हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

परीक्षार्थीलाई बसोबासको समस्या

उदयपर ४ असार, जिल्लामा पहिलोपटक यस बर्ष देखि लोकसेवा आयोगको परिक्षा सुरु हुन थालेपछि परीक्षा दिन आएका परिक्षार्थीहरु लाई बसोबासको समस्या देखा परेको छ । आयोगले यस पटक उदयपुर सदरमुकाम गाईघाट मा खरीदार पदमा जिल्ला हुलाक कार्यलय मार्फत आबेदन भर्नेहरुको लागी असार ५ गते परिक्षाको  समय तोकेको छ । आबेदन भर्नेको संख्या अधिक भएपछि उचित व्यवस्थपन गर्न कठिनाई भएको छ । 
     परिक्षार्थीहरु परिक्षा दिन एक साता देखी आइरहेका छन् । यहाँ रहेको होटलका सबै कोठाहरु भरीभराउरहेका छन् । वजार क्षेत्रमा मात्र कम्तीमा साना ठुला गरी तिस होटल  छन् ।  होटल व्यावसयि नरमाया बुढाथोकी भन्छीन कोठा खोज्न मात्र दैनीक दर्जनौको संख्यामा परिक्षार्थीहरु आउने गरेका छन् । तर कोठा अभावमा वास दिन सकेका छैनौ ।’ 
उनले लोकसेवा को परिक्षाको कारण अहिले कोठा खोज्ने आउनेको संख्यामा बिगतका दिन भन्दा  वढी रहेको बताईन । परीक्षार्थीका कारण होटलहरु सबै बुक हुन थालेपछि आन्तरीक र बाहीय पर्यटकलाई समेत बास बस्न समस्या भएको छ । बजार क्षेत्रका होटल भरीभराउ भएपछि नजिकै देउरी, जलजले र आसपासका गाँउघरमा घर भाडाँ खोज्नेको संख्या पनि त्यतीनै रहेको छ । 
  सोलुखुम्बुबाट आएका एक परीक्षर्थीले भने गाउँमा बस्दा तिन दिन बस्नको लागी एक महिना को घर बाहाल दिन परेको द’खेसो पाखे । उनले भने एक महिना नबसे कोठा पाउने नै गाह्रो रहेछ यहा त ।
यस पटक आयोग ले दिक्तेल परिक्षा केन्द्रको लागी उदयपुर, सप्तरी, सिराहा, ओखलढुंगा र सोलुखुम्बु जिल्लाबाट आवेदन भर्ने परिक्षार्थिको लागी गाईघाटमा परिक्षा दिने व्यवस्था मिलाएको परिक्षा तयारीको जिम्मा पाएको हुलाक कार्यलय उदयपुरले जनाएको  छ । 
सामान्य प्रशासन बाहेक नर्सिङग र लेखाको परिक्षा भने दिक्तेलमा हुने हुलाकले जनाएको छ । विगतको तुलनामा यस बर्ष सामान्य प्रशासन न्याय र लेखातर्फ को खरीदार पदको लागी १० हजार भन्दा बढी बेरोजगार य’वा य’वतीहरुले आवेदन दिएको आयोगको कार्यलयका प्रमुख टिका राम कार्कीले बताए । हुलाक कार्यलय उदयपुरका प्रमुख कुल बहादुर तुम्वाहाम्फेले परिक्षाको लागी सबै तयारी भैसकेको बताए तयारी जिम्मा गर्नेृ मौका पाएकोमा हामीले आफ्नो काम पुरा गरीसक्यो, उनले भने,  परिक्षाको लागी त्रियुगा जनता बहुमुखी क्याम्पस मोतीगडा, बरुवा क्याम्पस, राजावास, चुहाडे, उदयसी, देउरी उच्च मा.वि.को साथै रामजनकी मा.वि.मोतीगडा, लाँलीगुराँस बोर्डिंग स्कुल, सगरमाथा आवासीय मा.वि.गरि १२ वटा केन्द्र तय गरीएको तुम्वाहम्फे ले जानकारी दिए ।
News by - भरत खडका

No Response to "परीक्षार्थीलाई बसोबासको समस्या"