हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

जग्गा बिक्रि गर्नेलाई कारबाहीको माग सहित उजुरी दर्ता

       उदयपुरको सदरमुकाम गाईघाट बजारस्थित करोडौं मुल्य पर्ने सार्वजनिक जग्गा स्थानीय केही व्यक्ति विशेषले विक्रि– वितरण गरि सर्बसाधारण मानिसलाई ठगि गरेको आरोपमा उनीहरु विरुद्ध सम्बन्धित निकायमा उजुरी दिएका छन ।
       त्रियुगा नगरपालिका– २, ३ मा पर्ने बरुवा बसपार्क समितिले करिब २ विगाहा भन्दा बढी सार्वजनिक जग्गा ३६ लाख रुपैयामा विक्रि गरेपछि स्थानीयबासी छेदीलाल चौधरीले जिल्ला अदातल उदयपुर, जिल्ला प्रशासन कार्यालय उदयपुर र जिल्ला प्रहरी कार्यालय उदयपुरमा किर्ते जालसाजी र ठगि गरेको भन्दै उजुरी दर्ता गराएको हो । चौधरीले समितिका पदाधिकारीले गैर कानूनी रुपमा सार्वजनिक जग्गा विक्रि गर्दा समेत सम्बन्धित निकायले कुनै चासो नदेखाएको भन्दै त्रियुगा नगरपालिकाको कार्यालय, कार्यकारी अधिकृत खगेन्द्र दाहाल, पूर्व पश्चिम बरुवा बसपार्क समिति, समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष क्रमश सिंहबहादुर राई, केशरसिंह खड्का, देवीमाया कटुवाल विरुद्ध उजुरी दिएका हुन । 
      गत मंसिर २ गतेका दिन राजधानी दैनिकमा सार्वजनिक जग्गा व्यक्तिद्धारा बिक्रि प्रशासनका अधिकारी मौन सिसकमा समाचार प्रकाशित भएपछि त्यसको प्रभावले स्थानीयबासीहरु आफै सार्वजनिक जग्गा संरक्षणमा जुटेका हुन । सो बसपार्क समितिले सर्वोच्च अदालतमा मुद्धा लड्नका निम्ति भन्दै करोडौको जग्गा सर्बसाधारणलाई झुक्याएर मुद्धा फैसला भएपछि पास दिन्छु भन्दै किर्ते तमासुक बनाएर रकम लिएका छन ।
सदरमुकाम गाईघाट बिचमा रहेको ३५ विगाहा सार्वजनिक जग्गा मध्ये बसपार्क समितिले २ विगाहा भन्दा बढी बिक्रि गरेको समितिले स्विकार गरेको छ । सो सार्वजनिक जग्गाको प्रचलित मुल्य प्रति कठ्ठा २० लाख रुपैया पर्ने गरेको स्थानीयबासी किरण अधिकारीले बताए । प्रचलित मुल्य अनुसार समितिले ८ करोड मुल्य बराबरमो सार्वजनिक जग्गा विक्रि गरि सकेको देखिन्छ । यसरी सो क्षेत्रमा रहेको करिब डेढ अरब मुल्य बराबरको सार्वजनिक जग्गा केही व्यक्ति, समुहले बिक्रि गर्दा समेत स्थानीय प्रशासन भने बेखर जस्तै भएर बसेको स्थानीयबासी अधिकारीको आरोप रहेको छ । बसपार्क समितिले प्रति कठ्ठा ८० हजार देखि १ लाख रुपैयामा बिक्रि गर्ने गरेको समितिका कोषाध्यक्ष देवीमाया कटुवालले स्विकार गरिन् । उनले दिएको जानकारी अनुसार मुद्धा लड्न खर्च अभाव भएकोले २ विगाहा जति जग्गा बिक्रि गरिएको जानकारी दिईनन् । 
      त्रियुगा नगरपालिकाको तेश्रो नगरपरिषदले सो क्षेत्रमा बसपार्क र ग्रिन पार्क निर्माण गर्न गुरुयोजना निर्माण गरि पास गरेको थियो । तर पछि नगरपालिकाको श्रोत साधानले नभ्याएपछि गुरुयोजना त्यतिकै थन्किएको थियो । त्यस क्षेत्रमा पुन बसपार्क निर्माण गर्नका लागी नगरपालिकाले ८ बिगाहा १० कठ्ठा ७ धुर जग्गामा बसपार्क निमार्ण गर्नु भनि  पूर्व पश्चिम बरुवा बसपार्क उपभोक्ता निर्माण समिति बनाएर जिम्मा दिएको थियो । बाँकी रहेको २६ विघा सार्वजनिक जग्गा समेत समितिले कव्जा गर्न थालेपछि विवाद उत्पन्न भई जिल्ला अदालत, पुनरावेदन हुदै सर्वोच्च अदालत सम्म मुद्धा परेको छ । स्थानीय छेदीलाल चौधरीले सोही जग्गा मध्ये ४ विघा ७ कठ्ठा १० धुर जग्गा आफनो बडबाबु बिलट माझिको नाममा भएको र त्यसको अबताली खाने आफु मात्र भएकोले आफनो नाममा दर्ता गरि दिन सम्बन्धित निकायमा दाबी गर्दै आएका छन ।  
       सार्वजनिक अवस्थामा रहेको जग्गा मध्ये ४ विघा ७ कठ्ठा १० धुर जग्गाको अहिले सर्वोच्च अदालतमा मुद्धा चलि रहेको चौधरीले जानकारी दिए । यता सोही मुद्धाका लागी भन्दै समितिले करोडौ जग्गा बिक्रि गरेर बस्दा समेत सम्बन्धित निकाय मौन बस्नुले रहस्यमय बनेको स्थानीय समाजसेवी जगदिस साहले बताए । समितिका पदाधिकारीले भने जग्गा बिक्रि गरेको ठुलो रकम अदालतका कर्मचारी र न्यायधिशलाई मुद्धा जिताउन दिएको बाँकी रकम स्थानीय अधिकारी तथा राजनितिक दलहरुलाई समेत दिएको दाबी गर्दै आएका छन ।
      समितिले मुद्धा चलि रहेको चौधरीले दाबी गरेको तर्फबाट जग्गा विक्रि गरेको स्थानीयबासीको भनाई रहेको छ । ठगिको आरोपमा जाहेरी परेकोले समिति उपर छानविन गर्न जिल्ला प्रहरी कार्यालय उदयपुरले भने अनुसंन्धान प्रारम्भ भई रहेको जानकारी दिए ।
News by - ईश्वर तामाङ

No Response to "जग्गा बिक्रि गर्नेलाई कारबाहीको माग सहित उजुरी दर्ता"