हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

नेपाल सिक्किमीकरण हुने ठूलो खतराः गजुरेल

उदयपुर, २०६६ माघ ९
    माओवादीका केन्द्रीय सचिव सीपी गजुरेलले बाहृय हस्तक्षेप चरमरुपमा बढ्दै गएकाले नेपाल सिक्किमीकरण हुने ठूलो खतरा बढेको वताएका छन् ।
    उदयपुरको सदरमुकाम गाईघाटमा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता गजुरेलले मुलुकको स्वाधिनतामा भारतले हस्ताक्षेप गरेकोले सिक्किमीकरण हुने खतरा भएको वताए । उनले विदेशी हस्तक्षेपलाई निर्मूल पार्न सबै देशभक्त व्यक्ति र पार्टी एक ठाउँमा उभिनु पर्ने अबस्था आएको उल्लेख गरे ।
     पूर्वाञ्चल ब्यूरो इन्चार्ज समेत रहेका नेता गजुरेलले सबै देशभक्त मिलेर मुलुकमा स्वाधिनता आन्दोलनको आँधिबेहेरी सिर्जना नगरे भारतीय विस्तारवादले देशको स्वाधिनतामाथीको हस्तक्षेप अझै बढाएर लैजाने बताए । उनले जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजन गर्नु हदैन भन्ने भारतीय स्थल सेना प्रमुख दीपक कपुरको भनाईले मुलुकको शान्ति प्रक्रिया र स्वतन्त्रता माथि नै ठूलो चुनौती दिएको बताए ।
उनले नेपालमा नयाँ संविधान बन्न नदिने र संविधानसभा भङ्ग गर्ने षड्यन्त्र भइरहेको वताए । उनले भने समग्र गत्याबरोधको अन्य गर्न र शान्ति प्रकृयालाई पुरा गर्न माओवादी जनसंविधान निर्माणका निम्ति क्रियासिल रहेको छ ।   
मधेसवादी दलहरुले भारतसाग जोडिएको भु(भागको मात्र चिन्ता गरेको दाबी गर्दै उनले नेकपा एमालेको संस्थापन पक्ष भारत परस्त रहेको आरोप लगाए । माओवादीले भारतका शर्त र एजेण्डा नमानेकै कारण सरकारबाट हट्नु परेको स्पष्ट पार्दै गजुरेलले महाकाली सन्धीपछि एमाले नेतृत्व भारतीय इसारामा चल्न थालेको दाबी गरे ।
    गजुरेलले माओवादीले नेपाल बन्द लगायत बन्द हडतालका कार्यक्रमलाई क्रमश कम गर्दै लागीने वताए । उनले भने संघर्षका अन्य असरदार कार्यक्रमलाई प्रयोगमा ल्याइनेछ ।नेपालको परिवर्तनको असर भारतमा तत्काल पर्ने र भारतीय माओवादीहरु शसक्त बन्ने डरले भारतले माओवादीलाई समाप्त पार्ने खेल खेलिरहेको नेता गजुरेलले वताए । किराँत, लिम्बुवान र शेर्पा गणराज्यद्वारा यहाँ आयोजित संयूक्त जनसभालाई सम्बोधन नेता गजुरेल बिहिबार आएका थिए ।
news by- dilliram khatiwada

No Response to "नेपाल सिक्किमीकरण हुने ठूलो खतराः गजुरेल"