हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

फोन आतंकपछि प्रशासनद्धारा मोबाईल बन्द

उदयपुर, माघ २० , 
   भूमिगत संगठनहरुले चन्दा माग्दै स्थानीय व्यवसायीहरुलाई अत्याधिक धम्की दिन थालेपछि स्थानीय प्रशासनले ११ वटा मोबाईललाई कारवाही गरेको छ । ती मध्ये पाँचवटा बन्द गरिदिएको छ । फोनबाट धम्की दिंदै चन्दा माग्ने क्रम बढेपछि त्यस्तो मोबाईलको सिम बन्द गरिएको प्रमुख जिल्ला अधिकारी मधुसुदन बुर्लाकोटीले बताउनु भयो । अहिलेसम्म कारवाही गरिएका ११ वटा सिम मध्ये ५ वटा सिम मेरो मोबाईलको रहेको र ती नम्बरहरुलाई बन्द गराईसकिएको प्रजिअ बुर्लाकोटीले बताउनु भयो ।
       ‘मेरो मोवाइल’ बाट बिभिन्न शसस्त्र समुहको नाममा आउने धम्कीले दुई महिनायता उदयपुरका यातायात, निर्माण तथा काठ व्यवसायीहरु आंतकित बनेकाछन् । मोवाइल फोनबाट आउने त्यस्तो धम्कीमा क्षमताभन्दा कयौ गुणा बढि रकम चन्दा माग्ने गरेको निर्माण व्यवसायीहरु बताएकाछन् । त्यस्ता समुहले चन्दा नदिए भौतिक कारबाही गर्नेसम्मका धम्की दिने गरेकाछन् ।
News by - बाबुराम भण्डारी

No Response to "फोन आतंकपछि प्रशासनद्धारा मोबाईल बन्द"