हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

पुर्वाधार बिना पर्यटन बर्ष असफल हुने सम्भावना


         रौतापोखरी(उदयपुर) — पुर्वाधारको विकास र प्रवद्र्धन नहुदा यहाका लागी भने पर्यटन बर्ष सन् २०११ उद्घाटन र समापनमामात्रै सिमित हुने निश्चित छ । पर्यटन बर्ष भित्रिएपनि आन्तरिक र बाह्य पर्यटक भित्र्याउने ठोस कार्यक्रम नहुदा उद्घाट र समापनमै सिमित हुने निश्चत भएको हो । 
रौता पोखरी 
       पर्यटन बर्ष शुरुवात भईसक्दा सम्भाव्य पर्यटन क्षेत्रको खोजी समेत नभएको स्थानीयले वताए । जिल्ला भित्रका पर्यटन क्षेत्रको पुर्वाधार सुधारको काम समेत अलपत्र बनेको रौताका गंगा मगरले वताए । उनले भने “जिल्लालाई ऐतिहाँसिक स्थल र धार्मिक एवंम् साँस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्दै पर्यटकीय पुर्वाधार विकास गर्न सकिने प्रचुर सम्भावना रहेको छ । तर पर्यटकीय क्षेत्रहरुको पहिचान र प्राथमिकिकरण नै हुन नसक्दा पर्यटन बर्ष त्यतिकै बित्ने हो कि भन्ने चिन्ता बढदै गएको उनले वताए । 
      पर्यटनका लागि संगसंगै भन्ने नारा लिएर शुरु भएको पर्यटन बर्षमा देशभर १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य राखिएको छ । तर पर्यटन प्रवद्र्धनको बिषय जिल्लाको विकासे ऐजेण्डा बन्न नसक्दा सम्भाव्यता बोकेका क्षेत्रमा भने पर्यटन बर्षबारे जानकारी समेत पुग्न नसकेको चौडण्डी - ३ कटहरेका श्याम कार्कीले वताए । उलने भने “ सामरीक दृष्टिकोण महत्वपूर्ण मानिएको चौडण्डीगढी पर्यटक आर्कषण गर्ने राम्रो गन्तव्य हुन सक्छ”। सेन वशं राजले राज्य गरेका इतिहासीक चौडण्डीगढी भौगोलीक दृष्टिले समेत आकार्षण केन्द्र भएको उनले वताए । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन भएको जिल्लास्तरीय पर्यटन बर्ष समन्वय समितिले पर्यटन बर्ष सफल बनाउन जिल्लाको श्रव्यदृष्य निर्माण र प्रचारप्रसार, नेवा महोत्सव, चौदण्डी गढि महोत्सव, किरा“त साँस्कृतिक महोत्सव, त्रिवेणी महोत्सव जस्ता प्रचारात्मक कार्यक्रम तय गरेको  छ । तर कागतमात्रै सिमिति रहेको पर्यट क्षेत्रसंग सम्वन्धित सरोकावलाले गुनासो गरेका छन ।  
श्रमिक पार्क 
       सामान्य घुमघाम र पिकनिक स्थलका रुपमा सिमित बनेका तर बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेका रौता पोखरी, ताप्ली पोखरी, चौदण्डी गढि, उदयपुर गढि, टंकेला गुफा, पताले छागो, श्रमिक पार्क जस्ता पर्यटकीय क्षेत्रको पुर्वाधार विकासको काम खासै नभएको स्थानीयले वताए । पर्यटनको सम्भावना बोकेका स्थानको संरक्षणमा खासै काम भएको छैन बेल्टार गाविसका पूवअध्यक्ष राजेन्द्र कटुवालले वताए । उनले भने “पर्यटकीय क्षेत्रको पुर्वधार विकासको काम अहिलेपनि कछुवा कै गतिमा छ ”। पर्यटन बर्ष सफल बनाउने जिल्लाका पर्यटकीय क्षेत्रको  पूर्वाधार विकास तदारुकताका साथ हुनुपर्ने उनले वताए । 
      केहि पयर्टकीय क्षेत्रमा स्थानीय स्तरको पर्यटन समन्वय समिति गठन गर्ने थप कार्यक्रम रहेपनि त्यसले पर्यटन बर्षभित्र ठोस उपलब्धि प्राप्त हुन्छ कि हुदैन भन्नेमा शंका बढेको छ । तर अन्यत्र झैं जिल्लामापनि पर्यटन बर्षको भव्य उद्घाटन भईसकेको सरोकालवालाले वताए । 
समाचार - डिल्लीराम खतिवडा 
तस्बिर - भुवन राउत

No Response to "पुर्वाधार बिना पर्यटन बर्ष असफल हुने सम्भावना"