हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

बालबच्चा विद्यालय पठाउन आमाहरुको होड

         खोटाङ २६ माघ – विद्यालय नियमित आउने विद्यार्थीका आमालाई विद्यालयले पुरस्कृत गर्न थालेपछि, खोटाङ जालपाका आमाहरुविच छोराछोरी नियमित विद्यालय पठाउनेको होड नै चलेको छ ।
       जालपा उच्च मावि, सिंहदेवी प्रावि, ज्योति प्रावि र सिताला प्राविले यसरी पुरस्कृत गर्ने गरेपछि, आमाहरु विच होड चलेको हो । विद्यार्थी विद्यालयमा कम मात्रै उपस्थित हुनेगरेपछि, ल्याइएको यो कार्यक्रमले अभिभावकहरुले नियमित विद्यालय पठाउन शुरु गरेको ज्योति प्राविका प्रधानाध्यापक सोमनाथ पाण्डेले बताए । अभिभावक सावित्रा श्रेष्ठले भनिन्– ‘अहिले कुनै पनि दिन म विद्यालय नजाऊ भन्दिन, जसरी भएपनि पठाउछु ।’ त्यस्तै अर्का अभिभावक झुक्कीमाया राईले पनि आफ्नो घरमा  जस्तो सुकै काम भएपनि वालवच्चाहरुलाई सधै पठाउने गरेको वताइन् । व्यावहारिक र रोजगारमुलक शिक्षामा जोड दिदै आएको जालपा उच्च माविले पनि विद्यार्थी विद्यालय नआए, अभिभावकलाई जानकारी गराउने गरेको शिक्षक धनप्रताप राईले बताए ।
News by - दिलीप खत्री / amurta fm 

No Response to "बालबच्चा विद्यालय पठाउन आमाहरुको होड"