उदयपुर,७ माघ — एकीकृत माओवादी नेता सी पी गजुरेलले सेना समायोजन हुन नदिएर भारतले नेपालमा गृहयुद्ध चर्काउन खोजेको वताए ।
उदयपुरको सदरमुकाम गाईघाटमा बिहिवार किरात लिम्वुवान र शेर्पा गणराज्यद्धारा आयोजित संयुक्त जनसभालाई सम्वोधन गर्दै उनले रक्षामन्त्री विद्यादेवी भण्डारीको पछिल्लो अभिव्यक्ति त्यसैको परिणाम भएको दावी गरे ।
केन्द्रीय सचिव तथा पूर्वाञ्चल व्यूरो इन्चार्ज समेत रहेका नेता गजुरेलले राष्ट्रिय स्वाभिमान, राष्ट्रिय एकता र सार्वभौमिताको रक्षामा माओवादीले आन्दोलन सुरु गरिसकेको वताए । उनले भने तत्कालीन अग्रेजका गुलाम बनेका भारतीय विस्तारवादीको गृहयुद्ध चर्काउने योजना माओवादीले असफल पारेरै छाड्ने छ । नेपाली सेना प्रयोग गरेर माओवादीलाई ठिक लगाउने भारतीय प्रपंचबाट माओवादी कहिल्यै विचलित नहुने गजुरेले वताए । उनले भारतीय इसारामा चलिरहेको वर्तमान सरकार भारतीय सेनापतिले नेपालमाथी ठाडो हस्तक्षेप गर्दा समेत मुकदर्शक बनिरहेको समेत वताए ।
सभालाई सम्वोधन गर्दै नेता गजुरेलले नेपालमा संघीय गणराज्यको कुरा माओवादीले जनयुद्धकालमै उठाएको वताए । जनताको संघीय चाहनामाथी आक्रमण हुन थालेकाले सहमति अगावै माओवादीले संघीय राज्य घोषण गर्नुपरेको गजुरेलले प्रष्ट्याए । उनले भने “माओवादीलाई सर्मथन गरेकैले मधेसी जनअधिकार फोरमलाई भारतले फुटाएको हो ”। माओवादी क्रान्ति जारी रहेको तर संघर्षको रुपमात्र फेरिएको उनले वताए । नेता गजुरेलले भने विदेशी प्रतिक्रियावादीले चाहे जस्तो सविधान वनाउन माओवादीले कहिल्यै दिदैन । जनताको संघीय गणतन्त्रको सविधानले मात्र सवै समस्या समाधान गर्ने नेता गजुरेलले वताए । सडक र सदन दुवै आन्दोलन सशक्त भएमात्र जनाताले चाहे जस्तो सविधान निर्माण हुनसक्ने उनले दावी गरे ।
संखुवासभा, इलाम, सोलुखुम्वु , धनकुटा , भोजपुर, ओखलढुगा, खोटाङ र उदयपुरका राज्य र जिल्लास्तरीय नेता तथा कार्यकर्ता सभामा सहभागीता रहेको थियो
news from- dilliram khatiwada