हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

सडकपेटी अतिक्रमण गरि राखिएको सामान हटाउन सुरु

      उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकाले बजारमा सडकपेटी अतिक्रमण गरि जथाभावी रुपमा राखिएको पसल र व्यापारीक सामान हटाउन सुरु गरेपछि स्थानीय व्यापारी र नगरपालिका बिच झडपको अवस्था आएको छ ।
     नगरपालिकाले बारम्बार मौखिक तथा लिखित रुपमा पनि स्थानीय व्यापारीहरुलाई सडकपेटी तथा सडक नाला अतिक्रमण गरी राखेको टहरा, पसल, व्यापारीक सामान हटाउन अनुरोध गर्दा पनि अमानेपछि बाध्य भएर उठाउन थालेपछि स्थानीय व्यापारी आक्रोशित बनेका हुन ।
     स्थानीय व्यापारीहरुले भने नगरपालिकाले कुनै पनि जानकारी नदिईकन कर्मचारीलाई मादक पदार्थ खुवाएर नगरपालिकाकै ट्रयाक्टर प्रयोग गरि लुटाहा शैलीमा लाखौको मालसामान उठाएर लानुका साथै व्यापारीहरुलाई समेत अभद्र व्यवहार गरेको उनीहरुद्धारा बुधवार जारी गरेको प्रेस विज्ञप्तीमा जनाईएको छ ।
नगरपालिकाले उठाएर लगेको मालसामान सम्बन्धित व्यापारीहरुले लिखित तथा मौखिक रुपमा फिर्ता माग्न जादाँ समेत नगर अधिकृत खगेन्द्र दाहालले अभद्र व्यवहार गरेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । व्यापारीहरुद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा चोरी शैलीमा लगिएको लाखौको मालसामान नगरपालिकाले जहाँ जाहाँबाट लगेको हो, त्यहि विना जरिवाना फिर्ता गर्नु पर्ने  र सार्वजनिक रुपमा ब्यापारीहरुसंग माफि माग्नु पर्ने जनाएका छन ।
      मालसामान फिर्ता नदिएमा व्यापारीहरुलाई परेको नोक्शानको नगरपालिकाले उचित हर्जना तिर्नु पर्ने माग राखेको छ । नगरपालिकाले २४ घण्टा भित्रमा मालसामान सकुशत विना जरिवाना फिर्ता नगरेमा बिहीवारबाट शान्तिपूर्ण विरोध ¥याली, कोण सभा, अनिश्चितकालिन बजार बन्द सम्मको कार्याक्रम अगाडी सारेको स्थानीय व्यापारी रामचन्द्रप्रसाद गुप्ताले बताए । नगरपालिकाले लुटेको मालसामान उचित क्षतिपूर्ति सहित फिर्ता नगरेमा स्थानीय व्यापारीहरु कडा भन्दा कडा संघर्षमा उत्रिने भन्दै करिब तिन दर्जन स्थानीय व्यापारीहरुको हस्ताक्षरमा संयुक्त प्रेस विज्ञप्ती जारी गरीएको थियो ।
      यता नगरपालिकाले भने बजारमा सडक दुर्घटना बढ्दै गएकाले पैदल यात्रुका लागी निर्माण गरिएको सडक पेटीमा राखिएको पसल हटाउने अभियान चलाइएको नगरपालिकाका नगर अधिकृत खगेन्द्र दाहालले बताए । उद्योग वाणिज्य संघ, राजनितिक दलसंग सल्लाह गरेपछि नै नगरपालिकाले नेपाल प्रहरीको सहयोगमा कारबाही थालेको अधिकृत दाहालको भनाई रहेको छ । 
      बारम्बार स्थानीयबासीको गुनासो आएपछि नगरपालिकाले सडकपेटीमा लगाईएको पसलहरु हटाउन सुरु गरिएको हो, नगरपालिकाको सामाजिक फाँटका गुरुप्रसाद ढकालले बताए । यता स्थानीय व्यापारी ललित साहका अनुसार नगरपालिकाले पूर्वाग्रही भई व्यापारीको मालसामान उठाएको आरोप लगाउदै केही ले भने सडक नाला पार गरेर पिच सडकबाट नै घरको भर्र्याङ् लगाउदा पनि केही नगरेको बताए । तर यस्ता भर्र्याङ्हरु भत्काउनका लागी नगरपालिकाले २४ घण्टे अल्टिमेटम दिई सकेको सो समयमा नभत्काएमा नगरपालिका आफैले भत्काउने योजना रहेको अधिकृत दाहालले भने ।
News by - ईश्वर तामाङ

No Response to "सडकपेटी अतिक्रमण गरि राखिएको सामान हटाउन सुरु"