हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कबितामा गाईघाट - भागवत राउत

गाईघाट !!!
वरुवा र त्रियुगाको चेपुवामा परेर
औलो ले थलीएर
धेरै ढिलो वैंस आएको भएतापनि
जवानीको पीङ्गमा मच्चदै
वैंशको सगरमाथा चढ्न शुरु गरेकी
भर्खर भर्खर यौवन संग भेट भएकी
कुनै रुपवति र गुणवत्ति युवति जस्तै
राम्री छे गाईघाट ।
वरीपरी हरीयाली र उपत्यका भित्र
वरुवा र त्रियुगालाई छल्दै झुक्याउँदै
आफ्नो (कुमारीत्व)अस्तीत्वलाई वचाई राखेकी छे
मधेस र पहाडको विचमा
मित्रताको हात वढाएकी छे
दुई फरक रितिरिवाज भएका
तराई र पहाडवासीलाई
मित्रताको डोरीमा वाँधेकी छे ।

घरी घरी मेरो मन खोस्छ
वसाँई हिंडन लागेको पाइला रोक्छे
माया लाउँछे
विभिन्न ठाऊँका मान्छे डाक्छ
गाईघाटको छाति चिर्दैसजिसजाउ कपडामा ठाँटिएर हिँडेका
एकहुल युवतीलाइ
कपडैसरी भिजेको हेर्नमनलाग्दा
एकहुल वादलहरु÷वादलका ठूला डफ्फाहरु
रौता पोखरीवाट पानी लिएर आउँछन् र
छ्याप्प छेप्छन्
गाईघाटलाई निथु्रक्क भिजाउँछन् र गिज्याउँछन्
मुसलधारे पानि छया्पेर भाग्छन्
फेरी तारेभीरको चेपवाट
घामका किरणले चियाउँदा
त्यसै त्यसै स्नीग्ध र कञ्चन हुन्छे
शुभ्र र सेती देखिन्छे गाईघाट ।

लेखक - भागवत राउत

No Response to "कबितामा गाईघाट - भागवत राउत"