हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

बिद्यार्थीले सहायक क्याम्पस प्रमुखको कुर्सी जलाए




उदयपुर बैशाक १०,
     क्याम्पसले छात्रबृत्ति वितरण फाराममा शुल्क लिने निर्णय गरेको बिरोधमा आन्दोलनमा उत्रिएका दुई बिद्यार्थी संगठनले आज उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुखको कुर्सी जलाएकाछन् ।
    शुल्क लिने निर्णय खारेज गर्न माग गर्दै आएका अनेरास्ववियु र नेविसंघले क्याम्पस प्रमुख र सहायक प्रमुखको कार्यकक्षमा हिजो लगाएको ताला अखिल क्रान्तिकारीले वाईसिएल लगाएर फुटाएका थिए । बिरोधमा उत्रिएका अनेरास्ववियु र नेविसंघले आज बिहान सहायक क्याम्पस प्रमुख रमेश रोक्काको कुर्सी जलाएर क्याम्पस भवनमा समेत तालाबन्दी गरेकाछन् । 
    तालाबन्दीपछि उनीहरुले नाराबाजी गरी सदरमुकाम गाईघाटमा जुलुस निकालेर सहायक क्याम्पस प्रमुखको राजिनामा माग गर्दै शुल्क खारेजीको मागलाई निरन्तरता दिने घोषणा गरेकाछन् ।
News by -  बाबुराम भण्डारी

No Response to "बिद्यार्थीले सहायक क्याम्पस प्रमुखको कुर्सी जलाए"