लहान, फागुन, दलित तथा सुकुम्वासीहरुको पक्षमा जोडदार आवाज उठाउदै आएका मातृका नेतृत्वका नेकपा माओवादी कार्यकर्ताकोहरुको एक समूहले धनगढीको जिरोमाइलका एक सिगै परिवारलाई गाउ निकाला गरेका छन् ।
धनगढीको जिरोमाईल निवासी रामचन्द्र पालका सम्मपुर्ण परिवारलाई बस्दै आएको घरबाट गाउ निकाला गरेका छन् । विष्णुपुरकट्टी निवासी यादव महतो थरका करिब दूई दर्जनको समूहमा आएका कार्यकताहरुले पालसहित उनका सम्म्पुर्ण परिवारजनलाई कुटपिट गरी गाउं निकाला गरेको स्थानीयवासी जगदीस साहले बताए । पीडित पाल अहिले उनका दूई छोराछोरी र पत्निसहित भागेर गोलबजारमा आफन्तको सरणमा बसेका छन् ।
‘छोराछोरीको लुगा समेत लिन नदिइ घर निकाला गरे ,आफु माओवादी द्वन्द्वकालमा माओवादीमा नै लागेकाले त्यतिबेला ढेड बर्ष जेल जीवन विताए पनि अहिले सोही माओवादीहरुले आफु र आफ्ना परिवारलाई कुटपिट गर्दै घर निकाला गरेको पिडित राम चन्द्रपालले आखाबाट आशु झार्दै दुःखेसो सुनाए ।
स्थानीय देवमनी लामासंग किनेको ९ कठ्ठा १६ धुर घडेरीमा १९ बर्षदेखि घर बनाएर पाल बस्दै आएका छन् । पालले किनेको घडेरी मध्ये ३ कठ्ठाको मात्रै नम्बरी भएकोले उक्त जग्गा रजिष्ट्रेसन भएको थियो । बांकीको जग्गा ऐलानी रहेको बताए । पालले उक्त लामाबाट ८२ हजारमा किनेको थियो भने हाल जग्गाको मूल्य करोडौ बराबर भएको छ । उक्त जग्गा हाइवेसंग जोडिएकोले मूल्य आकाशिएको भूमाफियाहरुको कथन छ ।
पाललाई एक सातादेखि नै जग्गा खाली गर्न धम्की दिइदैं आइरहेको थियो भने विहीवार पूनरावेदन अदालत राजविराजमा भएको बहसले निषेधाज्ञा समेत जारि गरी सकेको उनले बताए ।
घर निकाला गरेको आरोप लागेका माओवादी कार्यकर्ता चौधरी महतोले भने ‘पालले अरुको जग्गामा राखेको कटघारा मात्रै उठाएर उनको जग्गामा राखी दिएको हो । घर तोडफोड र उनीहरुलाई कुटपिट आफूहरुले नगरेको हो ।’ लामाका छोरा सुरेन्द्रमनीले पालले घर बनाएको जग्गा मालपोत छुटमा दर्ता भएकोले जग्गा आफ्नै भएको दावी गर्दै आएको छ ।

news by - रोहित कुमार मण्डल
No Response to "माओवादीद्धारा सिगै परिवार गाउ निकाला"
Post a Comment