हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

बिधालय पोशाक र किताबसंगै अपहरित बालक मुक्त

       महोत्तरीको श्री रामदेव उच्च माध्यामिक विधालयबाट तीन दिन अघि विधालय पोशाक र किताब कमल सहित अपहरणमा परेका बालक उदयपुरको सदरमुकाम गाईघाटबाट अपहरण मुक्त भएका छन । गत शुक्रवारका दिन विधालय गएका बालक विद्यालय विदा भएपछि घर फर्किने समयमा विधालयबाटै अज्ञात तीन जनाको समुहले अपहरण गरि मारुती भ्यानमा राखेर आँखामा पट्टि बाँधेर सिरहाको लहान बजार तर्फ ल्याउने क्रममा अपहरणकारीहरु बालकलाई भ्यानमा नै राखि होटलमा खाना खान जाने मौकामा उनी भ्यानबाट भागेर सिधै गाईघाट आई पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । महोत्तरीको भ्रमणपुरा गाबिस– ५ का १२ वर्षिय बालक आतिस शर्मा सोही स्थानमा रहेको श्री रामदेव उच्च मावि को कक्षा– ८ मा पढ्दै गरेको उनका हजुरबुबा कुसेश्वरप्रसाद शर्माले बताए ।
         अपहरणकारीले बालक शर्मालाई आँखामा पट्टि बाँधेर यातना दिदै गाडीमा लगाएको र गाडीमा पनि चरम यातना दिएका बालकले जनाए । अपहरणपछि तीनै जना अपहरणकारीहरु सिरहा बजारको एक होटलमा गएको मौकामा भ्यानको ढोका खोली सिधै भाग्दै बसमा चढेको त्यो बस गाईघाट बजार आई पुगेपछि बालकले प्रहरी कार्यालय खोज्दै गाईघाट स्थित नगर प्रहरीको सम्पर्कमा आएको प्रहरी सहायक निरिक्षक रवि लिम्बुले बताए ।
       अपहरित बालकले अपहरणकारी मध्ये एक जनालाई चिनेको बताउदै आफनो सुरक्षाको बारेमा प्रहरी समक्ष चिन्ता गरेको थियो । गत शुक्रवार १६ गते अपहरणमा परेको बालक सनिवार उनका अभिभावकहरुलाई बोलाएर जिम्मा दिइएको नगर प्रहरी ईन्चार्ज कुमार श्रेष्ठले बताए ।
       बालकलाई उनका काका मुकेश भन्ने भिष्मप्रसाद शर्मा र हजुरबुबा कुसेश्वरप्रसाद शर्माले जिम्मा लिएर लगेको प्रहरीले जनाए । बालकलाई अपहरण गर्नु पर्ने कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 
समाचारदाता - ईश्वर तामाङ

No Response to "बिधालय पोशाक र किताबसंगै अपहरित बालक मुक्त"