हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

चन्दा आतंक मच्चाएको आशंकामा एक दर्जन गिरफ्तार

उदयपुर, माघ १२ 
         पुर्वी पहाडी जिल्लामा चन्दा आतंक मच्चाउँदै आएको आशंकामा प्रहरीले आज अपरान्ह उदयपुर सदरमुकाम गाईघाटबाट एकदर्जन बढीलाई पक्राउ गरेको छ ।
      जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गोप्यरुपमा परिचालित प्रहरीको टोलीले गाईघाट बजारमा रहेको दिक्तेली मेलिना होटलबाट दिउसो ११ बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुको नाम र ठेगाना प्रशासनले सार्वजनिक गर्न मानेन । पक्राउ परेका व्यक्तिहरुको साथबाट चन्दा रसिद बरामद गरेको प्रहरीले जनाएको छ ।
        केहि महिनायता उदयपुरका व्यापारी, व्यवसायी र गाबिस सचिवहरुलाई धम्कीपूर्ण पत्र लेखी एकलाख रुपैंयाभन्दा बढि रकम चन्दा माग गर्दै आएको थियो । उनीहरुले मोबाईलको बिभिन्न नम्बर प्रयोग गरी व्यापारीहरुलाई चन्दा माग गर्दै धम्की समेत दिंदै आएको प्रहरीको भनाईछ  ।
          गिरफ्तार सबैलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक मनोज यादवले जानकारी दिनुभयो ।

News by - बाबुराम भण्डारी

No Response to "चन्दा आतंक मच्चाएको आशंकामा एक दर्जन गिरफ्तार"