हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

अज्ञात समुहको कुटाईबाट एक युवकको मृत्यू

उदयपुर ९ पुस
अज्ञात युवाहरुको समुहले गरेको कुटपिटपछि उदयपुरको त्रियुगा नगरपालिका-२ संगमटोलमा बुधवार राती एक युवकको घटनास्थलमा नै मृत्यु भएको छ ।
कुटपिटपछि मृत्यु हुनेमा त्रियुगा नगरपालिका-२ चप्पनका २२ बर्षिय जीवन खड्का रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । करीव १०;१२ जनाको समुहमा रहेको अज्ञात युवाहरुले राती ११ बजे संगमटोलमा कुटपिट गरी कानून व्यावसायी कमल कार्कीको घर अगाडीको नालीमा फालिदिएको र सोही क्रममा राती १२ बजे खड्काको घटनास्थलमा नै मृत्यू भएको स्थानीयबासीहरुले बताएका छन् । मृतक खड्काको टाउकोमा गम्भीर चोट भेटिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले बताएका छन् । 
घटनामा संलग्न रहेको आरोपमा त्रियुगा नगरपालिका-३ पुरानो गाईघाटका गजेन्द्र राई र उनको बा १९ प १९७२ नम्बरको पल्सर मोटरसाईकलको खोजी भईरहेको पनि प्रहरीले जनाएको छ । घटनाको बारेमा प्रहरीलाई तुरुन्त खबर गरेपनि घटना भएको एक घटनापछि मात्र प्रहरी पुगेको स्थानीयबासीको गुनासो रहेको छ । घटनास्थल र प्रहरी कार्यालयको दुरी करिब २ सय मिटरमा रहेको छ । घटनाको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक पशुपतिनाथ डोटेलले बताए ।
उनलाई कुटपिट गर्दा मार जे परेपनि म व्यर्होछु जस्ता सम्बाद आएको स्थानीयबासीहरुको भनाई रहेको छ । मृतक खड्काले भने मलाई नमार मर्रे भनेको सम्बाद सुनिने गरेको स्थानीयबासीले जानकारी दिए ।
from- ईश्वर तामाङ

No Response to "अज्ञात समुहको कुटाईबाट एक युवकको मृत्यू"