हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

चार जनाले दुई बालिकालाई सामुहिक बलात्कार


         उदयपुर, ९ माघ, उदयपुरको बेल्टार गाविस– २ बजारस्थित बसर्पाकमा चार जनाले दुई बालिकालाई सनिवार राती बस भित्रै सामुहिक रुपमा बलात्कार गरेको छ । खोटाङ्खको देवीस्थान गाविसबाट बजार भर्न बेल्टार आएका १६ वर्षिय स्वास्तीका राई र १३ वर्षिय सरीता राईलाई रातीमा बेल्टार बजारस्थित बसपार्कमा पार्किङ् गरि राखेको गीतादेवी ट्राभल्सको बस भित्र लगेर सामुहिक बलात्कार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरेको छ ।
           यसरी सामुहिक रुपमा बलात्कार गर्नेहरुमा बेल्टार गाविस १ का १८ वर्षिय दिपक परियार, बेल्टार २ का १९ वर्षिय रविन राई, खोटाङ चिसापानीका प्रदिप भुजेल र हडिया गाविसका केवि चौधरी रहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । 
       पिडित बालिकाहरुको अनुसार साँझमा बेल्टार बसपार्कमा देवीस्थानमा रहेको माविमा पढाउने शिक्षक सुरेन्द्र चौधरीका भाई केवी चौधरीले बसबाट बोलाएर बस भित्र लगि मुखमा रुमाल लगाई पालैपालो सामुहिक बलात्कार गरेको बताईन्छ ।
     पिडित बालिकाहरुलाई रात भरी बस भित्र राखेर बलात्कार गरेको जानकारी पाएपछि बिहान सबैलाई पक्राउ गर्न सफल भएको प्रहरीको भनाई रहेको छ । बलात्कारी मध्ये दिपक परियार सोही बसको सह चालक रहेको प्रहरीले जनाएको छ ।
समाचार - ईश्वर तामाङ

No Response to "चार जनाले दुई बालिकालाई सामुहिक बलात्कार"