उदयपुर, बैशाक १७,
एकिकृत नेकपा (माओवादी) ले निर्णायक आन्दोलनको लागि भन्दै उदयपुरमा रहेका निजीस्तरका बाणिज्य बैंक एवंम् बित्तीय संस्थाहरुमा पाँचलाख रुपैंयाका दरले चन्दा बुझाउन भनेको छ । माओवादीले सरकारी कर्मचारीहरुलाई हैसियत भन्दा बढि रकम माग गरेकाछन् । सर्वसाधारण, सामुदायिक वन, निर्माण व्यवसायी, व्यापारी, कर्मचारी, उद्योगी, ढुवानीकर्ता, यातायात व्यवसायीपछि माओवादीले बैंकहरुलाई चन्दा माग गरेका हुन् ।
उदयपुर सदरमुकाम गाईघाटमा सेवा प्रदान गरिरहेका ग्लोबल, एनआईसी, नेपाल इन्भेष्टमेन्ट बैंक, कुवेर मर्चेन्ट एण्ड फाइन्स, अन्नपूर्ण विकास बैंक, छिमेकी विकास बैंक लगायतलाई पत्येकबाट पाँचलाख रुपैयाका दरले चन्दा नदिएमा शाखा कार्यालय उठाएर लैजान चेतावनी दिएको ग्लोबल बैंकका एक कर्मचारीले नाम नबताउने सर्तमा जानकारी दिए । माओवादीले बैंकहरुलाई आफुले माग गरेजति चन्दा रकम नदिए १८ गते पछिको परिणामको जिम्मेवार आफैं हुनुपर्ने धम्की दिएको निजी बैंक सम्बद्ध कर्मचारीहरुले बताए ।
माओवादीले दुई साता अघि मात्र पुनस्र्थापना गरिएको राष्ट्रिय वाणिज्य बैंकको बेल्टार शाखाका कर्मचारीसंग १५ दिनको तलब बुझाउन दवाव दिएको बैंकका कर्मचारीले बताएका छन् । बाणिज्य बैंककै कटारी र गाईघाट शाखा तथा कृषि विकास बैंकका कर्मचारीलाई समेत स्तर अनुसारको १५ दिनको तलब माओवादीले अनिवार्य बुझाउन भनेको बैंक सम्बद्ध कर्मचारीले बताए । निर्णयक आन्दोलनकै नाममा जिल्लास्थित निजी बिद्यालयहरुसंग पनि हैसियतभन्दा बढि रकम तोकेर चन्दा माग गरिएको प्याब्सन श्रोतले जनाएको छ । तर एकीकृत नेकपा माओवादीले भने कसैबाट पनि जबरजस्ती चन्दा नमागिएको र स्वेच्छिकमात्र भएको दाबी गर्दै आएको छ ।
News by - बाबुराम भण्डारी
2:19 AM
भुवन राउत


Posted in



No Response to "निजीस्तरका बैंकहरुलाई पाँच लाखका दरले चन्दा बुझाउन दबाव चन्दा नदिए बैंक उठाउन चेतावनी"
Post a Comment