हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

गज़ल

नछानेको हैन मैले पाई'न के गरौं ?
नमानेको हैन माया लाई'न के गरौं ?

प्रेमिकाको पुष्प रानी गुलाबी ति थुंगा ,
नहानेको हैन चुल्ठो छाई'न के गरौँ ?

हृदयका पाना भरि पिरती लेख्नेले
नजानेको हैन गीत गाई'न के गरौँ ?

इशाराको तिर हानी बोलाई नजिकै
नभनेको हैन बाचा खाई'न के गरौं ?

दोबाटोमा भेट्दा खेरि हातैमा समाई
नतानेको हैन यतै आई'न के गरौं ?
by - आशांक उपाध्याय

1 Response to "गज़ल"

aashu said...

m lai sadhai man parne gazalkar ko gazal rakhnu bhako raichha khushi lagyo, dhanyabaad.