उदयपुर, चैत्र ४,
क्षतिपुर्तीको माग गर्दै उदयपुरको त्रियुगा नगरपालिका–७ मोतिगडाका कुखुरा व्यवसायीहरुले आज जिल्ला पशु सेवा कार्यालय उदयपुरमा घेराउ गरेका छन् । कुखुरा व्यावसायी संघका उपाध्यक्ष राजन राउतको नेतृत्वमा करीव ५ दर्जनको संख्यामा पशु सेवा कार्यालय पुगेका उनीहरुले भारतबाट ल्याएको भन्दै हिजो मंगलबार नष्ट गरिएका एकहजार एकसय वटा चल्लाको क्षतिपूर्ति माग गर्दै घेराउ गरेका हुन् ।
व्यवसायीहरुले चितवनबाट ल्याएको चल्ला भारतबाट अवैध आयात गरेको भन्दै पशु सेवा कार्यालयले नियन्त्रण्मा लिई नष्ट गरेको दाबी गरेकाछन् । वर्डफ्लु लगायतका पंक्षीबाट सर्ने रोगको प्रकोप फैलिने आशंकाले सरकारले भारतबाट पंक्षी आयातमा रोक लगाएको भएपनि अवैध रुपमा भारतबाट चल्ला आयत गरी बिक्री गर्न लागिएकोले नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक अनिल पौडेलले बताउनु भयो ।
कुखुरा व्यावसायी संघका अध्यक्ष हिमालसेर राई लगायत अन्य पदाधिकारीको उपस्थितीमा चल्ला पक्राउ गरी नष्ट गरिएको पशु सेवा कार्यलयका प्रमुख डाक्टर कमलबहादुर लामाले बताउनु भयो । स्थानीय कुखुरा व्यवसायी चिरञ्जीवी ठकुरीले भारतको नैनी इलावादको विजय ब्रिडिग फर्मा एण्ड ह्याचारीबाट चल्ला ल्याएर स्थानीय किसानलाई बिक्री गर्ने गरेको पशु सेवा कार्यालयले बताएको छ ।
News by - बाबुराम भण्डारी
2:51 AM
भुवन राउत
Posted in



No Response to "क्षतिपूर्तीको माग गर्दै पशु कार्यालयमा धर्ना"
Post a Comment