हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

पक्राउ परेका वर्कसका कार्यकर्ता सार्वजनिक

उदयपुर, २३ फागुन
किराँत जनवादी वर्कस पार्टीले गरेको बन्दको सयममा यातायात संचालन गरेको भन्दै बसमा आगजनी गर्ने चार कार्यकर्तालाई प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ ।
       भुमिगत रुपमा रहेको वर्कस पार्टीका तीन कार्यकर्तालाई बसमा आजगनी गरेर भाग्दै गर्दा उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित पात्लेबासबाट गत शुक्रवार पक्राउ गरेका थिए ।
सगरमाथा राजमार्ग अन्र्तगत कदमाहा–गाईघाट सडक खण्डमा पर्ने त्रियुगा नगरपालिका–११ चुरिया जंगलस्थित चुरियामाईको मन्दिर परिषरमा नै वर्कस कार्यकर्ताले आगजनी गरेर भाग्ने क्रममा खोटाङ्ग नुनथला गाविस–९ का १७ वर्षिय देबकुमार तामाङ, नुनथला–४ का १७ वर्षिय प्रविन तामाङ २० वर्षिय दिवासन राईलाई प्रहरीले भाग्दै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक मनोज यादबले जानकारी गराएको छ ।
       पक्राउ परेकाहरुले घटना प्रयोग गरिएका घरेलु हतियारहरु समेत चुरिया जंगलस्थित पात्लेबासको दर्पन खानेपानीको मुहान भालुटागी खोल्सीमा लुकाई राखेको अवस्थामा प्रहरी नायव उपरिक्षक मनोज यादव र सशस्त्र प्रहरी नायव उपरिक्षक भेषबहादुर शाहको संयुक्त टोलीले बरामद गरेको बताएका छन ।

यसरी बरामद गरिएकामा तीन थान खुकुरी, पेट्रोल बोक्ने २ वटा गिलेन र दुई वटा ठुलो झोला रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रनाउ यादवले जानकारी दिए ।
सोही घटनामा संमलग्न रहेको नुनथला कै शिव राईलाई गाईघाट संगमटोलबाट पुन आईतवार प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुले खोटाङ्गबाट आफुहरुलाई भूमि भनिने पर्वत राईले प्रतिव्यक्ति १०÷१० हजार रुपैया दिन्छु भनि घरबाट ल्याएको बयानमा बताएका छन ।
         उनीहरुले खोटाङ्ग विजयाखर्क गाविस सचिव केदारनाथ खनालसंग ५० हजार रुपैपा र टेम्मा गाविस सचिवसंग १० हजार रुपैया चन्दा भुमि भनिने पर्वतले उठाएको जानकारी गराए । तीन दिन अघि खोटाङ्गबाट गाईघाट आएका उनीहरु ११ जनाको संख्यामा रहेको उल्लेख गरेको छ । गाईघाटबाट धरान तर्फ हिडेका ना.३ ख.३१०५ नम्बरको सविता ट्राभल्सको बस, रामपुरठोक्सिला गाविस–८ स्थित गाईघाट तर्फ आउँदै गरेको बा.३ ख ३९३ नम्बरको वर्कस कार्यकर्ताले आगजनी गरेका थिए ।
त्यसैगरि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले वर्कसका ३ कार्यकर्ता गरेको छ । पक्राउ पर्नेमा कम्व्याड पोषाक सहित १७ वर्षिय पवर्त विष्ट, १८ वर्षिय अर्जुन राई र १६ वर्षिय किरण राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
        वर्कसले गत १४ गते रामपुरठोक्सिला गाविसस्थित स्थानीय सामुदायीक वन उपभोक्ता समुहसंग चन्दा माग्दै वर्कसका एरिया इन्र्चाज धरती भनिने जीवन राईलाई प्रहरीले पक्राउ गरेको भन्दै रिहाईका लागी दबाब दिने उद्देश्यले अनिश्चितकालीन उदयपुर बन्दको घोषणा गरेको वर्कसका सहसचिव हाङ्गछा किराँतीले जनाए ।
किराँतीद्धारा आईतवार जारी गरिएको विज्ञप्तीमा भने प्रहरीले पक्राउ गरेको सबै सर्वसाधारण भएको पार्टीको कार्यकर्ता नरहेको समेत उल्लेख गरिएको छ । तर प्रहरीले यसरी सर्वसाधारण मानिसलाई पक्राउ गरि यातना दिने काम भएमा र पक्राउ परेको आफना कार्यकर्ता रिहाई नगरेमा हिसात्मक र सशस्त्र पक्राउ परेकालाई रिहाई नगरे सम्म बन्द जारी रहने त्यसमा कसैले पनि अबज्ञा गरेको खण्डमा जहाँ भएपनि ढिलो चाँडो प्रतिकार गरिने वर्कसले जानकारी दियो ।
News by: ईश्वर तामाङ

No Response to "पक्राउ परेका वर्कसका कार्यकर्ता सार्वजनिक"