हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

गाउँका गाउँ गाँजाखेती र प्रशासन हेर्याहेर्यै

 उदयपुर, जिल्लाको दुर्गम पश्चिमी क्षेत्रमा पर्ने आधा दर्जनबढी गाविसमा र्सवसाधारणले वर्षौंदेखि खुलेआम गाँजाखेती गर्दै आएका छन्।
मंसिरमा खेतमा झुलेको लहलहाउँदो धानको बालाजस्तै फक्रेको गाँजाको कोथा थोरैले मात्र देखेका होलान् तर व्यावसायिक रूपमै गाँजाखेती गरेको हेर्न उदयपुर जिल्लाका पश्चिमी क्षेत्रमा पर्ने दुर्गम गाविसमा पुग्नुपर्ने हुन्छ।
त्यस क्षेत्रमा पर्ने लिम्पाटार, ओख्ले, रूपाटार, ठानागाउँ, इनामे, लेखगाउँलगायतका आधा दर्जन गाउँ विकास समितिमा तर्राईमा लगाएको व्यावसायिक कोलाखेतीजस्तै फक्रिएको गाँजाको हरियो वन देख्न सकिन्छ। मंसिरमा धान काट्ने हतारो भएझैं त्यस क्षेत्रमा गाँजाखेती गर्दै आएका किसानहरू यति बेला गाँजा काटेर व्यवस्थित रूपमा थन्क्याउने र केही काट्ने तयारीमा लागेका छन् भने कतिपय गाँजा खरिदकर्तासँग समन्वय गर्न जुटेका छन्।
अन्य दैनिक उपभोग्य सामग्री उत्पादन नहुने त्यस क्षेत्रमा गाँजाका बिरुवा भने राम्ररी सप्रिएको देख्न सकिन्छ। घरबारी होस् या खरबारी, जताततै गाँजा लगाइएको छ। त्यतिले मात्र नपुगेर सडक र विद्यालयआसपासमा समेत लगाइएकाले त्यस क्षेत्रको गाँजा स्थानीय बासिन्दाको मात्र आम्दानीको स्रोत नभई प्रहरीको समेत अतिरिक्त कमाइ गर्ने प्रमुख माध्यम बनेको पुष्टि हुन्छ।रूपाटार र लिम्पाटार गाविसमा रहेका प्रहरीचौकीको त कुरै छाडौं, स्थानीय विकासमन्त्री पूर्णकुमार सेर्मालाई ग्रामीण सडक निरीक्षणका लागि एस्कर्टिङ गर्दै गएका सशस्त्र र नेपाल प्रहरीका पदिक र जवानहरूले समेत गाँजाखेती देखेर पनि नदेखेझैं गरे। मुलुकको राज्यसत्ता सञ्चालन गर्ने मन्त्रीले गाडीबाट ओर्लेर गाँजाखेती नियाल्दा प्रहरी र स्थानीय बासिन्दा दुवैमा सामान्य डरत्राससमेत देखिएन।
गाउँमा गाँजा तयार भएपछि कटारीबजारमा भारतीय नोटको अत्यधिक चलखेल हुने गर्दछ। बजारमा मन्सुली चामल, मासु र लत्ताकपडाको खपतमा वृद्धि हुनुका साथै सुनको कारोबारसमेत बढ्ने गर्दछ। समाचारस्रोतका अनुसार अघिल्लो वर्षमात्र एकै व्यक्तिले ३५ लाखबराबरको गाँजा बिक्री गरेको जनाइएको छ। गाँजाखेतीको विस्तारसँगै अवैध व्यापारको संरक्षणका लागि त्यस क्षेत्रका बासिन्दाहरू संगठितसमेत भएका छन्।
‘जनयुद्ध’ का बेला गाँजा काटेर मिल्काइदिने माओवादी तथा नेपाली कांग्रेस, एमालेलगायतका राजनीतिक दलका नेतासमेत भोट बिग्रिने डरले यति बेला केही बोल्न चाहँदैनन्। माओवादी जनयुद्धताका केही वर्षबन्द भएको त्यस क्षेत्रको गाँजाखेतीले हाल आएर पुनः व्यापक रूप लिएको छ।
त्यहाँ उत्पादित गाँजा भारतीय व्यापारीहरूले गाउँमै गएर खरिद गरी उदयपुर र सिन्धुलीको सिमानामा पर्ने कमलाखोंचको बाटो हुँदै भारततर्फनिर्यात गर्ने गरेको बताइन्छ।
व्यावसायिक गाँजाखेतीका बारेमा प्रमुख जिल्ला अधिकारी मधुसूदन बुर्लाकोटीसँग जिज्ञासा राख्दा आफूले सामान्य जानकारी पाएको भए पनि पर्याप्त प्रहरी सुरक्षाकर्मीको अभावमा तत्काल कारबाही अगाडि बढाउन नसकेकोमा त्यस क्षेत्रमा रहेको प्रहरीलाई उक्त विषयमा निर्देशन गरिसकेको बताउनुभयो। पञ्चायतकालदेखि सो क्षेत्रमा हुँदै आएको व्यावसायिक गाँजाखेती फस्टाउने क्रममा व्यवसायीहरूले किसानको जग्गा लिजमा लिएरसमेत खेती गर्दै आएका छन्।
गाँजा बिक्रीबाट प्राप्त आम्दानीले त्यस क्षेत्रका बासिन्दाले घरव्यवहार र गुजारा मात्र चलाएका छैनन्, सदरमुकाम गाईघाटलगायत विभिन्न क्षेत्रमा घरघडेरीसमेत जोडेका छन्। गाँजाखेती गर्नेहरू संगठित रूपमा रहेकाले त्यसविरुद्ध राजनीतिक दलदेखि अन्य निकायले समेत आवाज उठाउन नसकेको जनाइएको छ।

news by-कुशलबाबु बस्नेत

No Response to "गाउँका गाउँ गाँजाखेती र प्रशासन हेर्याहेर्यै"