हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

जग्गाको मुआव्जामा समानता नभएको भन्दै सडक पक्की गर्ने काममा अवरोध

           खोटाङ २६ माघ – जग्गाको मुआव्जामा समानता नभएको भन्दै खोटाङ दुर्छिमवासीद्धारा जयराम–हलेसी सडक पक्की गर्ने काममा अवरोध गरेका छन् । सडकले मिचेको जग्गाको मुआव्जामा समानता नभएको भन्दै दुर्छिमका स्थानीयवासीले जयरामघाट–हलेसी सडक पक्की गर्नकालागि सडक सम्याउदै आएको डोजरलाई रोकेका छन् । उनीहरुले दुर्छिम र हलेसीका जग्गा धनीलाई फरक–फरक दरमा मुआव्जा दिने निर्णय भएको भन्दै टिसिआइएल सन्तोषी स्वच्छन्द जोइन्टभेन्चर निर्माण कम्पनीको डोजरलाई रोकेका हुन् । उनीहरुले दुर्छिमलाई प्रतिरोपनी एक लाख र हलेसीलाई प्रतिरोपनी तीन लाख रुपैंया मुआव्जा दिन लागेको भन्दै सडक सम्याउदै आएको डोजरलाई रोकेका हुन् । उनीहरुले मुआव्जा नपाएसम्म सडक पक्की गर्ने काम गर्न नदिने बताएका छन् । निर्माण कम्पनीले मुआव्जा दिनुभन्दा पहिले सडक कालोपत्रे गर्ने काम शुरु गरेको भन्दै डोजरलाई रोकेको स्थानीयबासीहरुले बताएका छन् । उनीहरुले सडक पक्की गर्ने काम गर्नुअघि सडकले मिचेको जग्गाको मुआव्जा दिनु पर्ने माग गरेका छन् ।
             कम्पनीले केही महिनाअघिदेखि हिले–हलेसी सडक पक्की गर्ने काम गरिरहेको छ । सडक हिलेपानीदेखि ४० किलोमिटर पक्की गरिने भएको छ । भारत सरकारको ४० करोडको सहयोगमा सडक पक्की गर्ने काम शुरु भएको हो । अहिले ओखलढुङ्गातर्फको आठ किलोमिटरको स्तर बृद्धि सकिन लागेको कम्पनीले जनाएको छ । निर्धारित समयमा पक्की गरिसक्नका लागि प्रोजेक्टले ४० दक्ष जनशक्तिसहित डेढ सय बढी कामदार परिचालन गरेको छ । सडक पक्की गर्नकालागि तीनवटा स्काभेटर, एउटा डोजर, चारवटा टिफर, तीन वटा ट्याक्टर प्रयोग गरिरहेको जनाएको छ । तर दुर्छिमका जग्गा धनीले मुआव्जाको नाममा गरेको अवरोधलाई सुल्झाउनतिर ध्यान नगए समयमै सडक पक्की गर्ने काम हुन नसक्ने स्थानीय युवा नेता अकिल राईले बताए ।
समाचार लेखक - दिलीप खत्री / amruta fm

No Response to "जग्गाको मुआव्जामा समानता नभएको भन्दै सडक पक्की गर्ने काममा अवरोध"