साँढा नेता
भान्सा विग्रीयो चुहुने भाँडा
सन्तान विग्रीयो लाटा गाँढा
हाम्रो त देश विग्रीनै लाग्यो नि हजुर
किनकी
हाम्रो त नेताहरुनै छन् साँढै साँढा ।
अञ्जान बुढी वज्यू
सहयोगको याचना गर्दै
बिदेश गमनको खातिर
विमान स्थलतर्फ
हुइकिदै गएको चिल्लो गाडि देखेर
एकजना बुढी वज्यूले, आमैले, कोक्कुले
विनीत भावमा, आशातित नजरमा
आफ्नै मुहार जस्तै कच्याक कुचुक्क भएका
सेलीवरको बोटुको पसारिन
बिचरा बुढी वज्यूलाई के थाहा ?
गाडि भित्र उ जस्तै अर्को भिखारी छ भनेर ।
लेखक - भागवत राउत
त्रि.न.पा.१ उदयपुर
12:26 AM
भुवन राउत

Posted in



No Response to "भागवत राउतका कविताहरु"
Post a Comment