हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

घर जग्गा खरिद विक्रि बढ्दो

उदयपुर, २९ पुस
                आर्थिक मन्दिले देशको अर्थतन्त्रमा प्रभाब पारेको हल्ला चले पनी उदयपुरमा भने घरजग्गा कारोबार दिनदिनै बढदै गएको छ । बिशेषत त्रियुगा नगरपालीकाको मोतिगडा,राजाबार,बोक्से लगायतका क्षेत्रमा गत बर्षको तुलनामा यस बर्ष कारोबार बढेको पाईन्छ । बिशेषगरी सदरमुकाम गाईघाटमा घरजग्गा खरीद बिक्रि गर्नेको संख्या दिनदिनै बढन थाले पछि खाली रहेको जग्गा प्लटिङ गरेर खरीदबिक्रिगर्ने क्रम बढेको जिल्ला मालपोत कार्यलय उदयपुरका प्रमुख खडग बा. कार्की बताउनु हुन्छ ।
        गत बर्ष सम्म दैनीक रुपमा १५ देखी २० वटा सम्म जग्गा पास हुने गरेकोमा यस बर्ष प्रतिदिन ६० वटा सम्म जग्गा पास हुने गरेको छ । मालपापोत कार्यलयमा बिशेषगरी जग्गा पास गर्नको लागी बढि मानिस आउने गरेका छन् घर जग्गा कारोबार बढेसगै जिल्लामा आबदि पनी बाकलो बन्दै गएको छ । त्रियुगा नगरपालीका को अनुसार यस बर्ष अन्यत्र बाट बासाई सरी आई बसाई सराई लिनआउनेको संख्या पनी बढदै गएको नगरपालीका अधिकृत खगेद्र दाहल बताउछन् , दैनीक पास हुन आउने जग्गामा १० वटा सम्म धितो बन्धकि पास हुने र अन्य राजीनामा पास हुने गरेको पालपोत कार्यलयले जनाएको छ ।         पछिल्लो समयमा आएर नगरपालीका क्षेत्रमा रहेको खाली जग्गामा प्लटिङगरी जग्गा बेच्ने हाउजीङहरुकाो संख्या बढदै जादा घरजग्गा कारोेबार आकासीएको गाईघाटका स्थानीय ब्यापारी बिशाल खत्री बताउछन् ।घर जग्गा कारोबार बढेसगै जग्गाको भाउ पनी आकासीएको छ बजार क्षेत्रमा हाल खाली जग्गा देख्न सकिन्दैन खाली भएको जग्गा मा पनी दलाली हरुले महंगो मुल्यमा कमीसन खाइशर्् बिक्रि गर्ने गरेको छ । बजार वरीपरी रहेको प्लटिङ जग्गामा पनी गत बर्ष सम्म प्रति कठा २० लाख सम्म पर्ने जग्गाको् मुल्य एक बर्ष यता ३० देखी ३५ लाख सम्म पर्ने गरेको छ,जग्गाको मुल्य रातारात बृद्धि हुने गरेको स्थानीय युवा सुमन परियार बताउछन् ।
          देशमा आर्थिक मन्दिको हल्ला चलेको भए पनि उदयपुरको त्रियुगा नगरपालिका स्थित गाईघाट बजारमा गत वर्षको तुलनामा यस वर्ष घर जग्गाको कारोवारमा अत्याधिक बृद्धि भएको छ । गत वर्ष दिनमा १५–२० वटा सम्म नगरपालिका क्षेत्रको जग्गा पास हुने गरेकोमा यस वर्ष दैनिक २५–३०वटा हुने गरेको छ ।कुल दैनिक ६०वटा सम्म पास हुने गरेकोमा १० वटा सम्म धितो वन्धकि पास हुने गरेको र अन्य राजिनामा पास हुने गरेको मालपोत प्रमुख खड्ग व. कार्की ले वताउनु भयो । नगरपालिका क्षेत्रमा खास गरी प्लटिङ गरी घडेरी विक्रि गर्ने गरेकोले संख्या वढेको हो र आर्थिक मन्दि भएका खण्डमा पनि यहाँको कारोवार नघट्ने कार्यालय प्रमुख कार्कीको दावी छ ।
        मधेश आन्दोलन पश्चात सिराहा, सप्तरी, मोरङ, सुनसरी, धनुषा लगायतका जिल्लाबाट वसाई सरी आउनेहरु र खोटाङ, ओखलढुङा, भोजपुर, सोलुखुम्वु लगायतका पहाडी जिल्लाबाट आउनेहरुको चाँप बढेकोले जग्गाको मुल्य अप्रत्याशितरुपमा बृद्धि भएको छ । मुख्य बजार क्षेत्रमा प्रतिकठा करिव ५० लाख र वरिपरीको क्षेत्रमा न्युनतम १५लाख का दरले घडेरी खरीद विक्रि भैरहेको छ । यसरी जग्गाको मुल्य बृद्धि हुनुको अर्को कारण जग्गा दलाल हरुको प्रतिस्पर्धा पनि रहेको बताइएको छ ।

No Response to "घर जग्गा खरिद विक्रि बढ्दो"