सुबास 'आम्बोटेली' को गज़ल
बाल्यकालमा चरणको बाटो यही थियो
कस्तो लेखा मिलन अनि फाटो यही थियो
कति मिठो आहा ! तिम्ले बनाएकि खान्की
तिउन र च्याख्ला पाक्ने माटो यही थियो
दोभानले पाखालेका चिप्लेटिका ढुंगा
हाम्रो लागी ढिकी अनि जातो यही थियो
सृंगारिन्थेउ दुलहीझैँ कैले बन्थेउ लाटी
तिम्रो लागि दुलाहा र लाटो यही थियो
लहरामा फैलिएका भोर्ला का यी पात
पिपिरीलाई बाजा अनि छातो यही थियो
-सुबास 'आम्बोटेली' पलहरु (गजल संग्रह)
कस्तो लेखा मिलन अनि फाटो यही थियो
कति मिठो आहा ! तिम्ले बनाएकि खान्की
तिउन र च्याख्ला पाक्ने माटो यही थियो
दोभानले पाखालेका चिप्लेटिका ढुंगा
हाम्रो लागी ढिकी अनि जातो यही थियो
सृंगारिन्थेउ दुलहीझैँ कैले बन्थेउ लाटी
तिम्रो लागि दुलाहा र लाटो यही थियो
लहरामा फैलिएका भोर्ला का यी पात
पिपिरीलाई बाजा अनि छातो यही थियो
-सुबास 'आम्बोटेली' पलहरु (गजल संग्रह)
1 Response to "गज़ल"
nice gazal keep it up
Post a Comment