उदयपुर, फागुन ३ / आफ्ना कार्यकर्तालाई प्रहरीले कुटपिट गरेको भन्दै एकीकृत नेकपा माओवादीका कार्यकर्ताले सोमबार बिहानैदेखि बेल्टार बजार बन्द गराएपछि स्थानीयबासीको प्रतिकार गरी खोलेकाछन् । उनीहरुले माओवादी बिरुद्ध नाराबाजी गर्दै बिहानैदेखि बन्द रहेका बजार, पसल खोलेका हुन् । प्रसुति भवनको सिलान्यास गर्न हिजो (आईतबार) उदयपुरको बेल्टार पुग्नु भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री उमाकान्त चौधरीलाई कालोझण्डा देखाउने क्रममा प्रहरीसंग भएको दोहोरो झडपमा सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक भेष बहादुर शाह सहित एमाओवादीका दुई, नेपाली कांग्रेसका दुई सहित पाँचजना घाईते भएका थिए ।
एकीकृत माओवादीका कार्यकर्ताले मन्त्री चौधरीले आसन ग्रहण गरे लगत्तै कालो झण्डा देखाउँदै ढुंगामुडा गरेका थिए । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन तीन राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको थियो । प्रहरीले पक्राउ गरेका एकिकृत माओवादीका १२ कार्यकर्ताहरुलाई भने हिजो साँझ नै छाडिएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
माओवादीले हिजो साँझ बेल्टार बजारमा मसाल जुलुस निकालेर कांग्रेस कार्यकर्ता शुसिल सेढाई लगायत ६ जनालाई भौतिक कार्बाही गर्ने घोषणा गरेकाछन् । यसैबीच समस्या समाधान गर्न आज सोमबार अपरान्ह बेल्टार बजारमा सर्वपक्षिय बैठक बस्ने र गल्ती गर्ने जोसुकैले पनि माफी माग्ने नेपाली कांगेसका कार्यकर्ता शुसिल सेढाँईले जानकारी दिनुभयो ।
News by - बाबुराम भण्डारी / Photo - ganesh

No Response to "ए. माओवादीको बन्द बिरुद्ध स्थानीयबासिन्दाद्धारा प्रतिकार"
Post a Comment