हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

समयमा संविधान निर्माण हुन नसकेमा देश गम्भिर संकटमा - नेपाल

बेल्टार,उदयपुर, २७ फागुन 
      प्रधानमन्त्री माधवकुमार नेपालले तोकिएको समयमा संविधान निर्माण हुन नसकेमा देश गम्भिर संकटमा जाने बताउनु भयो । शिवीरमा भएको लडाकुलाई समायोजन नगरे सम्म संविधान निर्माण हुन नसकने भएकोले सबैको सहमति भएमा जेठ १४ गते भित्रमै संविधान बन्न सक्ने, नत्र ८० दिनमा सबै काम पुरा गर्न गाह्रो हुने जानकारी दिनु भयो । यसरी निर्धारित समयमा संविधान निर्माण नभएमा देशमा संबैधानिक संकट पैदा हुन उहाँको तर्क रहेको थियो ।
      उदयपुरको बेल्टार बजारमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको बुधवार लालीक अनावरणपछि सभालाई सम्बोधन गर्दै सो कुरा व्यक्त गर्नु भएको हो ।  बर्तमान सरकारको मुख्या काम भनेको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनु रहेको जानकारी उहाँले दिनु भयो । जसमा शिवीरमा भएको लडाकुहरुलाई पुनःस्थापना  तथा समायोजन गरि शिवीर खाली गराउनु पहिलो सर्थ रहेको उहाँको भनाई रहेको थियो ।
      लडाकुलाई पुनःस्थापना गरि सकेपछि संविधान निर्माण गरि मुलुकलाई लोकतान्त्रिक पद्धतीमा लाने र राज्यको पुनसंरचना गरि संसदको निर्वाचने गर्ने जिम्मा यस सरकारको रहेको प्रधानमन्त्रीले बताउनु भयो । प्रधानमन्त्री नेपालले माओवादीलाई हिसांको राजनिति छाडेर सहमतीमा आउन आग्रह गर्दै, सहमती अनुसार सबैको विश्वास जितेमा माओवादीलाई सत्ता छाड्न एमाले तयार रहेको बताउनु भयो ।
      तर त्यसका लागी माओवादीले जबरजस्ती रुपमा कव्जा गरिएका घर जग्गा लुटिएका व्यक्तिगत सम्पती फिर्ता गर्नु पर्ने, गाली गलौज, धम्कि, विद्रोहको भाषा छाडेको ब्यवहारमा देखाउनु पर्ने प्रधानमन्त्रीको टिप्पणी थियो । माओवादीले त्यसो नगरेमा देश दुघर्टना जाने पक्का भएकोले पनि एमाले देशलाई जोगाउन माओवादीसंग हातेमालो गरेर जान चाहेको प्रधानमन्त्री नेपालले स्पष्ट पार्नु भयो ।
      सबैले संविधान निर्माणलाई केन्द्र विन्दु बनाएर अगाडी बढेमा तोकिएकै समयमा संविधान बनाउन सकिने जानकारी दिनु भयो । यसका लागी माओवादी पनि अहिले संविधान ्िनर्माणमा जिम्मेवार भएर आएकोले पनि समयमा नै संविधान बन्नेमा विश्वास रहेको प्रधानमन्त्री नेपालको भनाई रहेको छ ।
      माओवादीलाई सरकारमा जान कसैले पनि नरोकेको जानकारी दिदै प्रधानमन्त्री नेपालले ३ सय १ पु¥याएर सरकार बनाउन चुनौती दिनु भयो । उहाँले माओवादीले कित ३ सय १ पु¥याउनु प¥यो कित सबैलाई विश्वास दिलाएर आएमा सरकारमा लान तयार रहेको बताउनु भयो ।
      प्रचण्डलाई सरकारबाट कसैले पनि राजीनामा दिनु भनेका थिएन, उहाँ आफैले राजीनामा दिएर पनि खाली भएको ठाउँमा संसदले मलाई ३ सय ६० मत दिएर प्रधानमन्त्री बनाएका हुन ।
      उहाँहरुले सडकमा कराएर हिडैमा प्रधानमन्त्रीको पद नपाईने भएकोले संसदमा गएर ३ सय १ पु¥याएमा एक छिन पनि सत्तामा नबस्ने बताउनु भयो ।
      माओवादीलाई निषेधको राजनिति छाडेर सहमतीको राजनिति गर्न अनुरोध गर्दै मुलुकको समस्या र आवश्यकताको बारेमा गम्भिर भएर बुझन आग्रह गर्नु भएको थियो ।
      उहाँले माओवादीलाई रुकुम रोल्पा सिलुगुडी हुर्दै दिल्ली सरकारमा समेत एमालेले पु¥याएका हुनाले उनीहरुको हातमा पहिला बन्दुक, गोला बारुद हुन्थ्यो भने अहिले कालो झण्डामा आई पुगेकाछ, अबको दिनमा माओवादीको हातमा रातो फुल देख्न चाहेको बताउनु भयो । शान्ति सुरक्षामा बर्तमान सरकारले केही सफलता प्राप्त गरेको जानकारी दिदै जनताले सहयोग गरेमा पूर्ण रुपता शान्ति सुरक्षा कायम हुने दाबी समेत गर्नु भयो ।  कार्यक्रममा एमालेका केन्द्रिय उपाध्यक्ष अशोककुमार राई, सुरेश कार्की, जगनाथ खतिवडा, लक्ष्मीनारायण चौधरी, मणि पौडेल, बेदप्रसाद पोखरेल र सभाषद दुर्गा परियार लगायतका केन्द्रिय नेताहरुले सम्बोधन गरेको थियो ।
News by - ईश्वर तामाङ

No Response to "समयमा संविधान निर्माण हुन नसकेमा देश गम्भिर संकटमा - नेपाल"