हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

सविधान निर्माणअघि नै माओवादी लडाकु समायोजन गरिने प्रधानमन्त्री नेपालको दाबी

उदयपुर फागुन २६,
         प्रधानमन्त्री माधवकुमार नेपालले संविधान निर्माण अघिनै माओवादी लडाकुको समायोज गर्नुपर्नेमा पुनः जोड दिनुभएको छ ।
         एमाले नेतृत्वको सरकारले नै अयोग्य लडाकुलाई घर फिर्ती गराएको बताउँदै प्रधानमन्त्री नेपालले माओवादी सेनाको समायोजन नगरी तोकिएको समयमा संविधान नबन्ने दाबी गर्नुभयो । उहाँले निर्धारीत समयमा सविधान जारी नभए मुलुक गम्भीर मोडमा जानसक्ने बताउँदै सवै राजनैतिक दलले सहमति र सहकार्यमा विश्वास गर्नुपर्ने बताउनु भयो ।
         उदयपुरको बेल्टार बजारमा निर्माण गरिएको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको सालिक अनावरणपछि आयोजित जनसभालाई सम्वोधन गर्दै उहाँले माओवादी नेतृत्वको सरकारलाई छ महिनाभित्र सेना समायोजन गरिसक्ने र बाँकी डेढ बर्ष भित्र नयाँ संविधान जारी गर्ने सहमतिमा सरकारको साँचो सुम्पीएको बताउनु भयो । तर माओवादीले उक्त सहमति बिपरित काम गर्न थालेपछि आफैं सरकारबाट तल झर्नुपरेको उहाँले बताउनु भयो ।
        उहाँले माओवादीको धाकधम्कीको राजनीतिले मुलुकलाई थप गम्भीर मोडमा पुर्याउने दाबी गर्दै माओवादीले अरुलाई दोष लगाएर मुलुकलाई दुर्घटना ल्याउन खोज्न नहुनेपनि बताउनु भयो ।
News by  - बाबुराम भण्डारी

No Response to "सविधान निर्माणअघि नै माओवादी लडाकु समायोजन गरिने प्रधानमन्त्री नेपालको दाबी"