हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

उदयपुरमा किराँत जनवादी वर्कस, माओवादी, तराई जनतान्त्रिक ज्वाला सिंह, संयुक्त जातीय क्षेत्रीय मुक्ति मोर्चाको चन्दा आतक


उदयपुर, ५ माघ
         उदयपुरमा सशस्त्र भुमिगत, अर्ध भुमिगत संगठनहरुको चन्दाका कारण गाविस सचिव, स्थानीय व्यापारी, ठेकेदारहरु आतंकित बनेको छ । किराँत जनवादी वर्कस, नेकपा माओवादी मातृका, संयुक्त जातिय क्षेत्रिय मुक्ति मोर्चा र तराई जनतान्त्रिक मुक्ति मोर्चा ज्वालासिंह समुहले चन्दा अभियानलाई तीव्रता दिएपछि यसरी आतकित बनेका हुन ।
        किराँत जनवादी वर्कस पार्टी केन्द्रिय समितिले उदयपुरको गाविस सचिव, व्यापारी, ठेकेदारहरुलाई धम्की पूर्ण भाषामा पत्र मार्फत चन्दा माग गरेपछि अहिले उदयपुरमा चन्दा आतक बढेको हो । वर्कस, माओवादीले जिल्लाका ४४ गाविसको सचिव, गाईघाट, कटारी, बेल्टारका व्यापारी तथा ठेकेदारहरुलाई ठुलो परिमाणमा चन्दा माग गरिएको पत्रहरु प्राप्त भएकोछ ।          गत २७ गतेको मितिमा लेखेको पत्र वर्कस पार्टीले जिल्लाका ४४ वटै गाविसका सचिव, स्थानीय व्यापारी, ठेकेदार लगायतलाई  १ लाख ५० हजारदेखि ५० लाख सम्म प्रति व्यक्ति माग गरीएको पत्रहरु आएका छन ।
जनवादी वर्कसले यसरी पठाएको पत्रमा प्रति गाविसले ३ लाखका दरले चण्दा नदिएमा किराँत विरोधी कित्तामा राखि भौतिक कारबाही गरिने धम्कीपूर्ण पत्र पठाएको गाविस सचिव हकहित केन्द्रले जनाएको छ ।
उनीहरुले राष्ट्रिय मुक्ति विद्रोह गर्नको लागि प्रत्येक गाविसले न्युनतम ३ लाखका दरले सहयोग गर्नु पर्ने नगरेको खण्डमा किराँत राष्ट्रिय मुक्ति विरोधी ठहरीने भएकोले यस्ता गाविस सचिवलाई कारबाही गरिने समेत पत्रमा उल्लेख गरिएको छ । यसरी धम्कीपूर्ण अवस्थामा जोखिम बोकेर गाविसमा बसेर काम गर्ने बातावरण नभएको भन्दै गाविस सचिव हकहित संरक्षण केन्द्र उदयपुरले सुरक्षाको व्यवस्था गर्न सरकारसंग माग गरेको छ । जनवादी वर्कस पार्टीका केन्द्रिय कोषाध्यक्षद्धारा हस्ताक्षर गरिएको चन्दा पत्र गत विहिवार सबै गाविस सचिव, स्थानीय व्यापारी र ठेकेदारले पाएको जनाएको छ । सो पार्टीले गत २७ गते पठाएको पत्र गाविस सचिवहरुले गत बिहिवार साँझमा मात्र पाएकोले तत्काल ४४ वटै गाविस सचिवले काम गर्न असजिलो भएकोले सुरक्षाको माग गरिएको उनीहरुको भनाई रहेको छ ।
           यता जनवादी वर्कस पार्टीले आफुले पठाएको पत्रको वेवास्ता भएमा तोकिएको समयमा नदिएमा जुनसुकै कारबाही पनि हुन सक्ने धम्की दिएका छन । यसरी गाविस सचिवहरुलाई भूमिगत समुहले धम्की दिएर चन्दा माग गरेकोले काम गर्ने बातावरण नभएको स्थानीय विकास अधिकारी मोहननाथ मास्केले बताए । स्थानीय विकास अधिकारी मास्केका अनुसार गाविस सचिवहरुलाई माओवादीले १ लाख रुपैया र वर्कसले ३ लाखका दरले चन्दा माग गरेको जानकारी प्राप्त भएको बताए ।
            यता वर्कसले भने गाविस सचिवहरुलाई ३ लाखका दरले मागीएको थियो भने स्थानीय व्यापारीहरुलाई प्रति व्यापारी १ लाख ५० हजारदेखि २० लाख सम्म मागेको बताएका छन । त्यसैगरि स्थानीय ठेकेदारहरुलाई भने ५ लाखदेखि ५० लाख सम्म चन्दा माग गरेको पत्रहरु प्राप्त भएको पाईएको छ । वर्कसले सामान्य स्थानीय सुनचाँदी व्यावसायीलाई १ लाख ५० हजार रुपैया दिन धम्किपूर्ण पत्र पठाएको  छ । स्थानीय निकायको काममा व्यापक रुपमा अनियमितता हुने गरेको वर्कसद्धारा अनुगमन गर्दा पाईएकोले सो जरिवाना स्वारुप कारबाही गरिने र वर्कसका १० हजार सेनाका निम्ति भरणपोषन तथा व्यवस्थापन गर्नु पर्ने भएकोले सहयोग, चन्दा माग्नु परेको वर्कसले जानकारी गराएको छ  । वर्कस पार्टीले आफुले पठाएको पत्रको वेवास्ता भएमा तोकिएको समयमा नआएरमा त्यहि आएर भएपनि जुनसुकै कारबाही पनि हुन सक्ने धम्की दिएका छन । गत विहिवारै नेकपा माओवादी मात्रिकाको समुहले पनि प्रति गाविस १ लाखका दरले पत्र मार्फत चन्दा माग गरिएको गाविस सचिव हकहित केन्द्रले जनाएको छ ।
           माओवादीले भने जिल्ला विकास समितिलाई नै पत्र मार्फत चन्दा माग गरेको पत्र भर्खरै प्राप्त भएको स्थानीय विकास अधिकारी मास्केले जानकारी गराएको छ । माओवादीले अहिलेको विषम परिस्थितिमा तमाम शोषित, उत्पीडित वर्ग, क्षेत्र तथा लिङ्गको मुक्तिका लागी नयाँ जनवादी क्रान्ति अनिवार्य सर्त हुन जाने भएकोले १० वर्षे जनयुद्धमा हासिल भएको उपलव्धीको रक्षा र विकास गर्दै नयाँ जनवादी क्रान्तिद्धारा नेपाली जनताको जनगणतन्त्र स्थापना गर्न जनयुद्धकै निरन्तरता भएकोले सहयोग गर्न पत्र मार्फत अपिल गरेको छ ।
माओवादीका जिल्ला सेक्रेटरी सम्बोधनद्धारा हस्ताक्षर गरिएको पत्रहरु सबै कार्यालयहरुमा पुगेको स्थानीय विकास अधिकारी मास्केले जनाए ।
          त्यसैगरी तराई जनतान्त्रिक मुक्ति मोर्चा ज्वालासिंह समुह र संयुक्त जातीय क्षेत्रिय मुक्ति मोर्चाले पनि ठुलो परिमाणमा चन्दा माग गरिएको स्थानीय व्यापारीहरुले बताए । संयुक्त जातिय क्षेत्रिय मुक्ति मोर्चाले त केही यता जिल्लाको विभिन्न ठाउँमा बम राखेर जनजीवन आंतकित बनाउँदै आएको थियो ।
यता प्रमुख जिल्ला अधिकारी मधुसुदन बुर्लाकोटीले सशस्त्र समुहको धम्कीपूर्ण चन्दाको पत्र आएको जानकारी गराउँदै समुहको परिचालन समेत भई सकेकोले उनीहरुको खोजतलास भई रहेको पक्राउ गरि कानून अनुरुप कारबाही गरिने जानकारी दिनु भएको छ ।
News from - ईश्वर तामाङ

No Response to "उदयपुरमा किराँत जनवादी वर्कस, माओवादी, तराई जनतान्त्रिक ज्वाला सिंह, संयुक्त जातीय क्षेत्रीय मुक्ति मोर्चाको चन्दा आतक"