उदयपुर, फागुन २० ,
हिजो (बुधबार) साँझ अपहरणमा परेका सिन्धुलीको ककुरठाकुर गाविस ५ स्थित मारुति सिमेण्ट उद्योगका दुई कर्मचारीहरु चन्दा बुझाएर आज छुटेकाछन् ।
उद्योगीहरुका बिभिन्न संगठनहरुले सरकारले शान्ति सुरक्षा प्रत्याभूति नगराए उद्योगमा ताला लगाई चाबी सरकारलाई बुझाउने चेतावनी दिएको भोलिपल्ट अपहरणमा परेका उद्योगका प्रशासन प्रमुख उद्धव पौडेल र सहायक स्तरका अर्का कर्मचारी खेतक थापा मगरलाई छुटाउन उद्योगले १० लाख रुपैंया चन्दा दिएको श्रोतले जनाएको छ ।
अपहरण घटनाबारे संचारकर्मीहरुले उद्योग कार्यालयमा जानकारी माग्दा उद्योगका खानी प्रमुख जर्नादन रेग्मीले समाचार नलेखिदिन समेत आग्रह गर्नुभयो । सूचना बिना कुनैपनि काम नगर्न दवाव दिंदै पौडेल र थापा मगरको अपहरण गरेको रेग्मीले बताउनु भयो । अपहरणकारीले सिमेन्ट उद्योगको चुनढुंगा खानी कब्जामा लिई उनीहरुलाई अपहरण गरेका हुन् । तामशालीङका कार्यकर्ताले भाईको अपहर गरेर अज्ञातस्थल तर्फ लगेको पौडेलका दाजु बद्री पौडेलले समेत स्वीकार गरेपनि समाचार नलेखिदिन आग्रह गर्नुभयो ।
News by - बाबुराम भण्डारी

No Response to "चन्दा दिएर उद्योगका कर्मचारी छुटे"
Post a Comment