हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

सल्ले बजारमा आगलागी ११ वटा घर पसल जलेर नष्ट

उदयपुर, ५ फागुन, उदयपुरको दुर्गम भेगमा रहेको पोखरी गाविस– १ स्थित सल्ले बजारमा आगलागी हुँदा पूरै बजार जलेर खरानी भएको छ ।
       बुधवार बिहान करिब नौ बजेतिर लागेको आगोको कारण सल्ले बजारका ११ वटा घर पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सो आगलागीबाट शेरजंग खत्री, राजकुमार राई, धु्रव खड्का, देवराज श्रेष्ठ, मानबहादुर राई, चित्रबहादुर खड्का, नैनबहादुर खड्का, ईन्द्रबहादुर राई, राजकुमार राई, मानव राई र प्रेम केसीको घर पसल जलेको स्थानीय शिक्षक महेन्द्र राईले जानकारी दिएको छ । बिहानदेखि लागेको आगो दिउँसो अढाई बजे सम्म नियन्त्रणमा आउन सकेको थिए । करिब छ घण्टा सम्म लागेको आगोले सल्ले बजार पूरै ध्वस्त भएको शिक्षक राईले बताए । स्थानीयबासीले आगो नियन्त्रणमा लिन खोजेपनि डाँडामा भएकोले हावा लाग्ने गरेको र त्यहाँ निर्माण गरिएको घर तथा पसलहरुमा सल्लाको काठ प्रयोग गरिएकोले नियन्त्रणमा लिन नसकिएको शिक्षक राईको भनाई रहेको छ ।
       सल्लाको काठमा आगो लागेपछि नियन्त्रण गर्न समेत गाह्रो हुने भएकोले नियन्त्रणमा आउँन नसकेको हो । त्यसमा आगो लागेपछि पेट्रोलमा लागेको जस्तै हुने भएकोले पनि समस्या भएको स्थानीयबासीले बताए । आगलागी भएको स्थान दुर्गम भेगमा रहेको पनि सदरमुकाम गाईघाटबाट उद्धारका लागी गएको सुरक्षाकर्मिको टोली त्यहाँ पुग्न सकेका छैन । सदरमुकाम गाईघाटबाट करिब एक दिनको पैदल १९ कोष उत्तरी क्षेत्रको सुनकोशी नदिको नजिकै पर्ने भएकोले समस्य आएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनाको जानकारी पाउँना साथ गाईघाटबाट हिडेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक मनोज यादवले जानकारी दिए ।
       आगलागीबाट करिब २ करोड मुल्य बराबरको क्षति भएको स्थानीय शिक्षक राईले जानकारी गराएको छ । बिहान लागेको आगोको कारण मानवीय क्षति भन्ने नभएको प्रहरीले जनाएको छ । आगलागी हुनुको कारण भने नखुले पनि मानव राई या प्रेम केसीको घरबाट आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको पूर्ण विवरण त्यहाँ गएको टोली फर्किएर नआए सम्म जानकारी हुन नसक्ने प्रहरीले जनाएको छ ।
News by - ईश्वर तामाङ

No Response to "सल्ले बजारमा आगलागी ११ वटा घर पसल जलेर नष्ट"