हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

बसमा आगजनी गर्ने थप तीन पक्राउ

उदयपुर, फागुन २२ ,
      बसमा आगजनी गर्ने किराँत जनवादी वर्कर्स पार्टीका थप तीन कार्याकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट तीनथान खुकुरी र छुरी समेत बरामत गरेको छ ।
      पक्राउ पर्नेमा खोटाङ्गको नुनथला गाविस–९ का देउकुमार तामाङ्ग, नुनथला–४ का दिवासन राई र प्रविन तामाङ्ग रहेकाछन् । उनीहरुलाई हिरासतमा राखी कानुनी कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक मनोज यादवले जानकारी दिनुभयो ।
      कार्यक्रम पक्राउ परेको बिरोधमा आह्वान गरेको बन्द अवज्ञा गरेको भन्दै ना३ख ३१०५ नम्वरको यात्रु बसलाई उदयपुरको त्रियुगा नगरपालिका ११ स्थित चुरे जंगलमा हिजो आगजनी गरेका थिए । पक्राउ परेका तीनैजनालाई जनही १० हजार रुपैंया दिने प्रलोभनमा पारेर आफुलाई बसमा आगजनी गर्न लगाएको संचारकर्मीहरु समक्ष स्वीकार गरेकाछन् ।
      रामपुर ठोक्सिलाबाट गाईघाट आउँदै गरेको अर्को यात्रुबसमा आगजनी गरेको आरोपमा पक्राउ परेका अन्य तीनजना माथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
News by - बाबुराम भण्डारी

No Response to "बसमा आगजनी गर्ने थप तीन पक्राउ"