उदयपुर ,२२ पुस — उदयपुर
जिल्लामा तीन दिन यता टेलीफोन सेवा अवरुद्ध भएको छ । चिसोको कारण जिल्लाको उदयपुरगढीमा रहेको टेलिफोन रिपिटर टावरमा आएको समस्याको कारण टेलिकमद्धारा संचालीत जिएसएम, सिडिएमए र पिएसटियन लगायतका तीन वटै सेवाका दुई हजार बढि उपभोक्ता समस्यामा परेका छन । सामन्य अवस्थामा समेत अवरुद्ध हुदै आएको टेलिफोन सेवा पछिल्लो पटक तीन दिनयता अवरुद्ध हुदा सर्वसाधरणले समस्या भोग्नु परेको स्थानीयले वताए ।
सेवा अवरुद्ध हुदा जिल्ला सदरमुकाम गाईघाट लगायत दुई ठूला व्यापारीक केन्द्र बेल्टार र कटारीमा समेत समस्या भएको बेल्टार उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश खतिवडाले वताए । खतिवडाका अनुसार तीन दिनयता मोवाइल लगायत पिएसटिन सेवा अवरुद्ध हुदा व्यावसायीक कारोवारमा समस्या परेको छ ।
टेलिफोन सेवा अवरुद्ध हुदा संचारकर्मी लगायत बैदेशीक रोजगारबाट आउने रेमिटेन्स कारोबारमा समेत समस्या पर्दै आएको व्यावसायीले वताए । जिल्ला सदरमुकाममा मात्रै करिव दुइ हजार उपभोक्ता समस्यामा परेको छ । उदयपुरगढी रिपिटरटावरमा समस्या आएका कारण सेवा अवरुद्ध भएको टेलिकम गाईघाटले जनाएको छ ।
No Response to "टेलीफोन सेवा अवरुद्ध हुदा समस्या"
Post a Comment