटेडको को्ईला राख्ने भवन निर्माण सम्बन्धिको टेण्डर दर्ता गरि फर्किने क्रममा बाहिर बसेका केही समुहले आक्रमण गर्दा सोमवार स्थानीय निर्माण निर्माण सहित चार जना घाईते भएका छन ।
        प्रविण बस्नेतको नेतृत्वमा बसेका २२/२३ जनाको समुहले आक्रमण गर्दा स्थानीय निर्माण व्यवसायी शौरब कार्की, मनोज राउत, अरुण श्रेष्ट र मधु पोखरेल घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन । कारखानाले को्ईला भवनको बोलपत्र गरि अन्तिम दिन बोलपत्र दर्ता गर्न गएका निर्माण व्यवसायीलाई सो समुहले उद्योगको मुल ग्रेटमा नै छेकेर भिचत्र जान नदिई रहेको अवस्थामा कार्कीले भने बोलपत्र दर्ता गरि आएको भन्दै एक्कासी आक्रमण गरेको घाईते अरुण श्रेष्ठले बताए ।
      उद्योगले ४० लाखको लागतमा निर्माण गर्न लागेको भवनमा यसरी एक पक्षले अर्को पक्षलाई छेकेर कुटपिट गर्ेपछि स्थिति तनाबपूर्ण बनेको प्रहरीले बताए । सो आक्रमणमा घाईते भएका सबैलाई जिल्ला अस्पताल गाईघाटमा उपचार भई रहेको छ, भने टाउकोमा चोट लागेको कार्कीको थप उपचारका लागी विराटनगरस्थित विराट नसिंह होममा लगिएको छ । आक्रमणमा कार्कीको साथमा रहेको १ लाख रुपैया नगद समेत लुटेर लगेको कार्कीले बताए । झडपमा स.१ प. ७५३६ नम्बरको पल्सर मोटरसाईकल वनटेष्ट भिआर समेत गरि एक दर्जन मोटर समाईकल तोडफोड भएको ईलाका प्रहरी कार्यालय जलजलेले जनाएका छन ।
      प्रहरीले वल प्रयोग गरेर भिडलाई तितर वितर पारेपछि करीब एक घण्टा पछि स्थीती नियन्त्रणमा आएको थियो । घटनामा सङ्लग्न पाचँजनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–२ स्थित प्रविण बस्नेत, एलविन बस्नेत, सुदिप बस्नेत, प्रविण बुढाथोकी लगायत रहेको प्रहरीले जनाएको छ ।
News by - ईश्वर तामाङ

1 Response to "दोहोरो झडपमा एक दर्जन युवा घाइते"

Gajendra Budhathoki said...

गाइघाटे ठीटाहरू झडपमा उत्रने भइसकेछन बा