हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

पुस्तौदेखि बस्दै आएको जग्गा अर्कैको नाममा

तपेश्वरी (उदयपुर)  २२ पुस,
            पलट मरिक दोस्रो पटक बिचल्लीमा परेकाछन । पहिलो पटक सप्तकोशी कटानले गाउ“ वस्ती बगाउदा विचल्लीमा परेका थिए । त्यसैले उनलाई दिनमा भोक र रातमा निद्रा लाग्न छोडेको छ । छोराछोरी र परिवारलाई कहा“ लगेर राख्ने भन्ने समस्याले सताएको छ।
            त्यस्तै भुवनेश्वर पासवानलाई पनि मरिक कै जस्तै भएको छ । अर्काकै घरमा ज्याला मजदुरी गरेर गुजारा गर्ने मरिक र पासवानलाई मात्रै होइन तपेश्वरी — २ करैयाका करिब ५० परिवारलाई पनि मरिक र पासवानको जस्तै समस्या परेका छन ।

           कोशी बाढीबाट भागेर पुस्तै अघि बस्दै आएका परिवारलाई अर्कैले जग्गा आफनो भएको दावी गर्दै छोडन दवाव दिएपनि उनीहरु विचल्लीमा परेका छन । सप्तरी जिल्लाको राजविराज नगरपालीका — ४ मा बस्दै अएका रामकृष्ण कि पत्नी गोमादेविसंग स्थानीय पर्शुराम कठ्यातले खरिद गरेकोले जग्गा आफाने भएको भन्दै छोडन वा खरिद गर्न दावाव दिएको पिडितले वताए ।        कोशी कटानका कारण ०२२ सालदेखि बस्दै आएको जग्गा अहिले कठायतले आफनो भएको भन्दै खरिद गर्न वा छोडन दवाव दिएको मरिकले वताए । ०२८ सालको नापीमा समेत उक्त जग्गा ब्लक उल्लेख थियो उनले भने “तर अहिले आएर जग्गा  अर्कैको भन्दा समस्या भयो ”। पुस्तौदेखि भोग गर्दै आएको जग्गा आफनो हुनु पर्ने उनले वताए । करिव ७ बिगाहा क्षेत्रफलमा फैलिएको जग्गा मध्ये केहि भाग स्थानीय पुरन्दह उच्चमाविको समेत पर्दछ ।
         पुस्तौ अघि कोशीले कटान गरेपछि खाली जग्गा खोज्दै जादा“ अहिले बस्दै आएको जग्गामा वासोवास गरेको पिडित बिष्णुदेव चौधरीले वताए । तर भू माफियाले अहिले आएर गाउ“नै नापी गरेर आफनो बनाएको उनले वताए । उनले भने “बर्षौयतासम्म नबोल्ने तर अहिले जग्गाको मूल्य बृद्धि भएपछि भूमाफियाले आफनो दावी गर्दै आएका छन ”। भू माफियाले जग्गा बाहिर बसेरै नापी गर्ने,खरिद गर्ने र विक्रि गर्ने गरेको उनले वताए ।
             कठायतले दावी गरेको जग्गामा पुस्तौदेखि कोशी कटान पिडित र सुकुम्वासी बस्दै आएको स्थानीय दिनेश चौधरीले वताए । उनले भने “पुस्तौ यता उक्त जग्गामा दलित र चौधरीहरु वस्दै आएका छन ”,। कोशीले कटान गरेपछि विचिल्लीमा परेको उनीहरु अन्य काहि बस्ने स्थान नहुदा“ तत्कालीन समयम खाली भएको सो जग्गामा वस्दै आएका उनले वताए ।
             बाजेको पालयता बस्दै आएको जग्गा अहिले अर्केको हो भन्दा आश्र्चय लागेको पिडित जागेश्वर पण्डितले वताए । कसरी आफु बसेको जग्गा अर्काको भयो उनले भने “खाली ऐलानी जग्गामा बसेको भनेर बाजेले भन्नुभएको थियो”। तर अहिले कठायतले जग्गा आफुले खरिद गरेकोले खाली गरिदिन भन्दै हिडेका छन उनले वताए ।

news from - डिल्लीराम खतिवडा

No Response to "पुस्तौदेखि बस्दै आएको जग्गा अर्कैको नाममा"