हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

माओवादी लडाकुहरुलाई राष्ट्रिय सेनामा गाँभेमा मुलुक गृह युद्धमा फस्ने - कोइराला

उदयपुर, २० पुस

नेपाली काग्रेसका कार्यावाहक सभापति सुशिल कोईरालाले माओवादीका लडाकुहरुलाई राष्ट्रिय सेनामा गाँभेमा मुलुक गृह युद्धमा फस्ने दाबी गर्नु भएको छ ।
राजनितिक रुपमा प्रशिक्षित पार्टीका लडाकुहरुलाई राष्ट्रिय सेनामा समावेश गरिए देशमा माओवादीले चाहेको जस्तो अधिनायवादी राज्य सत्ता ल्याउने र त्यसले गर्दा देशमा रक्तपात हुने उहाँको भनाई रहेको थियो ।
उदयपुरको सदरमुकाम गाईघाटस्थित नेपाली काग्रेसको पार्टी कार्यालयमा प्रेस युनियनद्धारा आईतवार आयोजना गरेको पत्रकार भेटघाटमा सो कुरा व्यक्त गरेका हुन ।
यसरी राजनितिक रुपमा प्रशिक्षित माओवादीका लडाकुहरुलाई राष्ट्रिय सेना बाहेक औद्योगीक सुरक्षा, सिमा सुरक्षा, राजर्माग सुरक्षा, सशस्त्र प्रहरी र प्रहरीमा समावेश गर्न सकिने तर्क दिनु भएको थियो ।
कोइरालाले माओवादीले शान्ति प्रक्रिया विपरित बन्दुकको भरमा गणराज्य घोषणा गर्दै हिडेकोले भोलीका दिनमा यस किसिमको गतिविधिबाट शान्ति प्रक्रिया तार्किक निष्कर्ष नपुग्ने ठोकुवा गर्नु भयो ।
माओवादीले बतर्मान समाजलाई ध्वस्त पारेर नयाँ समाज निर्माण गर्ने नै उनीहरुको नयाँ नेपाल रहेछ, त्यसमा माओवादीले निर्माण गर्न खोजेको समाजमा लोकतन्त्र नभएको एक दलीय तानाशाही व्यवस्था हो कोईरालाको भनाई रहेको थियो । उहाँले भारतको नक्सलाईटसंग माओवादीलाई तुलना गर्दै सो कुरा व्यक्त गर्नु भएको हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० हजारले पुगेन अब १० लाखको रगत बगाउनु पर्छ, भन्नु नोकरसंग होईन मालिकसंग बार्ता  गर्नु पर्छ भन्नुले सबै कुराको पुष्टि हुने कोईरालाको भनाई रहेको छ ।
शान्ति प्रक्रिया विपरित माओवादीले गणराज्य घोषणा गरेर देशमा जातिय दंगा भड्काउन खोजेको कार्यावाहक सभापति कोईरालाको आरोप रहेको छ । कोईरालाले बन्दुकको तागतले स्वायत गणराज्य बनाउने हो भने माओवादीले बनाए भयो नि भन्दै बनाएर देखाउन चेतावनी दिनु भयो ।
उहाँले नेपाली काग्रेस लोकतन्त्रका निम्ति कसैसंग सम्झौता गर्दैन एक्लै भएपनि लडी रहने बताउनु भयो ।
माओवादीले सेनाको मनोबल घटाएर सत्ता कव्जा गर्न खोजेको थियो, त्यो राष्ट्रपतिले रोकेर नेपाली जनतालाई गुन लगाएको छ । राष्ट्रपतिको कदमलाई सम्मान गर्नु पर्दछ, उहाँले नसच्याएको भए आज हामी यस्ता ठाउँमा रहने थिएनौ ।
देशमा माओवादीको अधिनायकवादी सत्ता हुने थियो अहिले त्यसमा नत लोकतन्त्र नै हुन्थ्यो नत प्रेस स्वातन्त्रता नै हुने थियो कोईरालाको भनाई रहेको थियो ।
राष्ट्रपतिको कदमपछि नागरिक सर्वोच्चको नाममा माओवादीले गर्दै आएको आन्दोलनमा के हो नागरिक सर्वोच्चता जनताको घर जग्गा कव्जा गर्दै जाने अपहरण, हत्या, लुटपाट गर्दै जाने नै हो माओवादीको नागरिक सर्वोच्चता उहाँको प्रश्न थियो ।
शान्ति प्रक्रियामा अनमिनले खेलेको भुमिका प्रति कार्यावाहक सभापति कोईरालाले कडा आलोचना गर्नु भएको थियो । अनमिनले खेलेको भुमिका सन्तुलीत नभएको भन्दै माओवादीको पक्ष पोषण गर्न मात्र अनमिन आएको आरोप लगाउनु भयो ।
शिविरमा रहेको माओवादीका लडाकुहरु हतियार लिएर खुला रुपमा हिडर्दै अपहरण, हत्या, जस्ता क्रियाकलाप गर्दा समेत अनमिनले केही गर्न नसकेको आरोप कोईरालाको रहेको थियो ।
संविधान निर्माण हुन पूर्व माओवादीका लडाकुहरुलाई व्यवस्थापन गरि सक्नु पर्नेमा जोड दिर्दै नभएमा संविधान निमार्णमा बाधा पुग्ने जानकारी दिनु भयो । माओवादीसंग अब डराउनु नपर्ने बताउदै उनीहरु सुविधा मुखि भएकोले कुनै अबस्थामा जंगल नजाने बताउनु भयो ।
कोईरालाले प्राकृतिक श्रोत र साधानमा नेपाल विश्वमा नै धनि भएकोले सबैको सहमतिमा राज्य संचालन भएको खण्डमा केही वर्षमा नै देश धनि बन्ने जानकारी दिनु भयो ।  
उदयपुरको गाईघाटमा कार्यकर्ता प्रशिक्षण दिन आउनु भएको नेपाली काग्रेस उदयपुरका सभापति नारायणबहादुर कार्कीले जानकारी दिनु भयो ।

News from -ईश्वर तामाङ

No Response to "माओवादी लडाकुहरुलाई राष्ट्रिय सेनामा गाँभेमा मुलुक गृह युद्धमा फस्ने - कोइराला"