हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

मदन भण्डारी हत्याकाण्डमा प्रचण्डको संलग्नता रहेको एमाले केन्द्रीय सदस्य खतिवडाको दाबी

उदयपुर, माघ १३
        नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको हत्यामा भारतीयहरुको हात रहेको भन्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिले उक्त हत्याकाण्डमा स्वयंम् अध्यक्ष प्रचण्डको संलग्नता हुनसक्ने नेकपा एमालेका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले दाबी गर्नुभएको छ ।
उहाँले मदन भण्डारी हत्यामा भारतीयहरुको हात रहेको भन्दै प्रचण्डले सार्वजनिक कार्यक्रमहरुमा अभिव्यक्ति दिएर उक्त हत्याकाण्ड पछाडि आफ्नै पार्टीको संलग्नता स्वीकार गरेको बताउनु भयो ।
       प्रेस चौतारी उदयपुरले सदरमुकाम गाईघाटमा आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै केन्द्रीय सदस्य खतिवडाले प्रचण्डलाई उक्त हत्याकाण्डबारे थाहा हुँदाहुँदै चालक अमर लामाको हत्या गरेर घटनालाई लुकाउन खोजेको आरोप लगाउनु भयो ।
       प्रचण्डले आफु सरकारमा हुँदा त्यसबारे केहि नबोलेको र सरकारबाट बाहिरिए लगत्तै हत्याकाण्डमा भारतीयहरुको हात रहेको बताएर मदन भण्डारीको नाममा जनताहरुलाई भड्काउन खोजेको टिप्पणी गर्नुभयो । उहाँले मदन भण्डारीको हत्यामा भारतीय संलग्नता देखाउनु भन्दा अमर लामाको हत्याको पोल खोल्न माओवादीलाई आग्रह गर्नुभयो ।
       खतिवडाले लोकतन्त्रको बिधी पालना गरे माओवादीलाई सरकारमा स–सम्मान सहभागी गराउन सकिने जानकारी दिनुभयो । एकीकृत माओवादीकै कारण प्रमुख दलहरुबीचको एकता बिखण्डीत हुँदै गएको दाबी गर्दै उहाँले माओवादी स्वप्नशिलताको निर्णय गर्दै अघि बढेको बताउनु भयो ।
      प्रचण्ड प्रधानमन्त्री हुँदा राष्ट्रियताको बिषयमा एकशब्दपनि नउठाएको स्मरण गराउँदै नेपाली राष्ट्रियताको ऐजेण्डा सवै राजनीतिक दलको भएको बताउनु भयो । केन्द्रीय सदस्य खतिवडाले सरकारमा पुग्नका लागि एकीकृत माओवादीले राष्ट्रियता र नागरिक सर्वोच्चताको बिषयलाई दुरुपयोग गरेको बताउनु भयो ।

News by - बाबुराम भण्डारी  /  तस्विर - इस्वर तामाङ

2 Response to "मदन भण्डारी हत्याकाण्डमा प्रचण्डको संलग्नता रहेको एमाले केन्द्रीय सदस्य खतिवडाको दाबी"

नबिनकुमार कार्की said...

हाम्रो देशको नेताको बोलीको टुंगो छैन . मेरो पानी एउटा blog छ हेरिदिनुस अनि कमेंट्स पानी गर्नुस है www.nbsansar.blogspot.com .

Unknown said...

Teri ma chor ta la e,